श्रीनगर (हुम्ला) । बिहिबार बिहानको वर्षासँगैको बाढीमा परेर हुम्लाको अदानचुलीमा मात्र ४१ घर तथा पसलमा क्षती गरेको छ ।
बढीले वडा नम्बर २ का अमृते बुढाको पसल बगाएको छ भने अन्य पसलहरुमा भल पसेको गल्फागाड प्रहरी चौकी इन्चार्ज प्रहरी नायब निरिक्षक सुरेस सुनारले बताए । बाढी घरमा पसेपछि अधिकांश घर तथा पसलहरुमा क्षती भएको हो । गल्फागाड प्रहरी चौकीका प्रहरी नावय निरिक्षक सुनारका अनुसार बिहिबार विहान ६ बजे तिर अचानाक आएको अविरल वर्षासँगको बाढीले वडा नम्बर ३ का आईते बुढाको बाख्राको गोठ पुर्दा २७ वटा बाख्रा मुृत अवस्थामा भेटिएका छन् । गोठमा भएका २९ वटा बाख्रालाई भने स्थानीय र प्रहरीको सहयोगमा जिवितै उद्धार गरेको छ ।
करिब आधा घण्टा मात्रै आएको वर्षासँगैको बाढिले वडा नम्बर १, २ र ३ नम्बरका वडा कार्यालयमा धेरै क्षेती पुर्याएको छ । वडा नम्बर १ का दलबहादुर थापाको पसल, नरीलाल लुवार, चक्र फडेरा, जान थापालगायतका स्थानीयको भित्र्याउने भएको गहुँ बालीसहितको खेतीयोग्य जग्गा र आसपासका जग्गाहरु बगाएको स्थानीय दल थापाले बताए ।
यता वडा नम्बर २ को गाउँ क्षेत्रका सम्पुर्ण घरहरुमा भल पसेपछि घर भित्रमा बस्न समेत समस्या भएको छ भने बजार क्षेत्रका सम्पुर्ण अस्थायी टहराहरुमा समेत क्षती पुगेको छ । माथिबाट आएको भल गाउँपालिकाको केन्द्र श्रीनगर बजार क्षेत्रमा पस्दा टहरामा भएका अधिकांश पसलहरुमा ठूलो क्षती भएको छ । भल पसेपछि स्थानीय नवराज महतारा, नेत्र महतारा, प्रमोद बोगटी, नन्द बोगटी, बसन्त बोगटी, विसाल भण्डारीका पसल, खाद्य तथा व्यापार कम्पनी लि.को खाद्यन्न भण्डारण गरेको डिपो कार्यालय श्रीनगर, अनिता बुमी, धन रोकाया, बुद्धि महतारा, धन विष्ट, माउन्ट एभरेष्ट बोर्डिङ स्कुल लगायत आसपासका सम्पुर्ण पसलहरुमा पनि क्षेती पुर्याएको छ ।
बाढीले गरेको क्षतीको गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया सुधार नेतृत्वको पालिकाको टोलीले स्थलगत अनुगमन गरेको छ । बाढीले ठूलो क्षती गाउँपालिकाको १, २ र ३ मा बढि गरेपनि ६ वटै वडामा यसको असर परेको पालिकाका उपाध्यक्ष रोकायाले जानकारी दिए । स्थानीय गल्फागाड प्रहरी चौकीसँगको अनुगमन पश्चात बाढीले गरेको क्षतीको एकिन विवरण तयार भैनसकेको भएपनि एक गाउँदेखि अर्को गाउँ जोड्ने बाटा, पानीका मुहान, गल्फागाड खोलाको आसपासका सिंचाई कुलाका मुहानहरुमा ठूलो क्षती पुर्याएको अदानचुली गाउँपालिकाले जनाएको छ ।
वर्षाले पुगाएको क्षेतीको अनुगमन गरिएको भन्दा बढि विवरण आउने भएपछि आजदेखि स्थलगगत मुचुल्का बाट विवरण एकिन गर्ने काम शुरु हुने गल्फागाड प्रहरी चौकी श्रनिगरले जनाएको छ ।