श्रनिगर (हुम्ला) । आज बिहानदेखि परेको अविरल वर्षासँगको बाढीले हुम्लाको अदानचुलीमा ११ घर र १ पसलमा निकै ठूलो क्षती पुर्याएको छ ।
बिहान अञ्दाजी १५ मिनेट परेको भारी वर्षापछिको बाढीले अदानचुली गाउँपालिकाको केन्द्र श्रीगर बजारमा ११ वटा पशल, १ घर र १ बाख्रा सहितको खोर गरेर लाखौं क्षती पुर्याएको छ ।
वर्षासहितको बाढी निरन्तर परेकाले पुरा विवरण संकलन गर्न नसकिएको श्रीनगर प्रहरी चौकीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

'बिहान अचानक परेको वर्षासँगैको बाढीले अदानचुलीमा पुर्याएको क्षतीका बारेमा अहिले स्थानीय गल्फागाड र श्रीनगर प्रहरी चौकी बाढी प्रभावित क्षेत्रमा खटिरहेको छ, कति क्षती भयो भन्ने एकिन र पुरा विवरण आउन समय लाग्छु, हुम्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक शंकर पोखरेलले नेपालवोटसँग भने, प्रारम्भीक सूचना अनुसार धेरै क्षती भयो भन्ने छ । बाढीले गल्फागाड खोला, श्रीनगर बजारलगायतका क्षेत्रमा बढि क्षती गरेको बताइएको छ ।'
अञ्दाजी १५ मिनेट परेको मुसलधारे पानिका कारण श्रीनगर बजार क्षेत्रमा ब्याबसाय गर्दै आएका ब्याबसायीका अस्थाई टहरा सहित पसलमा राखिएका सामानमा क्षती पुगाएको छ । बार्षसँगै बाढी सहितको लेदेको कारण अदानचुली २ का अमृत बुढा, अदानचुली १ का बुद्धि महतारा लगायतका अ
न्य ब्याबसायीका पसल सहित सामाग्रीमा क्षती पुगाएको छ । बजार क्षेत्रमा रहेका घर तथा टहराहरुमा पानी पसेको छ ।
उता मुगुको बैन्यामा आएको बाढी सहितको लेदोका कारण कर्णाली नदिलाई अबरुद्ध बनाएको छ । सोही बाढीका कारण बैन्याको खेती योग्य सहित बाँझो जमिन चिरा चिरा बनाएको छ भने अदानचुली २ को गल्फाडको डोप्का जिउलालाई कर्णालीले अस पार्ने देखिएको छ । सोरुबाट भिई आउने सडक पुर्ण रुपमा अबरुद्ध भएको छ भने यता श्रीनगर आउ जाउ गर्ने सडक समेत बन्द भएको छ ।
अदानचुलीमा वर्षासँगैको बाढीः दर्जनौ घर तथा पसलमा क्षती, बाख्रा गोठमा बाढि पस्दा २९ बाख्रा मेर
श्रीनगर (हुम्ला) । अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर बजारमा वर्षा सहित आएको बाढीले ठूलो क्षति पुर्याएको छ । गाउँपालिकाका नागरिकको जनजीवन निकै प्रभावित बनाएको छ ।
बिहिबार बिहान छोटो समयमा परेको बर्षाका कारण बाढी आउँदा करोडौको क्षती भएको छ । बाढीका कारण गाउँपालिकाको वडा नम्बर ३ छहराखेत स्थितको गोठमा राखिएका आइते बुढाका २९ बाख्रा गोठमाथिबाट बाढी बस्दा पुरेको छ । गोठमा राखिएका ७० मध्य अन्य जीवितै रहेको भएपनि २९ बाख्रा गोठमै पुरिएका छन् ।
बाढिले गोठमा पुरिएका बाख्रा मध्ये केहि मरेको अवस्थामा निकालिएपनि केहि बाख्रा नभेटिएको बुढाले बताए ।
