१७, काठमाडौं । सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नम्बर ३ ले बिहीबारदेखि पानीमा भिज्दा पनि नबिग्रने आधुनिक किसिमको पत्रकार परिचयपत्र वितरण सुरु गरेको छ। संचार माध्यम व्यवस्थापन सूचना प्रणाली ९सिएमआइएस० वेभ एप्लिकेसन सफ्टवेयर मार्फत पत्रकारबाट निवेदन प्राप्त गरी वितरण थालिएको हो।
काठमाडौंमा सूचना तथा प्रसारण शाखाको उद्घाटनका अवसरमा सञ्चार रजिष्ट्रारको कार्यालयले मापदण्ड पुगेका पत्रकारहरुलाई बिहीबार स्वतन्त्र पत्रकार परिचयपत्र वितरण गरेको हो।
आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्रकटेलले सञ्चार रजिष्ट्रारको कार्यालयको स्वतन्त्र पत्रकार परिचयपत्र वरिष्ठ पत्रकार युवराज घिमिरेलगायत १३ जनालाई हस्तान्तरण गरेर कार्यक्रमको उदघाटन गरेका थिए।
अंग्रेजी र नेपाली दुवै भाषामा रहेको परिचयपत्रमा राहदानी नम्बर, बाहकको मोबाइल नम्बर, रक्त समूह पनि उल्लेख गरिएको छ। गर्भनेन्स अटोमेसन सोलुसनले तयार गरेको सो सफ्टवेयरमा प्रदेश भित्र काम गर्ने पत्रकारले आफनो ठाउँबाट अनलाइन मार्फत निवेदन दिन मिल्ने गरी निर्माण गरिएको छ।
सफटवेयरमा पत्रकारहरुको व्यक्तिगत, शैक्षिक, तालिम, भ्रमण र अन्य विस्तृत विवरण पनि राखिएको हुन्छ। पत्रकारले आफ्नो विवरण राखेपछि सञ्चार रजिष्ट्रारको कार्यालयले कागजात अध्ययन गरी स्वीकृत गरेपछि सफ्टवेयर मार्फत नै परिचयपत्र पिडिएफ फाइलमा तयार हुन्छ र छापिन्छ।
आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कटेलले काठमाडौंमा स्थापना गरिएको शाखा कार्यालयबाट काठमाडौं उपत्यका र वरीपरीका जिल्लाका पत्रकारले सहज रुपमा सेवा लिन पाउने व्यवस्था गरिएको बताए।
प्रदेश सभाले ०७५ मंसिर ११ गते प्रदेश सञ्चार माध्यम व्यवस्थापन बिधेयक पारित गरेको थियो भने प्रदेश प्रमुखबाट सो बिधेयक ०७५ पुस ११ गते प्रमाणीकरण भएको थियो।