सिमकोट । कर्णाली प्रदेश सरकारले प्रदान गर्ने प्रादेशिक पत्रकारिता पुरस्कार कालीकोटका प्रेमराज सिंखडाले प्राप्त गरेका छन् ।
गोरखापत्र दैनिक र रेडियो नेपालमा कार्यरत कालिकोटका सिंखडालाई प्रदेश स्थापना दिवशका अवसरमा आज सुर्खेतमा प्रदान गरिएको छ । हरेक वर्ष प्रदेश स्थापना दिवशको अवसरमा प्रदान गरिने ७ वटा पुरस्कार मध्ये ७५ हजार रुपैयाँ राशिको कर्णाली प्रादेशिक पत्रकारिता पुरस्कार सिम्खडालाई प्रदानगरिएको कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले तयार पारेको पुरस्कार छनोट कार्यविधि अनुसार छनोट गरिएको ५० हजार रुपैयाँ राशिको कर्णाली वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार सुर्खेतका प्रकाश पन्तलाई प्रदान गरिएको छ । उनि विविसी नेपाली सेवाको सुर्खेतबाट रिर्पोटिङ्ग गरिरहेका छन् । यसैगरी कर्णाली सशक्त सञ्चारकर्मी पुरस्कार जाजरकोटका हेमन्त केसी लाई प्रदान गरिएको छ । केसी राष्ट्रिय समाचार समिति, नयाँपत्रिका लगायतका सञ्चार माध्यममा कार्यरत छन् ।
विकास पत्रकारिता रावत र शाहीलाई
प्रदेश सरकारले यो वर्षको विकास पत्रारिकता पुरस्कार नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतलाई प्रदान गरिएको छ । यो पुरस्कार रावत र दैलेखका ओम शाहीलाई प्रदान गरिएको हो ।
कर्णाली प्रदेश सरकारले यसवर्षबाट प्रदान गर्न लागेको कर्णाली बिकास पत्रकारिता पुरस्कार रावत र शाहीलाई प्रदान गरिएको छ ।
बुधबार सुर्खेतमा एक कार्यक्रमकाबिच यो पुरस्कार प्रदन गरिएको थियो । बिहान हवाई यातायात सुचारु नभएको कारण रावत सो पुरस्कार ग्रहण कार्यक्रममा सहभागिता भने जनाउन पाएनन । यो पुरस्कारको राशी पैतीस हजार रहेको छ ।
त्यसैगरि कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा यस वर्ष पनि कर्णालीका पत्रकारहरूलाई अन्य पुरस्कार तथा सम्मान प्रदान गरेको हो । बुधबार वीरेन्द्रनगरस्थित रंगशालामा आयोजित विशेष समारोहमा सात जना पत्रकारलाई विभिन्न विधामा पुरस्कार तथा सम्मान गरिएको हो । यसअघि प्रदेश सरकारले प्रत्येक वर्ष तीन जना पत्रकारलाई मात्र पुरस्कार दिने गरेको भए पनि यसपटक सात जनासम्म पुरस्कृत गर्दै क्षेत्रीय पत्रकारिताप्रति सम्मानलाई थप विस्तार गरेको छ ।
कर्णाली समावेशी पत्रकारिता पुरस्कार सिर्जना बुढाथोकी डाँगी र नौरते नेपालीले प्राप्त गरेका छन । यो पुरस्कारको राशी जसको राशि ३५ हजार रुपैयाँ रहेको छ । प्रदेश सरकारले हरेक वर्षजस्तै यसपटक पनि पत्रकारिता, सञ्चार र सार्वजनिक सेवामा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्दै आएको परम्परालाई निरन्तरता दिएको जनाएको छ । कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, पुर्बमुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका सदस्यहरुको उपस्थिती रहेको थियो ।