अचानक वर्षासँगै आएको बाढिका कारण गाउँपालिकाको केन्द्र श्रीनगर बजारका घर तथा पसलहरुमा क्षति हुँदा करोडौ मुल्य बराबर नोक्सानी भएको छ । जस्ताको टहरामा भएको पसल भित्र बाढी पसेपछि श्रीनगरमा राखिएको अदानचुली २ हबघरका अमृत बुढाको पसलमा सबैभन्दा धेरै क्षती पुर्याएको छ । बाढी बस्दा पसलमा राखिएको समान बगाएर लगेको प्रत्यक्षदर्शी अनन्त महताराले बताए ।
‘अचानक वर्षासँगको आएका भल (बाढी) बुढाको पसल भित्र पसेपछि पसलमा राखेको सामान बढेर बाहिर गएपछि हामीले देख्यौं’ अनन्तले नेपालवोटसँग भने, ‘त्यसपछि बाढीसँग पानीको बहाव बढ्दै गएपछि पसल भित्रको सामान छरपष्टै भएर बग्यो । वसपरका युवाहरु जम्मा भएर टिप्दा पनि पसलमा राखिएको झण्डै ८० प्रतिशत भन्दा बढि सामानहरु बढिले बगाएर लगेको छ ।’

ऋचानक पसल भित्र पसेको बाढीका कारण पसलमा राखिएको चिनि, चामल, जुत्ता, चप्पल, साबुन, कपडा, तेल, चाउ चाउ, बिस्कुट लगायका अन्य दैनिक उपभोग्यका सामाग्री बाढीले बगाउदा लाखौको क्षती पुगेको छ । बाढीकै कारण श्रीनगर बजारमा भएका अन्य सबै पसल तथा होटेलहरु जलमग्न भएका छन भने पुर्ण रोकायाको होटल पुर्ण रुपमा क्षती भएको छ । अन्यमा भने केही रुपमा भुईमा राखिएको सामानमा क्षती पुगेको छ । क्षती गरेको बिवरण आइ नसेकाको भएपनि क्षती भएका ब्यक्ती एकिन भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
पसल र घरहरुमा बाढी पसेकाकै कारण नागरीक अन्यत्र सर्ने गरी सोही ठाउँमा राखिएको सामाग्रीलाई समेत स्थानान्तरण गरिएको छ । बजारमा रहेको केही घरका भित्ता गएका छन भने केही घर भत्कििएका छन । बाढीकै कारण बजारमै रहेको सुर्याेदय माध्यामिक विद्यालयमा समेत ढुलो क्षती भएको छ । विद्यालयको माथिल्लो मैदानमा रहेको एक तले भवन पुर्ण रुपमा भत्किएको छ भने सोही भवनमा रहेका फर्निचरका सामान समेत भाच्चिएका छन ।
वर्षासँगैको बाढीले गाउँपालिकाको कार्यालय रहेको श्रीनगर स्वास्थ्य चौकीको भवन माथिबाट बाढी पस्दा गाउँपालिकाको कार्यालय समेत कोठा भित्र जलमग्न भएको छ । लेदो सहितको बाढी पसेका कारण पालिकामा रहेका केही महत्वपुर्ण कागजात समेत बिजेर नष्ट भएका छन भने कार्यालयमा पसेको बाढीका कारण कामकाज समेत ठप्प बनाएको छ ।
यता खाद्य व्यवस्था तथा ब्यापार कम्पनि लिमिटेडको श्रीनगर डिपो केन्द्रको कार्यालयमा पनि क्षति पुगेको छ । तल्लो तलमा राखिएका खाद्यन्नका चामल पानिले भिजेर काम नलाग्ने भएको डिपो केन्द्र प्रमुख प्रेम बुढाले बताउनु भएको छ । असिना पानि सहितको बर्षालीले बित्रिन लागेको बाली नागली समेत सखाप बनाएको छ भने अदानचुली २ को थपालीका खेत समेत बगाएको छ । सोही बस्ती भने निकै जोखिममा रहेको छ । बिभिन्न ठाउँबाट बाढी जाँदा श्रीनगर आउ जाउ गर्ने सडक पुर्ण रुपमा अबरुद्ध भएको छ ।
