काठमाडौं । रसुवामा आएको बाढीका कारण ७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
नेपाल प्रहरीका अनुसार नुवाकोटमा ४ र धादिङमा ३ जनाको शव भेटिएको छ । बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दिपक रेग्मीले शव भेटिएको पुष्टि गरे ।
‘दुई जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाएका छौं,’ उनले भने ।
३८४ पर्यटक सम्पर्कविहीन
रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ३ सय ८४ आन्तरिक तथा वाह्य पर्यटक सम्पर्कविहिन भएका छन् ।
नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त तथ्यांक उद्धृत गर्दै जनाए अनुसार झन्डै ४ सय पर्यटक सम्पर्कविहीन छन् ।
सम्पर्कविहीनमध्ये २ सय ९१ विदेशी र ९३ नेपाली पर्यटक छन् । ट्राभल एजेन्सी, गाइड, स्थानीय निकाय र सुरक्षा निकायसँग पुष्टि गरेपछि पर्यटन बोर्डल पर्यटक सम्पर्कविहीन भएको जनाएको हो ।
विश्व स्वास्थ्य संगठनले पीडितलाई राहत सामग्री पठाउने
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउन लागेको छ ।
संगठनले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग कुरा

कानीपछि एक हजार जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै २४ स्क्वायर मिटरको १५ वटा आपतकालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागेको जनाइएको छ ।
मन्त्रालयले बाढी प्रभावितका लागि काठमाडौँस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या छुट्याइएको जनाएको छ । साथै हालसम्म तीन जना घाइतेहरुलाई उद्धार गरी काठमाडौँ ल्याइसकिएको पनि मन्त्रालयको भनाइ छ ।
साथै काठमाडौँस्थित संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स, नेपाल स्काउटसँग पनि आपतकालीन स्वास्थ्य सेवाका लागि समन्वय भइरहेको जनाइएको छ ।
एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठक बस्दै
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रसुवा बाढीबाट भएको क्षति, उद्धार र राहतबारे छलफल गर्न केन्द्रीय संयोजन समितिको आकस्मिक बेठक बोलाएको छ । नेकपा केन्द्रीय कार्यालयका अनुसार बैठकले उद्धार र राहतबारे नेता तथा कार्यकर्ता परिचालन गर्ने निर्णय गर्नेछ ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार अहिलेसम्म भोटेकोशी बाढीमा २५ जनाको उद्धार गरिएको छ । उनले सेनाका ६ र अन्य ८ हेलिकप्टर उद्धारमा परिचालन गरिएको बताउँदै भने, ुत्रिशूली नदीछेउमा टेम्पोररी मेडिकल युनिट खडा गरिएको छ ।
उद्धार गरिएकाहरूलाई त्यहाँ उपचार गर्ने प्रबन्ध मिलाइएको छ ।ु उनले त्यहाँ २ सर्जनसहित १० जनाको टोली खटिएको बताए ।
बागमतीका मुख्यमन्त्रीको टोली बाढी प्रभावित क्षेत्रमा जाँदै
रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा क्षतिको अवस्था बुझ्न बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरसहितको टोली प्रभावित क्षेत्रतर्फ गएको छ ।
मुख्यमन्त्री थापामगरसँगै आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री, सामाजिक विकासमन्त्री गिरबहादुर तामाङलगायत प्रदेश सरकारका अधिकारीहरू टोलीमा सहभागी रहेका छन् । टोलीले बाढीबाट भएको जनधनको क्षति, प्रभावित नागरिकको अवस्था तथा तत्काल आवश्यक उद्धार, राहत र पुनःस्थापनाका विषयमा स्थलगत जानकारी लिने मुख्यमन्त्री थापामगरले बताए ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३ १५:३८