श्रनिगर (हुम्ला) । आज बिहानदेखि परेको अविरल वर्षासँगको बाढीले हुम्लाको अदानचुलीमा ११ घर र १ पसलमा निकै ठूलो क्षती पुर्याएको छ ।
बिहान अञ्दाजी १५ मिनेट परेको भारी वर्षापछिको बाढीले अदानचुली गाउँपालिकाको केन्द्र श्रीगर बजारमा ११ वटा पशल, १ घर र १ बाख्रा सहितको खोर गरेर लाखौं क्षती पुर्याएको छ ।
वर्षासहितको बाढी निरन्तर परेकाले पुरा विवरण संकलन गर्न नसकिएको श्रीनगर प्रहरी चौकीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

'बिहान अचानक परेको वर्षासँगैको बाढीले अदानचुलीमा पुर्याएको क्षतीका बारेमा अहिले स्थानीय गल्फागाड र श्रीनगर प्रहरी चौकी बाढी प्रभावित क्षेत्रमा खटिरहेको छ, कति क्षती भयो भन्ने एकिन र पुरा विवरण आउन समय लाग्छ', हुम्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक शंकर पोखरेलले नेपालवोटसँग भने, प्रारम्भीक सूचना अनुसार धेरै क्षती भयो भन्ने छ ।
बाढीले गल्फागाड खोला, श्रीनगर बजारलगायतका क्षेत्रमा बढि क्षती गरेको बताइएको छ ।'

अञ्दाजी १५ मिनेट परेको मुसलधारे पानिका कारण श्रीनगर बजार क्षेत्रमा ब्याबसाय गर्दै आएका ब्याबसायीका अस्थाई टहरा सहित पसलमा राखिएका सामानमा क्षती पुगाएको छ । बार्षसँगै बाढी सहितको लेदेको कारण अदानचुली २ का अमृत बुढा, अदानचुली १ का बुद्धि महतारा लगायतका अन्य ब्याबसायीका पसल सहित सामाग्रीमा क्षती पुगाएको छ । बजार क्षेत्रमा रहेका घर तथा टहराहरुमा पानी पसेको छ ।

उता मुगुको बैन्यामा आएको बाढी सहितको लेदोका कारण कर्णाली नदिलाई अबरुद्ध बनाएको छ । सोही बाढीका कारण बैन्याको खेती योग्य सहित बाँझो जमिन चिरा चिरा बनाएको छ भने अदानचुली २ को गल्फाडको डोप्का जिउलालाई कर्णालीले अस पार्ने देखिएको छ । सोरुबाट भिई आउने सडक पुर्ण रुपमा अबरुद्ध भएको छ भने यता श्रीनगर आउ जाउ गर्ने सडक समेत बन्द भएको छ ।
