काठमाडौं । आज हरिबोधिनी एकादशी । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी मनाइने प्रचलन रहेको छ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।
हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।
हरिबोधिनी एकादशीका अवसरमा काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजा अर्चना गर्दै यो पर्व मनाइन्छ ।
आजको दिनलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आजका दिन ब्युँझिने जनविश्वास रहँदै आएको छ । त्यसैले यो दिनलाई विष्णु भक्तका लागि अत्यन्त पवित्र मानिन्छ ।
बुढानीलकण्ठ मन्दिर परिसरमा आज बिहानैदेखि भक्तजनको लाम लागेको छ । दर्शन, पूजा र तुलसी विवाहको अवसरमा देशका विभिन्न स्थानबाट आएका भक्तजनले मन्दिर परिसरमा पूजाअर्चना गरिरहेका छन् ।
मन्दिर क्षेत्रका पुजारीका अनुसार बिहानदेखि लगातार दर्शनार्थीको भीड बढ्दै गएको छ । भक्तजनले व्रत बस्दै भगवान् विष्णु र तुलसीको आराधना गरेका छन् ।
बुढानीलकण्ठमा आजको दिन विशेषरूपमा धार्मिक उत्सवको माहौल देखिएको छ । भक्तजनहरुले दीपदान, भजन(कीर्तन र सामूहिक प्रार्थनामा सहभागिता जनाएका छन् ।
आजका दिन विशेष गरी काठमाडौं उपत्यकाको चाँगुनारायण, ईचाँगुनारायण, शेषनारायण, विसंखुनारायण र बुढानिलकण्ठमा मेला लाग्ने गर्दछ । तस्बिरमा चाँगुनारायण मन्दिरमा झरीको समयमा पनि दर्शनका लागि श्रद्धालुहरूको भीड ।



