सिमकोट । हुम्लामा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा खार्पुनाथ गाउँपालिका-३ राया गाउँका अन्दाजी २० वर्षीय मिलन बोहरा रहेका छन् ।

यस्तै ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार १४ जना घाइते भएका छन् । सोही वडाको दोजामबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको ट्याक्टर नम्बर क ०२००१ त ०३५३ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।
दुर्घटनास्थलमा घाइते भएका उनीहरूलाई प्रहरी र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पतालमा पु¥याएको प्रहरी नायव उपरीक्षक डीएसपी शंकर पोखरेलले बताए । उनका अनुसार घाईते हुनेहरूमा खार्पुनाथ गाउँपालिका ३ का हर्क रावल, लक्ष्मीकला रावल, सपना वोहरा , खार्पुनाथ २ का नवराज रावल,शुसिला रावल,पानकला छत्याल,बाली रावल, ज्ञानेन्द्र छत्याल, नैनबहादुर छत्याल,नानी जेठारा रहेका छन् ।
यस्तै सिमकोट गाउँपालिका वडा नम्बर २ का कुम्मेर भण्डारी वडा नम्बर ८ की पालसा बुढा र ट्याक्टर चालक डोनबहादुर पुन मगर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू सबै जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा परेकाहरू चुवाखोला वनबाट पोड्या संकलन गरी घर फर्किँदै थिए । उनीहरु दोजाम गाउँबाट बालुवा लोड गरेएको ट्याक्टरमा चढेर आएर दुघटना भएको प्रहरीको भनाइ छ ।


---Copy-1752853329.jpg)