बजारमा रहेका २० भन्दा बढी होटेल तथा पसलहरुमा क्षती पुगेका कारण क्षतीको बिवरण भने भोली संकलन गरिने भएको प्रहरीले जनाएको छ । यता वडा नम्बर १ को कल्खे क्षेत्रतिर अधिकांशको बाली बगाएको छ । खोला क्षेत्रका घरहरु, दलबहादुर थापाको पशल, नरीलाल लुवार, चक्र फडेरा, जान थापा लगायत धेरैको खेतीयोग्य जग्गा सहित आसपासका सम्पुर्ण जग्गाहरु बगाएको त्यहाँका स्थानीय नागरीकहरुले जानकारी दिनु भएको छ र सहित आसपासका पशलहरुमा समेतमा क्षेति पुगाएको छ ।
बाढीले पुर्याएको क्षेतीका बारेमा गाउँपालिकाको पनि ध्यानकर्षण भएको गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया सुधारले जानकारी दिए । निमित्त निमित्त प्रमुख प्रशासकिय अधिकृत विनोद बुढाले पनि क्षेती भएको ठाउँहरुमा उपाध्यक्षसहित आफूहरु अनुगमन गर्न गएको प्रतिक्रिया दिए । अनुगमन गर्ने क्रममा उपाध्यक्ष कर्ण रोकायाले क्षेतीको विवरण संकलन गरी रहेकाले के कती क्षेती भएकोमा जानकारी नभएको र विवरण आए लगत्तै सम्बन्धीत निकायमा जानकारी गराउने प्रतिक्रिया दिए ।

क्षतीको विवरण संकलन पश्चात राहत वितरण गर्ने
बढी गएपछि गाउँपालिकाको तर्फबाट विज्ञप्ती जारी गर्दै अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहले बाढीका कारण पालिकाको वडा नम्बर १ देखि ६ सम्म पुर्याएको क्षथीको विवरण संकलन गरेर एीकन भएपश्चात पिडितलाई राहत वितरणको काम शुरु गर्ने बताएका छन् ।
वर्षासँगैको बाढीका गएको प्रति गाउँपालिकाको तर्फबाट दुःख व्यक्त गर्दै अध्यक्ष सिंहले बाढीमा परेर पिंिडत भएका नागरिकको उद्धार र राहतको काममा लाग्न पालिका स्थित सबै राजनीतिक दल, कर्मचारी, जनप्रतिनिधि, नागरिक समाज, उद्योगी व्यावासायीहरुलाई धन्यवाद दिएका छन् ।
बाढीका कारण पालिकाको वडा नम्बर १, २ र ३ मा ठूलो धनमालको क्षती भएपनि मानविय क्षति नहुनु राम्रो भएको उल्लेख गर्दै अध्यक्ष सिंहले पालिकाले आजैदेखि क्षतीको विवरण संकलनको काममा लागेकाले सबै विवरण तयार भएपछि स्थानीय तह, विकासे कार्यालय, जिल्ल समन्वय समिति, प्रदेश र संघीय सरकार समक्ष जानकारी गराउने प्रतिक्रिया दिए ।
मौशममा सुधार आउन केहि समय लाग्ने
मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन सम्म पानी पर्ने सम्भावना रहेको जनाएको छ । यो अवधिमा मुसुरो, गहुँ लगायतका बाली नकाट्न र खोला नाला तथा तटिए क्षेत्रा बसोबासोस नर्गन महाशाखाले अनुरोध गरेको छ । मौसमविद् हरि प्रसाद दाहालले अबको तीन दिन पानी पर्ने सम्भावना रहेकाले नागरीकलाई सचेत रहन आग्रह गरिएको छ ।
नागरीकलाई मौसमको अबस्था हेरेर मात्रै कतै आउ जाउ गर्न र खराब मौसममा सुरक्षित ठाउँ बाहेक अन्त नजान अनुरोध गरेको छ । पछिल्लो हप्ता परेको पानीबाट प्रभावित गहुँ, मुसुरो खेतबाट पानी निकासको व्यवस्था गर्न, काट्न बाँकी रहेको भए एक–दुई दिन सुक्न दिन, काटिसकेको भए अग्लो/उकास ठाउँ अथवा शेडभित्र सुकाउन र काट्नैपर्ने भए मौसमको अवस्था हेरी खेतमा नछोड्ने गरी भित्र्याउन महाशाखाले सुझाब दिएको छ ।