श्रावण २४, धादिङ । धादिङको बेनीघाट रोराङ–३ सलाङघाटस्थित त्रिशूली नदीमा सर्लाहीको सदरमुकाम मलंगवाबाट ४५ यात्रु लिएर काठमाडौं जाँदै गरेको बस खस्दा मृत्यु हुनेको संख्या नौं पुगेको छ ।
दुर्घटनामा १६ को उद्धार गरिएको छ । बसलाई त्रिशूलीबाट निकालिएको छ । बसभित्र कोही पनि नभेटिएको प्रहरीले जानकारी दिएको छ ।
तीन जनाको घटनास्थलमै र दुई वटा शव चितवनको जुगेडीमा फेला परेको प्रहरीले जनाएको छ।मृतक मध्ये सर्लाहीकै अजय दास र विजय कुर्मीको मात्रै सनाखत भएको छ। बाँकीको नाम थाहा भएपनि कुन शव कस्को हो भन्नेबारेमा एकिन नभएको धादिङका प्रहरी प्रमुख राजकुमार बैधवार ले नेपालबोटलाई जानकारी दिए ।
दुर्घटनामा अहिलेसम्म १६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामा भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजयराय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी रहेका छन्। मलंगवा–९ स्थित रहेको सृष्टि बस काउण्टरमा अहिले बसमा सवार यात्रीका आफन्तको भीड लागेको छ।उद्धार गरिएका मध्ये बसचालक जीवन भनिने लक्ष्मण जमरकट्टेल बेहोस छन् भने सहचालक प्रमोद चौधरीलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
ना ६ ख ७४६९ सृष्टि डिलक्स बस शुक्रबार बिहान साढे ३ बजे त्रिशूलीमा खसेकोहो। बसमा मलंगवाबाट ४०, सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई यात्रु चढेको र बसका तीन कर्मचारी चालक जमर्कट्टेल, सहचालक चौधरी र कण्डक्टर ऋषि उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बसको टिकट काटेकाविष्णु गाउँपालिकाका खुश रञ्जन, कौडेना गाउँपालिका शिवनगरका मोहम्म मतलुङ, लक्ष्मीपुरका मनिष रायसहित दुई जना, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, औरहीका रवि कुमार तीन जना, भारत मुज्जफरपुरका आशिष कुमारसहित दुई जना, मलंगवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, भारतका अररियाका दिलीप दाससहित तीन जना, ब्रम्हपुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियारसहित चार जना, मलङ्गवाका सञ्जीव चौधरी, अरिवन्द सिंह ९वकिल०, अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल, मलङ्गवा गणेशियाका भाग्यनारायण महतोसहित तीन जना, भारतको लरकवाका रामबाबु यादवसहित तीन जना, भारत कुवारीका अजय ठाकुरसहित दुई जना र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी, अमित लामा थिए।
बसलाई क्रेनले तानेर निकालिएको छ। बसभित्र कोही भेटिएको छैन। कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोर टिमले बेपत्ताको खोजी गरिरहेको छ।