साउन १८, कालिकोट । संघियता मार्फत समृद्धीको सपना बुनेको कर्णाली प्रदेशका सरकारी कार्यालय नागरिकबाट घुस माग्ने अखडाका रुपमा रहेको घटना दिनप्रतिदिन खुलासा हुँदै गएका छन् ।
हुम्लामा कोट काष्ड देखि अनुदान पाउनेबाट खुलेआम ७ हजार देखि ८० हजारसम्म घुस मागेको घटना सेलाउन नपाउँदै कालिकोटको सोही कार्यालयका प्रमूख गरेको अर्को चर्तिकला सार्वजनिक भएको छ ।
जिल्लाको घरेलु तथा साना उद्योग बिकास समितिको कार्यालय कालिकोटकी कार्यालय प्रमुख आईति चौधरिले जिल्लामा लागु भएका विभिन्न कार्यक्रमवाट दश देखि पचाँस प्रतिशत रकम छुट्याउन ठाडो अआदेश दिएको घटनाले अर्को खुलासा भएको हो । कार्यलय प्रमूख चौधरीले जिल्लामा लागु भएको मेड्पा कार्यक्रमवाट पाँच प्रतिशत रकम सम्बन्धित मन्त्रालयका मन्त्रिलाई दिनु पर्ने र बाँकि रकम कार्यालयलाई छुट्याउन संबन्धित संस्थालाई आदेश दिएपछि अर्को सनसनीपूर्ण खबर बाहिर आएको हो ।
घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय कालिकोटमा कार्यरत एक कर्मचारिले नाम नखुलाउने शत्रमा दिएको जानकारी अनुशार कार्यालय प्रमुख चौधरीले कार्यक्रम प्रभाबकारी होस नहोस तर घुस दिए कार्यक्रमको भुक्तानि दिई हाल्ने बताएकी थिइन् ।
ति कर्मचारप्का अनुशार सेवाग्राही र साझेदार संस्थासँग कार्यालय प्रमूख चौधरी भनिन्, हामील्े केही रकम आलेप (आन्तरिक लेखापरिक्षण) र मलेप (महालेखा परिक्षण) लाई बmुभाउनु पर्ने हुन्छ त्यसैले त्सको रकम समेत हामीलाई दिनु पर्छ ।
यसका बारेमा कार्यालय प्रमूख चौधरीसँग बुझ्दा आलेप र मलेपका लागि केही रकम भुक्तानी गर्नु पर्ने भएको र त्यसको शिर्षक नहुने भएकाले छुट्याउन लगाएको स्विकार गरेकी छन् ।
उनले भनिन्, ले जुनसुकै कार्यक्रमको लागि आलेप मलेप गर्दा केहि रकम आवस्यक पर्ने भएको हुँदा आफुले छुट्याउन लगाएको आंसिक साँचो हो । आलेप मलेप गर्दा कागज नपुगेको हुन्छ । बिल भर्पाइ नमिलेकोमा समस्या आउने भएको हुँदा उक्त रकम छुट्याउनु पर्ने दाबि गरेकि छन्। उनले भनिन्, आफुले यति प्रतिशत भनेर नतोकेको तर आलेप मलेप गर्नका लागी आबस्यक पर्ने भएको हुँदा केही रकम छुट्याउन लगाएको हुँ । प्रत्रकार संग कुरा गर्दै नपत्याए अरु कार्यालयमा सोध्नुस सबैले आलेप मलेप गर्दा केही रकम छुट्याउनै पर्छ ।
समचार न बनाउन भन्दै पत्रकारलाई धम्कि
मेड्पा कार्यक्रम वाट खटाईएका सामाजिक परिचालक हिक्मत बहादुर बुढाले समचार बनाए के हालत हुन्छ हेरौला भन्दै फोन मार्फत मार्ने धम्की दिएका छन्। बुढाले पत्रकार बिरेन्द्र आचार्य लाई उक्त कार्यक्रममा आफुहरु सबैले गल्ति गरेको भएपनि समचार बाहिर नल्याउन भन्दै फोन मार्फत धम्कि दिएका हुन्। बुढाले राति १० बजे फोन मार्फत आफु कर्मचारि मात्र भएको र उक्त गैह्रकानुनि कार्य गर्न लगाईएको भएकाले आफ्नो नाम उल्लेख नगर्न भन्दै धम्कि दिएका थिए। फोन मार्फत उनले भने , करार जागिर हो जागिर यसै जाने उसै जाने समचार खेल्ने पत्रकारको हालत के हुन्छ हेरौला भन्दै धम्कि दिएका थिए।
गाउँपालीका अध्यक्ष समेतको कृते हस्ताक्षर
स्थानीय तह पलाँता गाँउपालिकामा बहुउपयोगि सिप बिकास गरि उद्यम बिकासका लागी सरकाले लागु गरेको मेड्पा कार्यक्रम लागु गर्दा माईनुटमा सबै जनप्रतिनिधिहरुको हस्ताक्षर कृते गरेको पाईएको छ । उक्त माईनुटमा गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, उपाध्यक्ष दाना न्यौपाने र सम्पुर्ण वडाका वडा अध्यक्ष समेतका हस्ताक्षरहरु किर्ते गरेर कामै नगरि रकम बाडि चुडि खाएको जनप्रतिनिधिहरुले आरोप लगाएका छन्। गाँउपालिका अध्यक्ष बमले भने कार्यपालिकाको माईनुट त किर्ते छ काम कति प्रभावकारि होला आफै थाहा पाउन आग्रह गरेका छन्। माईनुटमा हस्ताक्षर कृते गरेको कार्यालयका कर्मचारीहरुले स्विकार्यका छन्।
साभार नेपालटक