सिमकोट । यो वर्षको पहिलो पटक हिउँ परेपछि हुम्लाका विद्यार्थी हिउँमै अध्ययन गरिरहेका छन् ।
हिउँले अत्याधिक बढेपछि घामताप्दै विद्यार्थी कोठा बाहिर हिउँमै अध्ययन गरिरहेका हुन् । जिल्लाको सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयले हिउँ जमेको चौरमा पठनपाठन गर्नुपरेको छ। भित्र कक्षामा चिसो हुने भएकाले विद्यालयका सबै कक्षाबाहिर हिउँ जमेको चौरमै पठनपाठन गर्नुपरेको हो।
हिमपात भएपछि कक्षाकोठामा निकै जाडो हुने भएपछि बाहिर हिउँ जमेको चौरमै पठनपाठन गर्नुपरेको शिक्षक यज्ञबहादुर शाहीले बताए।
मंसिर अन्तिम भएका कारण त्यसै त चिसो बढेको र त्यसमाथि झन् हिमपातको कारण चिसो निकै बढेकाले चौरमा राखेर पढाउनुको विकल्प नभएको उनले बताए।
विद्यालयले चौरमा बालविकासदेखि कक्षा दशसम्मका झण्डै तीन सय विद्यार्थीलाई राखेर पढाइ सुचारु गरिएको हो।
माथिल्लो कक्षाका विद्यार्थीलाई त बाहिर राख्नुप¥यो भनेपछि साना कक्षाका लागि त झनै आवश्यक देखिएको हो। हुम्ला जिल्लाका सबै विद्यालयमा यो शैक्षिक सत्रको अन्तिममा पढाइ भइरहेको छ। पुस पहिलो साताबाट वार्षिक परीक्षा सञ्चालन हुन लागेको छ।
चिसोले हिल्सा नाका बन्द
हिमपातले चीनसँगको सिमाना जोडएको हिल्सा नाका बन्द भएको छ ।
सोमबार बिहानैबाट भएको हिमपातको कारण चार हजार ६७० मिटर अग्लो नारा नाकामा बाक्लो हिमपात भएपछि हिल्सा आउजाउ गर्ने सडक अबरुद्ध भएको हो ।
नारा लेकमा दुई फिट भन्दा बढी हिउ जमेको कारण यारी हिल्सा र हिल्सा यारी सडक सोमबारबाट अवरुद्ध भएको प्रहरी निरीक्षक सरोज कँडेलले बताए ।
आइतबारसम्म सो सडकमा यातायातका साधनहरु सञ्चालनमा थिए । उनले करिब बीस किलोमिटर सडकमा बाक्लो हिउ जमेको कारण सडक बन्द भएको र हिल्सामा रहेका मानिस हिल्सा मै रोकिएको बताए ।
हिल्सामा सशस्त्र प्रहरी, नेपाल प्रहरी, यारी नाका भन्सार कार्यालयका कर्मचारी, होटेल ब्यवसायी लगाएतका मानिसहरु बस्दै आएका छन् । नारा क्षेत्रको सडकमा जमेको हिउँ नपन्छाएसम्म उक्त सडक सुचारु हुने अवस्था रहेको छैन ।