काठमाडौं । हिमाली जिल्ला हुम्लासहित देशभरका पाँच वटा जिल्लामा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।
पत्रकार सम्बद्ध संगठनहरुको आपसी सहमतिमा हुम्ला, दोलखा, काभ्रेपलाञ्चोक, दाङ र खोटाङ जिल्लामा अध्यक्ष सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।
सर्वसम्मत रुपमा निर्वाचित हुनेमा ३ जिल्ला नेकपा एमालेको भातृ संगठन प्रेस चौतारी छ भने २ जिल्ला नेपाली कांग्रेसको भातृ संगठन प्रेस युनियन रहेको छ ।
प्रेस चौतारीले दोलखा, काभ्रेपलाञ्चोक र खोटाङमा सर्वसम्मत नेतृत्व पाएको छ । यसैगरी हुम्ला र दाङमा प्रेस चौतारीले सर्वसम्मत नेतृत्व पाएको छ ।
सर्वसम्मत हुनेमा दोलखामा प्रभु जिरेल, काभ्रेमा विनोद न्यौपाने र खोटाङमा हरिबोल गजुरेल, हुम्लामा राजन रावत तथा दाङमा सन्तोष सुवेदी रहेका छन् । आपसी सहमतिमा कार्य समितिमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।
हुम्लामा नेकपा एमालेको प्रेस चौतारी, कांग्रेसको प्रेस युनियन र माओवादी केन्द्रको प्रेस सेन्टरबीच सहमती भएपछि सिंगो कार्यसमिति सर्वसम्मत भएको हो ।
प्रेस युनियनका राजन रावतको अध्यक्षतामा तिनै संगठन सहभागि भएका छन् । युनियनको तर्फबाट अध्यक्ष सहित महिला उपाध्यक्षमा छपाल लामा र सदस्यमा लोग भण्डारी, ओवराजजंग शाही र रत्न भण्डारी निर्वाचित भएका छन् । यसैगरी प्रेस चौतारीबाट वरिष्ठ उपाध्यक्षमा सुरेश परियार, सचिवमा नन्द सिंह, सहसचिव (खुला)मा पदमराज हमाल, सदस्यमा धन बहादुर भण्डारी, रतन रावत, मोहनसिंह बुढा र लक्ष कामी निर्विरोध निर्वाचित भएका छन् ।
सर्वसम्मत रुपमा निर्वाचित हुनेमा प्रेस संगठनबाट सहसचिव (समावेशी)मा भक्तराज ऐडी, र सदस्यमा अविनास लामा रहेका छन् । संगठनबीच भएको भागबण्डा अनुसार सेन्टरले पाएको कोषध्यक्ष पदमा तिलसरा बिश्वकर्मा र मन्दीर सिंह गरेर दुइजनाको मनोनयन गरिएको छ । जिल्ला निर्वाचन समितिलेका संयोजक राज शाहीले जानकारी दिए ।
बुधबार साँझसम्म संगठनहरु बीच भएको छलफलले नेतृत्वसहित अधिकांश पदहरुमा सर्वसम्मत भएपनि कोषाध्यक्षमा सहमती नजुटेको बताएका निर्वाचन समिति संयोज शाहीका अनुसार आधिकारी घोषणा भने हुन बाँकी छ । उनका अनुसार कोषध्यक्ष पदमा पनि सर्वसम्त गर्ने प्रयास भैरहेको छ ।
पटक-पटक निर्वाचनको मिति सर्दै आएको नेपाल पत्रकार महासंघले नयाँ नेतृत्व छनोटका लागि यहि मंसिर २८ गते प्रत्यक्ष मतदान प्रक्रियाबाट जिल्ला, प्रदेश र केन्द्रीय समितिको नेतृत्व छनोटका लागि प्रत्यक्ष निर्वाचन प्रर्णालीबाट मतदान गर्ने कार्यक्रम रहेको छ ।