सिमकोट । जलावायू परिवर्तनका कारण नेपालजस्ता विकासोन्मुख मुलुकले भोग्नु परेको समस्याका बारेमा देशको राजधानी काठमाडौंमा सगरमाथा संवाद भैरहेको बेला हुम्लाको तिलगाउँवासी भने पहिरोको पिंडामा परेका छन् ।
हिजो बिहिबार राती अचानक गएको सुख्खा पहिरोका कारण उच्च हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका ६ स्थित लिमीको लितगाउँ पहिरोको चपेटामा परेको हो । जलवायु परिवर्तनका असरको निकै ठूलो मारमा परेको लिमी उपत्याकामा गएको पहिरोले गाउँ नैं जोखिममा पारेको नाम्खा ६ लिमिका वडा अध्यक्ष पाल्जोर तामाङले बताए ।
'बिहिबार राती एक्कासी तिलगाउँ र कञ्जुम गुम्बाको बिच भएर बग्ने सेखाङलुग्वा खोलामा बाढी सहितको सुख्खा पहिरो आएको हो', वडा अध्यक्ष तामाङले नेपालवोटसँग भने, 'पहिरोका कारण लगाएको बाली र तिल गाउँलाई समेत जोखिम बनाएको छ ।'
उनका अनुसार बाढीसहितको पहिरो आएपछि तिलगाउँका वासिन्दालाई रातीकै समयमा स्थानीय हिमशिखर आधारभुत बिद्यालयको खुल्ला चौरमा सारिएको छ । 'मेरो गाउँ लिमीको हल्जी भएकाले पहिरोको खबर तिल गाउँमा रहेका वडा सदस्य तेम्बा तुण्डुप लामा लगायतका व्यक्तिहरूले राती नैं दिएपनि आफू बिहान ६ बजे मात्रै पहिरो प्रभावित क्षेत्र तिल पुगेको हुँ', वडा अध्यक्ष तामाङले थपे ।
नेपाल सरकारले आजबाट संघीय राजधानी काठमाडौंमा आयोजना गरेको सगरमाथा संवादका बारेमा सुनेका वडा अध्यक्ष तामाङले भने, 'काट्माडौं (काठमाडौं) मा क्या (सगरमाथा) संवाद हुन्छ भन्च (भन्छन्), यता हामीकन (तिलवासीलाई) सुख्का (सुख्खा) पहिरो गएर डर छ, हेरौ केइ (केहि गद्दो छ कि (गर्छनकी) ।'
उनका अनुसार जलवायुको सबैभन्दा धेरै असर त हुम्ला र हुम्लाको लिमी क्षेत्रमा वसोवास गर्ने आफूहरुले पाएका छौं । दिउँसो चर्को घाम लागेपनि, पानी परेपनि हिमताल फुट्ने डरले बस्नै गाह्रो भएको बताएका तामाङले विश्वका सबै देशहरुले जलवायु परिवर्तन सम्बन्धि कार्यक्रम पहिला मिलीमा गर्नुपर्ने तर्क गरे ।
वर्षा नभएरै एक्कासी सुख्खा पहिरो आउदा स्थानिय त्रसीत बनेका छन् । यसरी बाढी आउनुको कारण गाउँमाथी रहेको हमिताल फुटेर हुन सक्ने वडा सदस्य लामाको भनाई छ ।
पहिरोबाट मानबिय क्षेति नभएपनि गाउँमा रहेका १८ घरपरिवार सामुदायिक बिद्यलयमा सुरक्षित राखिएको खवर आएको छ ।
राती आएको बाढी र पहिरोले तिल गाउँबाट गुम्बा आवतजावत गर्नेबाटो अबरोध भएको छ । प्रहरीलाई बाढी आएको जानकारी शुक्रबार बिहान ८ बजे मात्र खबर भएको प्रहरी नायव उपरिक्षक संखर पोखरेलले बताए । उनका अनुसार लिमिमा चिसो हुने भएकाले प्रहरीको टोलि गत कार्तिकमै सदरमुकाम सिमकोटमा झरेकोले पुनः प्रहरी चौकी स्थापना गर्नु पर्ने भएको छ ।
अवको केही दिनमा लिमिमा पनि प्रहरी चौकी पुनःस्थापना गर्छौ, उपरिक्षक पोखरेलले भने, सुख्खा बाढी पहिरो आएको जानकारी भएकाले हिल्साबाट विहान ९ वजे नेपाल प्रहरी र ससस्त्र प्रहरी बल गरि १३ जनाको टोलि पहिरो ग्रस्त स्थानमा प्रस्थान गरिसकेको छ ।
हिल्साबाट उक्त तिल गाउँ पुग्नलाई ६ घण्टा समय लाग्ने भएकाले टोली पहिरोग्रस्त स्थानमा नपुगुञ्जेल केह भन्न नसकिने उनले बताए ।