सिमकोट । खार्पुनाथ गाउँपालिका हुम्ला जिल्लाकै पहिलो बालबिबाह र बालश्रम मुक्त पालिका घोषणा भएको छ ।
शनिबार कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले भुर्चुअल माध्यामबाट खार्पुनाथ गाउँपालिकालाई बालबिबाह र बालश्रम मुक्त गाउँपालिका घोषणा गर्नु भएको हो ।
बीस वर्ष मुनी बालबिबाह गर्ने केही पनि बालबालिका नहुनु र बालश्रम गर्ने बालबलिका नभेटिएको कारण गाउँपालिकालाई दुवै कार्य मुक्त घोषित गरिएको हो ।
प्रदेश राजधानी सुर्खेतमा भएका पुर्वमुख्यमन्त्री शाहीले खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकालाई बालबिबाह तथा बालश्रम मुक्त घोषित गरेका हुन । यसलाई दिगोसम्म जोगाएर राख्न गाउपालिकावासीलाई उनले आग्रह गरे ।
सबै सुचक र प्रकृया पुरा भएपछि शनिबार एक कार्यक्रमको आयोजना गरेर औपचारिक रुपमा सिङ्गो गाउँपालिकालाई बालबिबाह र बालश्रम मुक्त घोषणा गरिएको प्रशासकीय अधिकृत बिष्णुबहादुर शाहीले बताए । उनले यसअघि वस्ती स्तरमा सर्बेक्षण गरि कोही पनि बालबालिकाले बालबिबाह नगरेको र बालश्रममा काम गर्ने बालबालिका नभेटिएपछि गाउँपालिकाका पाँच वटै वडालाई मुक्त घोषणा गरिएको बताए । सबै अनुसुची भरेर घोषणा गर्नका लागि मन्त्रालयको स्वीकृतको लागि पत्र पठाएको र मन्त्रालयबाट पनि घोषणा गर्न सहमति आउदा दुवै कार्य मुक्त गर्ने कार्य भएको होे । उक्त गाउँपालिकामा बीस वर्ष मुनीको एक हजार दुई सय र अठार वर्षमुनीको एक हजार ५५ जना बालबालिका रहेका छन ।

यी दुवै क्षेत्रमा यो अवस्थासम्म पुग्नकाा लागि गरिएको प्रयास र प्रगति बिबरण उनले कर्यक्रममा प्रस्तुत गरेका थिए । त्यसैगरि बालबिबाह गर्ने र गराउनेलाई कानूनी दायरामा ल्याउने र त्यस्ता कार्य गर्नै नदिने बातबारण निर्माणका लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक, बिधार्थी, नागरिक समाज लगाएत सर्वसाधारणले प्रतिबद्धता पत्रमा हस्ताक्षर पनि गरेका थिए । बालबिबाह र बालश्रम मुक्त गर्ने कार्य सराह्रनीय भएको बताउदै प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले यसलाई दिगो रुपमा टिकाई राख्नु नै मुख्य चुनौती रहेको बताए ।
गाउँपलिकाको यो कार्यले जिल्लाभर सकरात्मक सन्देश प्रवाह भएको बताउदै अब कोही पनि बालबालिकाले बालश्रम गरेको र बालबिबाहका घटना पनि सुन्न नहुँने उनले बताए ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बालबिबाह र बालश्रम मुक्त गर्न सहयोग गर्ने सवै पक्षलाई धन्यवाद दिदै यसको निरन्तरताको लागि पनि सबैको सहयोग आवश्यक रहेको बताए । यी दुवै कार्यमा खार्पुनाथ गाउँपालिका जिल्लाको पहिलो गाउँँपालिका भएको छ ।
किर्डाक नेपाल, गुडनेवर्स इन्टरनेशनल लगायतका गैरसरकार संस्थाहरुसँगको सहकार्यमा पालिकाले बालबिबाह र बालश्रम मुक्त पालिका घोषणा गरेको हो । घोषणा कार्यक्रममा ढाल तरबार नाच, देउडा गाउने, बिधार्थीहरुद्धारा साँँस्कृति कार्यक्रम प्रस्तुत गरिएको खर्पुनाथ गाउँपालिकाले जनाएको छ ।