भाद्र २४ हुम्ला । हुम्ला जिल्लाको अदानचुली गाउँपालीकामा पहिलो पटक औलो सम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन भएको छ ।
इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाँशाखा टेकु काठमाडौको आयोजनामा अदानचुली गाउँपालीकाका सम्पुर्ण जनप्रतिनिधि,स्वास्थ्य चौकीका ईन्चार्जका साथै सरोकारवाला निकायहरुलाई १ दिने अभिमुखीकरण तालिम सञ्चालन गरीएको औलो रोग नियन्त्रणको लागि खटिएका हुम्ला मुगु र बाजुराका कार्यक्रम संयोजक योगेन्द्र जोसीले जानकारी दिनु भएको छ । नेपाल सरकारले सन् २०१६ मा लिएका तथ्यांकको आधारमा यस क्षेत्रलाई औलो रोगको जोखीममा नरहेको भन्दै मलेरीया तथा औलो ज्वोरोको औषधी नेपाल सरकारले नै नपठाएको भन्दै पटक पटक स्वास्थ्य चौकीले यहाँका नागरीकलाई बताउँदै आएको अस्पतालबाट फर्केका बिरामी हरुले बताउँदै आएका छन् तर हुम्ला जिल्लाको तराई क्षेत्रको रुपमा मानिने अदानचुली गाउँपालीकामा हरेका वर्ष १५ देखी २० जना सम्म औलोरोगका बिरामीहरु आउँने गरेको स्वास्थ्य चौकी ईन्चाज प्रयोगलाल जैसीले बताए ।
औलो रोगका बिरामीहरु आउने गरेता पनि स्वास्थ्य चौकीमा कोलोरोक्वीन(औलोको औषधी) नआउने भएकाले मेडीकलहरुमा पठाउन बाध्य भएको बताएका छन् । उहाँका अनुसार आफुहरुले जिल्लामा रिर्पोटिं गर्दा पनि खासै चासो नदेखाई उल्टै आफुहरुलाई औलो ज्वरो नभई अन्य कुनै रोग हुँन सक्ने बताउँने गरेको बताए ।
केहि महिना अघि इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाँशाखाले अदानचुलीको वडा नं ५ र ताँजाकोट गाउँपालीका वडा नं. २,३ र ४ मा किटनाषक झुल समेत बितरण गरेको थियो । सोही शाँखाले यस आसपासमा पनि औलो प्रभावीत हुँन सक्ने र नेपाल सरकारले बिस्व स्वास्थ्य संगठन (WHO)को घोषणा पत्रमा २०२५ सम्म नेपाललाई औलो मुक्त गर्ने भन्दै हस्ताक्षर गरी सकेकाले पनि हुम्ला जिल्लाको अदानचुली ताँजाकोट र सर्केगाडमा यस सम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन गर्दै आएको अभिमुखीकरण कार्यक्रमका सहजकर्ता दिल बहादुर बिस्वकर्माले बताए ।
नेपाल सरकारले यस क्षत्रमा औलो रोग नहुँने भनेता पनि हरेक वर्ष १५ देखी २० जना सम्म औलाका बिरामीहरु आउने गरेको वडा न. ३ का वडा अध्यक्ष समेत रहेको स्वास्थ्य ब्यबस्थापन समितिका अध्यक्ष दत्त बिष्टले बताए ।
हुम्ला जिल्लाको औलो प्रभावीत क्षेत्र भएकाले अब देखी हुम्ला जिल्लाका ३ वटा गाउँपालीका अदानचुली, ताँजाकोट र सर्केगाड गाउँपालीकामा चेकजाँज तथा अनुसन्धानको लागि सहजकर्ता खटाई सकेको संयोजक जोसीले बताए , उहाँले यस क्षत्रको लागि RDT र जेसेस पीडी जस्ता किटका साथै औषधी समेत ल्याएको जानकारी दिए ।
उक्त अभिमुखीकरण कार्यक्रममा अधिकांस सहभागी तथा अतिथिहरुले अदानचुली गाउँपालीकाले औलो नियन्त्रणका लागि प्याकेज बनाएरै जानु पर्ने आग्रह गरे ।
आफैबाट सुरु गरौ, औलोलाई शुन्यमा पुर्याउँ भन्ने मुल नारालाई सबै जनप्रतिनिधि,स्वास्थ्यक्रमीका साथै आमसरोकारवाला निकाय र आम नागरीकले आत्मसाथ गर्नु पर्नेमा जोड दिए । अदानचुली गाउँपालीका कार्यबाहक अध्यक्ष समेत रहेका वडा नं १ का वडा अध्यक्ष रग थापाको अध्यक्षतामा तथा सबै वडाका वडा अध्यक्ष,राजनितिक दलका प्रमुख एवं प्रतिनिधि,स्वास्थ्य चौकीका ईन्चार्जहरु र अन्य सरोकारवाला निकायको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको आयोजक इपीडियोमोलोजी शाखाका जिल्ला संयोजक जोसीले जानकारी दिनु भयो ।