सिमकोट । यस वर्षको दशैंको महत्वपूर्ण दिन बीजया दशमी अर्थात टिका सकिएपनि कर्णालीका अधिकांश वस्स्तीहरुमा टिका र जमरा लगाउने काम आजपनि जारी नैं ।
हिजो टिकाको दिन आफन्तकोमा जान नपाएका छोरी, चेली, भभान्जहरुले आज आप्mना मान्यजनको घरमा पुगेर टिका र जमरा लगाउने काम जारी रहेको जिल्लाका मुगुको शोरुकोट गाउँपालिका ३ गैरागाउँका पूर्ण बुढाले जानकारी दिए ।
‘हुम्ला, मुगु लगायतका कर्णालीका हिमाली जिल्लाको स्थानीय परम्परा अनुसार सानोले ठूलोकोमा गएर टिका र जमरा लगाउने, सानाले ठूलोबाट आश्रीवाद लिने प्रचलन अनुसार आज पनि जमरा र टिका लगाउने काम जारी नैं छ’, बुढाले नेपालवोटसँग भने, ‘यो काम बीजय पुनी (पूर्णीमा)को दिनसम्म निरन्तर चलिरहन्छ । काम विशेषले टिकाको दिन जान नपाएका, टाढा भएकाहरु उक्त दिनसम्म पुगेर टिका र जमरा लगाउने गर्छन ।’
यो अवधीमा विशेषगरी आप्mनो गाउँभन्दा केहि टाढा भएका छोरी चेली, भ–भान्जहरु र अन्य आफन्तहरुले टिका र जमरा लगाउन काम गरिरहन्छन् ।
दशैंमा आप्mनो घर फर्केकाले टिका सकिएपनि कर्मथलोका रुपमा काम गर्दै आएको सदरमुकाम सिमकोट नफर्केपछि आज पनि सिमकोट सुनसान देखिएको छ । दशैको अवसरमा आ आफ्नो घर गएका सदरमुकाम सिमकोटमा बसोबास गर्दै आएका मानिसहरु नफर्केका कारण बजार सुनसान देखिएको हो ।
दसैँमा पहिलो पटक यसरी सिमकोट बजार सुनासान देखिएको सिमकोटमा रहेका व्याापरीहरुले बताउने गरेका छन् । दशैंको फूलपातीको दिनदेखि सिमकोट बजार यसरी सुनसान भएको हो ।
विगतका वर्षहरुमा यति धेरै सुनसान हुने नगरेको तथा यस वर्ष सिमकोटका धेरै पसलहरु बन्द रहेको र मानिसको चहल पहल पनि कम
भएको उनिहरुको भनाई छ । बजारका व्यवसायी, कर्मचारी, शिक्षक र विद्यार्थीहरू बडादसैँ मनाउन आ(आफ्ना घर गएको कारण सिमकोट बजार सुनसान देखिएको हो ।
सार्वजनिक विदा भएका कारण सिमकोटमा अवस्थित सरकारी र गैरसरकारी कार्यालय बन्द हुनु स्वभाविक भए पनि दशैंको समयमा व्यापारीक प्रयोजनका लागि सञ्चालनमा ल्याइएका अन्य पसलहरुपनि राम्रोसँग खुलेका छैनन् ।
घरको कामको चटारो, पशुवस्तु चराउन जानु पर्ने समस्याले टिकाको दिन जान नपाएकाहरु ऋाजदेखि पूर्णीमाको दिनसम्म जाने हुम्लाको अदानचुली ३ का लालु फडेराले जानकारी दिए । कार्तिकमा पाक्ने बाली लग्याउने (भत्र्यिाउने) चटारोका कारण दिनभर टिकाटालो गर्न सभ्याउने चेलुमेलु (छोरीचेली)हरु आजदेखि पूर्णीमाको दिनसम्म टिका र जमरा लगाउन जाने प्रचलन रहेको फडेराले बताए ।
सदरमुकाम सिमकोट सुनसान
दशैं मान्न गाउँ गएपछि हुम्लाको सिमकोट बजार चौथो दिनपनि सुनसान देखिएको छ । फाट्टफुट्ट केहि पसल खुलेपनि अधिकांश पसल बन्द भएपछि बजार सुनसान देखिएको हो ।
बजारका पसल बन्द हुनु र सिमकोटका स्थानीयलाई कार्तिके (कार्तिक महिनामा पाक्ने स्थानीय) बाली भित्र्याउने चटारो भएका कारण पनि बजार सुनसान जस्तो देखिएको सिमकोट माथिल्लो गाउँका स्थानीय मुकुन्द रोकायाले जानकारी दिनुभयो ।
बजारमा बस्ने कर्मचारीहरु दशैंमा आप्mनो घर गएकाले होटेलहरु बन्द भएका र पसलेहरु गाउँमा गएका कारण मानिसको आवातजावत नभएपछि सुनसान जस्तै देखिएको बताएका रोकायका अनुसार अबको केहि दिनमा घरबाट कर्मथलो जानेहरुको घुइचो लग्ने छ ।