धुन्चे । रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले बगाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको छ।
बाढीपछि खोज तथा उद्धारका क्रममा रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा १४ वटा शव फेला परेको बागमती प्रदेश प्रहरीले जनाएको छ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रमा खोजी तथा उद्धारको काम जारी छ। नदीमा बाढीको बहाव तीव्र रहेकाले तटीय क्षेत्रमा समेत खोजीलाई प्राथमिकता दिइएको छ।
यस्तै, बाढीमा परी घाइते भएका १९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका घाइतेलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको डीआईजी रेग्मीले जानकारी दिए। उनका अनुसार बाढीका कारण रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ।
बेपत्ता तथा प्रभावितको खोजी र उद्धारका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय परिचालन गरिएको छ। क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
आधा दर्जन देशका ३८४ भन्दा बढी पर्यटक सम्पर्कविहीन
काठमाडौं । रसुवा बाढीका कारण आधा दर्जन देशका ३८४ भन्दा बढी पर्यटक सम्पर्कविहीन भएका छन्।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराइएको तथ्यांक अनुसार भारत, अस्ट्रेलिया, नेदरल्यान्ड्स, अमेरिका, मलेसिया, बेलाय, दक्षिण अफ्रिका, नेपाल लगायत देशका ३८४ पर्यटन सम्पर्कविहीन रहेका छन्।
जसमा विदेशी पयर्टन २९१ र नेपाली नागरिक ९३ जना रहेका छन्।
पयर्टन बोर्डका प्रवक्ता सुनिल शर्माले पर्यटन व्यवसायीहरुले उपलब्ध गराएको पछिल्लो डाटा अनुसारको यो संख्या भएको बताए।
सम्पर्कविहीन हुनेमा भारतका १०५ जना, बेलायतका १२ जना, दक्षिण अफ्रिकाका ४, मलेसियाका १७, अमेरिकाका ३ जना तथा अस्ट्रेलिया र नेदरल्यान्ड्सका १र१ जना छन्।
१११ जनाको भने देश खुलेको छैन। त्यसैगरी ३७ जना एनआरआईका छन्।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३ १५:४९