सिमकोट । ‘अध्यक्ष ज्यु, सिमकोट गाउँपालिका भित्र विद्यालय भर्ना नभएका हामी जस्ता बालबालिकाहरुलाई कहिले विद्यालयको लायरामा ल्याउन सकिन्छ ?’
‘प्रहरी नायव उपरिक्षक ज्यू, हामीलाई विद्यालयबाट आउँदा वेलुका नचिनेका केटाहरुले जिस्क्याउने काम गर्छन्, त्यहाँ कुनै सुरक्षा निकायको उपस्थिती हुदैन्, सिमकोटमै यस्तो छ भने गाउँका बालबालिकालाई कस्तो अवस्था होला ? हामीजस्ता बालिकाले कहिले निर्धक्क रुपमा हिड्न पाउने ?’
‘प्रमुख जिल्ला अधिकारी ज्यु, विद्यालयको कक्षामा दिएको गृहकार्यलाई घरमा आएर गर्नका लागि चर्को लोडसेडिङका कारण भएको समस्या कहिले हट्ने हो ? हामीले निर्धक्क रुपमा कहिले बत्तिमा पढ्न पाउँछौं ?’
झट्ट हेर्दा कुनै सञ्चार माध्यममा काम गर्ने अनुभवि सञ्चारकर्मीले सोेधेका जस्ता लाग्ने उल्लेखित प्रश्न सिमकोटका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुले जिल्लाका सरोकारवाला निकाय समक्ष बालकचहरीमार्फत राखिएका जिज्ञासा हुन् ।
रेडियो कर्णाली आवाजले आप्mनो १४ औं वार्षिक उत्सवका अवसरमा सिमकोटमा पहिलो पटक आयोजना गरेको बाल कचहरी कार्यक्रममा मानसरोवर माध्यमिक विद्यालयमा अध्ययनरत नरेश शाही, बालमन्दिर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी कर्टिना बोहरा र मालमन्दिर माध्यामिक विद्यालयमा अध्ययन गर्दै आएका अर्का विद्यार्थीले पनि श्रद्धा सुनारले सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, हुम्लाका प्रहरी प्रमुख शंकर पोखरेल र प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेसमक्ष राखिएका जिज्ञासा हुन् ।
जिल्लाको मानसरोवर र बालमन्दिर माध्यमिक विद्यालयका झण्डै ४० जना विद्यार्थीहरुको उपस्थितीमा आयोजित बाल कचहरीमा जिल्लाका बालबालिकाले आफूमाथि भएका विभिन्न दुरव्यवहार र विभेदका बारेमा खुलेर जिज्ञासा राखेका छन् । उनिहरुले आफ्नो हक अधिकारका साथै लगानी वृद्धि गर्ने, बालअधिकार सुनिश्चित गर्न जिल्लाका सरोकारवाला निकाय समक्ष खुलेरै माग गरेका हुन् ।
सिमकोट गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रममा प्यानलिष्टका रुपमा उपस्थित सिमकोट गाउँपालिकाका अध्यक्ष भण्डारीप्रति बढि लक्षित गरेका बालिकाहरुले गाउँपालिका बाट वितरण गर्दै आएको सेनेटरी प्याड पछिल्लो समय वितरण नगरेको, पालिकाले बालबालिकाको क्षेत्रमा कानून बमोजिम वितरण नगरेको, पछिल्लो पटक मौशमी बिरामीका कारण बालबालिकाहरु विद्यालयमा बिरामी पर्ने गरेका प्रसंगलाई स्पष्ट भाषमा राखेका छन् ।
बालमन्दिर माध्यामिक विद्यालयमा अध्ययनरत प्रतिक्षा बोहराले चौथो पटक आफूले सिमकोट गाउँपालिकाका अध्यक्षलाई यसरी जिज्ञासा राखेको उल्लेख गर्दै थपिन् ‘विद्यालय क्षेत्रलाई नेपाल सरकारले २०६८ सालमा शान्ति क्षेत्र घोषणा गरेपनि बालमन्दिर माध्यामिक विद्यालय आसपासका जथाभावी रुपमा गाडीका हर्न बज्ने, ग्यारेज राख्ने लगायतका गतिविधिले हाम्रो पठनपाठनमा निकै ठूलो समस्या आएको छ । यसको समाधान कहिले हुन्छ ?’
