जेठ २१, काठमाडौँ । सरकारले विभिन्न २६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा र पदस्थापन गरेको छ ।
गृहमन्त्रालयले मंगलबार रुपन्देही, कपिलवस्तु, गोरखा, सर्लाही, काभ्रे, नुवाकोट, सिरहा, डोटी, उदयपुर, सुनसरी, नवलपरासी ९सुस्ता पश्चिम०, रुकुमलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र निर्देशकहरुको सरुवा तथा पदस्थापन गरेको हो।
गृहमन्त्रालयले निकालेको सरुवा सूची अनुसार नुवाकोटका सीडीओ उद्धवबहादुर थापालाई गृहमन्त्रालयमा सरुवा गरिएको छ । नुवाकोटमा द्रोण पोखरेललाई पठाइएको छ ।
त्यसैगरी, सिरहामा कार्यरत रुद्रप्रसाद पण्डितलाई तनहुँको कामु सीडीओ बनाइएको छ । नुवाकोटमा कार्यरत गोपालकुमार अधिकारीलाई सिराह पठाइएको छ ।
रुपन्देहीकामा उद्धवबहादुर रानामगरलाई काभ्रे सरुवा गरेको छ। कपिलवस्तुका अर्जुनप्रसाद पोखरेललाई रुपन्देही सरुवा गरिएको छ। गोरखाका गजेन्द्रबहादु श्रेष्ठलाई कपिलवस्तु पठाइएको छ भने सर्लाहीमा कृष्णबहादुर राउत गएका छन् ।
डोटीमा टेकनारायण पौडेल गएका छन् । सिन्धुलीमा जनार्दन गौतमको सरुवा भएको छ भने ध्रुवबहादुर खड्का उदयपुर पुगेका छन् । गृहले सहायक प्रमुख जिल्ला अधिकारीहरुको पनि सरुवा गरेको छ।
गृहले पर्वतमा कल्पना घिमिरे नेपाल, कास्कीका गुरुदत्त ढकाल, रुपन्देहीमा शम्भुप्रसाद रेग्मी र गोरखामा देवेन्द्र लामिछानेलाई पठाएको छ ।