सुर्खेत । कवि देवकी तिमल्सिना ‘समीक्षा’को कविता कृति 'योद्धाको सपना' लोकार्पण भएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबार एक कार्यक्रमा बिच कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सार्वजनिक गरेका हुन् । कविता कृतिको लोकार्पण गर्दै मुख्यमन्त्री शाहीले ‘देश समृद्धीको मार्गमा लम्किरहेको वेला साहित्यले पनि समाज परिवर्तनमा लाग्नु पर्ने बताए । समाज परिवर्तनका लागि नेपाली साहित्यको विकास अनिवार्य छ । मुख्यमन्त्री शाहीले भने, ‘नेपाली भाषाको उद्गम थलो कर्णालीले अब खास नेपाली भाषाको संरक्षणको शुरुवात पर्छ ।''
कृतिको लोकार्पण कार्यक्रममा बाल्दै कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्री नरेश भण्डारीले ‘योद्धाको सपना’ कविता कृतिले हिजोका दिनमा भएका यथार्थ घटनाहरुलाई यर्थातपरक ढंगले उतार्न सफल भएको प्रतिक्रिया दिए । ‘कविता कृति ‘योद्धाको सपना’ ले एकात्मक राज्य व्यवस्थाको परिवर्तनका लागि भएको युद्धदेखि योद्धाहरुले देखेका सपनाहरु पूरा भएका छन् कि छैनन् भनेर प्रश्न गरेको छ ।' मन्त्री भण्डारीले भने कवितात्मक रुपमा आएका यी शब्दहरुले एक पटक गम्भीर भएर सोच्न बाध्य बनाएका छन् ।'
कार्यक्रममा आप्mनो कृतिका बारेमा बोल्दै कवि देवकी तिमल्सिना ‘समीक्षा’ले कृतिमा भएका कविताहरु आफ्नो वास्तविक भोगाई भएको बताइन् । नेपालमा भएको लामो शसस्त्र युद्ध र त्यसबाट प्रभावित भएकाहरुको स्वरलाई मुखरित गर्ने प्रयास गरेको बताउँदै कवि तिमल्सिनाले अझैँ पनि धेरै योद्धाहरुको सपना पूरा नभएकोले गणतन्त्र आइसकेपछिका सरकारहरुले योद्धाका सपनाहरुलाई पूरा गर्ने तर्फ ध्यान दिन सबैलाई आग्रह गरिन ।
‘योद्धाको सपना’ कविता संग्रहमा ४३ वटा कविताहरु संग्रहित भएको बताउँदै समीक्षक प्रा। खोपिराम लम्सालले कविता कृतिमा क्रान्तिका स्वरहरु सुसेलिएको बताए । कवितामा अविधा, लक्षणा र व्याञ्जना हुन्छ भन्दै उनले भने, कृतिले केही सपनाहरु पूरा भएको भएपनि केही सपनाहरु पूरा गर्न बाँकी रहेको बताएको छ ।’ साहित्यले हिजो, आज र भोलि बोल्न सक्नु पर्छ भन्दै समीक्षक लम्सालले भने अब प्रगतिशीलबाट माथि उठेर प्रगतिवादको थालनी गर्न जरुरी रहेको बताए । उनले भने ‘कविले अरु धेरै आशा गर्नुको साटो समाजको परिवर्तकको रुपमा काम गर्नु पर्दछ ।’
साहित्य समाजको दर्पण मात्र होइन समाजको संचेतना प्रवाह गर्ने चीज पनि हो लम्सालको भनाई थियो । आजको समयमा संचेतनाको आवश्यक छ भन्दै लम्सालले थपे, ‘कविता कृतिमा वर्ग विश्लेषणदेखि स्पष्ट बिचार समेत स्पष्ट छ ।
लोकार्पण कार्यक्रममा दैलेख, सुर्खेत, कालिकोट, अछाम, कञ्चनपुर, बैतडी, डोटी, जाजरकोट, बाँके बर्दिया, सल्यान, रुकुम, रोल्पा, हुमला, जुम्ला, मुगुलगायतका जिल्लाहरुका साहित्यप्रेमीहरुको उपस्थिती थियो ।