मानसरोवर माध्यामिक विद्यालयमा अध्ययन गर्दै आएका हरि बुढाले जाति भेदभाव छुवाछुत, छाउपडी प्रथा अन्धविश्वास अझै कायमै रहेको दृष्टान्त प्रस्तुत गर्दै त्यस्ता घटनामा किन मिलेमतो गरेर टुंगो लागइन्छ भन्ने प्रश्न प्रमुख जिल्ला अधिकारी पाण्डे र प्रहरी प्रमुख पोखरेल समक्ष राखे । त्यस्तै बालमन्दिर माध्यामिक विद्यालयमै अध्ययनरत श्रद्धा सुनारले जिल्लामा बालबालिका माथि यौन दुरव्यवहार, हिंसा लगायतका घट्ना घटेपनि गाउँघरमै मिलोमतो गरिने गरेको, बालश्रम, छाउपडी प्रथा, लैंगिक हिंसा, अपाङ्गमैत्री विद्यालय निर्माण, जातीय छुवाछुत, खानेपानी समस्या, सेनेटरी प्याड वितरणमा सरोकारवाला निकाय संवेदनशिल नभएको आरोप लगाइन् ।
कार्यक्रम अवधीभर १२ जना विद्यार्थीले राखेका जिज्ञासामा बालबालिका क्षेत्रमा स्थानीय तह, जिल्लाको सुरक्षा प्रसाशन र अन्य निकाय जिम्मेवार भएर लाग्नुपर्ने माग राखे ।

सरोकारवालाको जवाफः पहल गरिरहेका छौं, चाँडै उपलब्धी देखिन्छ
बाल कचहरीमा जिल्लाका सरोकारवाला निकायले आफूले पहल गरिरहेकोले निकट भविष्यमै परिणाम देखिने दावी गरेका छन् ।
बालबालिकाले राखेका जिज्ञासामा सिमकोट गाउँपालिकालका अध्यक्ष बिजय भण्डरी प्रतिरोधले आफूले कूल बजेटको ७५ प्रतिशत भन्दा बढि बालबालिकाको शिक्षा र स्वास्थ्यमा बिनियोजन गरेको दावी गरे ।
‘चालु आर्थिक वर्षमा सिमकोट गाउँपालिकाले पूँजिगततर्फको १७ करोडमा १३ करोडबढि बजेट शिक्षा र स्वास्थ्यमा बिनयिोजन गरेका छौं, सिमकोटमा हुने चर्को लोडसेडिङका लागि एक् किलोवाड सोलार स्थापना गर्ने काम हुदैछ, जिर्ण बनेको बरगाउँको ५० किलोवाडको साना जलविद्युत आयोजना पुनःनिर्माणका लागि पनि प्रदेश सरकारसँग लागनीको प्रक्रिया अघि बढाएका छौं’ बाल जिज्ञासाको जवाफ दिदैं सिमकोटका अध्यक्ष भण्डारीले भने, ‘हामीले बालबालिको विद्यालय भर्नामा मात्रै होइन बिद्यालय छोड्ने ड्रप्टआउट हुने विद्यार्थीका विषयमा समेत अध्ययन गरेका छौं । त्यसबाट २३ जना विद्यार्थी भएको तत्थ्यांक आएपछि सबै विद्यार्थीलाई भेटेर विद्यालय पठाउने काम गरिहरेका छौं । बालमन्दिर माध्यमिक विद्यालय नजिकको ग्यारेजका विषयमा पनि प्रशासनसँगको समन्वयमा थप दर्ता प्रक्रियाका बारेमा अध्ययन गर्ने काम गरिरहेका छौं । सबै काममा हामी लागेका छौं तर परिणामा भने हात परेको छैन् ।’
बल कचहरीमा राखिएका जिज्ञासामा प्रहरी प्रमुख शंकर पोखरेलले जिल्ला प्रहरी बाल हिंसा अन्त्य गर्ने कुरामा सुन्य सहनसिलता अपनाएको प्रतिवद्धता व्यक्त गरे । सिमकोट बजारमा विभिन्न सिप्mटमा सुरक्षाकर्मीको गस्ती गरिहरको उल्लेख गर्दै प्रहरी प्रमुख पोखरेलले आफूमाथि कुनैपनि व्यक्तिले अभद्र व्यवहार गर्ने काम गरेर तत्काल नजिकको सुरक्षाकर्मी, प्रहरीको महिला तथा वालवालिका सेलमा खबर गर्न उल्लेख गर्दै भने, जिल प्रहरी कार्यालयको हट लाइन १००, प्रहरी प्रमुखको मोवाइल ९८५८३१५५५५ मा फोन गरेर तत्काल जानकारी दिनुहोला । प्रहरीमा आएका गम्भीर प्रकारका बाल हिंसा, बाल दुरव्यवाहारका घटनामा उन्मुक्ती दिने, मिलापत्र गर्ने काम गरेका छैनौं र गर्दैनौ पनि ।’
पछिल्लो समय बढ्दो सामाजिक सञ्जालको प्रयोगले बालबालिका थप कुलतमा लाग्ने, बाल विवाह गर्ने जस्ता काममा लागेको प्रतिक्रिया दिदैं अपरिचित व्यक्तिको कुनैं प्रलोभनमा नलाग्न प्रहरी प्रमुख पोखरेलले सल्लाह दिए । उनले बालबालिकालाई कानून अनुसार सुरक्षित र हिंसामुक्त बनाउन आफू लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
विद्यार्थीले उठाएका प्रश्नको जवाफ दिदै प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले, नेपाल सरकारले कानूनमा अनुसार स्थानीय तहसम्म विभिन्न संयन्त्र बनाएको बताए । बाल कचहरीमा विद्यार्थीले उठाएका प्रश्न झैं समाजमा घटना घटेका छन् भने त्यसलाई कानूनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई सहयोग गर्न आग्रह गरे ।
बालबालिका माथि हुने विभिन्न हिंसाका घटनामा राजनीतिक हस्तक्षेप हुने कुरालाई संकेत गर्दै नेपाली कांग्रेसका हुम्लाका उपसभापति वसन्त रोकाया, एमाले जिल्ला अध्यक्ष ज्ञामी वुमी, माओवादी केन्द्रका हुम्ला सचिव धर्मराज बोहराले जघन्य घटनामा आफूले कहिल्यै हस्तक्षेप नगर्ने प्रतिवद्धता व्यक्त गरे ।
गुड नेवर इनटरनेशनल, युनिसेफ, सिमकोटकोट गाउँपालिका, किर्डाक नेपाल, आधार विकास नेपालसँगको सहकार्यमा रेडियो कर्णाली आवाज र एकिकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र हुम्लाले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजन रावत, हुम्ला उद्योग बाणीज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावल, सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुशिला रोकायालगायतका वक्ताहरुले आप्mजना धारणा राखेका थिए ।
कार्यक्रममा रेडियो कर्णाली आवाजले १३ वर्षसम्म गरेका कामहरुका बारेमा रेडियोका स्टेशन म्यानेजर नवराज महताराले भिडियो रिर्पोट प्रस्तुत गरेका थिए ।