काठमाडौं, नुवाकोट रसुवा । आज (बुधबार) गएको रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।
यो समाचार तयार पारञ्जेल बुधबार राति ११ः१० बजे सम्म १५७ शव फेला
रसुवामा आएको प्रहरीले जनाएको छ ।
विनाशकारी बाढीका कारण बुधबार राति ११ः१० बजेसम्म १ सय ५७ जनाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको हो ।
विभिन्न जिल्ला प्रहरी कायाशर््लय, प्रहरी चौकी, अस्पतालबाट प्राप्त जानकारी अनुसार प्रहरीले प्राप्त लासहरु मध्ये चितवनमा ६४, धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९, रसुवामा ३ जना गरी १ सय ५७ जनाको शव फेला परेको जनाएको छ ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।
८१ सुरक्षाकर्मी बेपत्ता
बुधबार बिहान मात्रै भोटेकोसी किनारका दुवैतिरका बस्ती खण्डहर बनेका हुन्। ४० किलोमिटर सडकको नामोनिसाना मेटिएको छ।
बस्तीसँगै कति मान्छे बगे भन्ने १२ घण्टा बितिसक्दा पनि यकिन छैन। बुधबार साँझसम्म सुरक्षाकर्मीले १५७ जनाको शव फेला पारेको बताएका छन्।
नदी किनारमा फेला परेका शव कसको हो भन्ने पहिचान हुन केही समय लाग्नेछ। कति शव त चिन्नै नसकिने अवस्थामा छन्। कतिका हात वा खुट्टा मात्रै भेटिएका छन्।
बाढीपछि उद्धारमा खटिएका सुरक्षाकर्मीका सहकर्मी पनि हराइरहेका छन्। नेपाली सेनाका क्याप्टेनसहित ४४ जना, सशस्त्र प्रहरीका इन्सपेक्टरसहित १३ जना र नेपाल प्रहरीका २८ जना बुधबार बेलुकासम्म सम्पर्कमा छैनन्।
सम्पर्कविहीन रहेका ४४ जना सैनिक पनि रसुवाका हाइड्रोपावर र लाङटाङ राष्ट्रिय निकुन्जमा खटिएका थिए।
यस्तै ६ वटा कार्यालयका २८ जना प्रहरी पनि सम्पर्कमा छैनन्। २३ जना कार्यरत रहेको इलाका प्रहरी कार्यालय टिमुरेका १३ जना प्रहरी मात्रै सम्पर्कमा आए। बाँकी १० जनाको अत्तोपत्तो छैन। प्रहरीचौकी रसुवागढीमा ९ जना कार्यरत थिए। पूरै कार्यालयका एक जना मात्रै प्रहरी सम्पर्कमा छन्। बाढी आएपछि भाग्दाभाग्दै अरु कहाँ छुटे, उनलाई पनि थाहा छैन।
८ जना कार्यरत रहेको स्याफ्रुबेसी प्रहरीचौकीका तीन, अस्थायी प्रहरीचौकी मैलुङका ५ जना पनि सम्पर्कमा छैनन्। ८ जना कार्यरत रहेका मैलुङका तीन जना मात्रै संगठनको सम्पर्कमा छन्। १० जना कार्यरत रहेको बेत्रावती र ६ जना कार्यरत रहेको हाकु प्रहरी चौकीका पनि एक एक प्रहरीको खबर थाहा छैन। बेत्रावतीका ९ जना र हाकुका ५ जना भने सम्पर्कमा रहेको प्रहरी हेडक्वार्टरले जनाएको छ।
सशस्त्र प्रहरीको बीओपी टिम्मुरेका इन्सपेक्टरसहित ९ जना बेपत्ता छन्। मैलुङ सुरक्षा बेसका ४ जना सशस्त्र प्रहरी पनि सम्पर्कमा छैनन्। केहीको घाइते अवस्थामा उद्धार गरिएको छ।
कति अझै उद्धारको पर्खाइमा छन्। हेलिकप्टरमा पुगे पनि सबैको उद्धार हुने अवस्था छैन। सडक टुट्दा उद्धारका लागि पर्याप्त सुरक्षाकर्मी पुग्न सकेनन्।
३९१ जना विदेशी पर्यटक बेपत्ता
बाढी प्रभावित क्षेत्रमा ३९१ जना विदेशी पर्यटक बेपत्ता छन्। स्वदेशी पर्यटक पनि ९३ जना बेपत्ता रहेको प्रहरीको तथ्यांक छ।
रसुवागढी भन्सार र अध्यागमनका पनि केही कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। तर यकिन विवरण भने अझै प्रस्ट छैन। ८ वटा बैंकका २६ जना कर्मचारी पनि सम्पर्कमा छैनन्। सम्पर्कविहीन रहेकाहरूको विवरण संकलन भइरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
खोजी तथा उद्धारमा ६५६ जना प्रहरी परिचालन गरिएको छ। ११ सय भन्दाबढी सशस्त्र प्रहरी र सयौँको संख्यामा सेना खटिएका छन्।
बुधबार रातिसम्म खोजतलास गरिरहेका सुरक्षाकर्मीले बिहीबार पनि उद्धार कार्य जारी रहने बताएका छन्।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३ २३:३८