खड्क सुनार
मुगु । लामो समय परेको हिमपातले रारा अिहले निकै हेर्न र भ्रमण गर्न लायक छ । नेपाल भ्रमण वर्ष २०२० को एक सय गन्तब्यको सूचिमा परेको रारा अहिले निकै लोभलाग्दो देखिएको छ ।
कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको नेपालको सबैभन्दा ठूलो ताल रारा यति बेला हिमपातले सेताम्मे छ । रारा वरिपरिको जंगल हिउँले सेताम्य भएका छन् ।
हिमपातसँगै चिसो पनि अत्याधिक बढेर मुगुको जनजिवन कष्टकर बनेको छ । हिमपातका कारण आवत जावतम असजिलो हुनुका साथै वस्तुभाउलाई समेत चरिचरन गराउन समस्या भएको छ । तर पर्यटकहरू भने चिसोको प्रवाह नगरी रारामा हिउँ खेल्न पुगेका छन् ।
रारा वरवर २ फिटसम्म हिउँ जमेको छ । रारा वरिपरिका रूख विरुवा पनि हिउँले सेताम्य भएका छन् । बाक्लो हिउँले पर्यटकलाई झन उत्साहित बनाएको रारा घुम्न आउनु भएका पर्यटक विवेक तामाङ्गले बताए । मुर्माटपसम्म पुगेर सेताम्मे रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसममा रारा भ्रमणका लागि उपयुक्त हुने पर्यटकको भनाई छ । राराले खैरो, बैजनी र निलो गरी दिनमै तीन पटकसम्म तीन पटक रूप बदल्ने गर्दछ । यही रूपमा रमाउन यतिबेला देशका विभिन्न ठाउँबाट पर्यटक आउने गरेका छन यति बेला रारा हिउँले सेताम्यमात्रै होइन रारा मनमोहक देखिएको धादिङ्गबाट रारा घुम्न आएकी सिर्जना थपलियाले बताईन ।
समुद्र सतहदेखि २९ सय ९० मिटर उचाईमा रहेको र ५ किलोमिटर लम्बाइ, ३ किलोमिटर मिटर चौडाइ र १ सय ६७ मिटर गहिराइ रहेको छ । रारामा विश्वमा दुर्लभ असला जातका माछा, रानी ट्राउट भ्यागुतोलगायत तीन सय प्रजातिका चरा रारामा पाइन्छन । कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भाल, रतुवालगायत वन्यजन्तु अवलोकनका लागि पनि रारा महत्त्वपूर्ण मानिदै आएको रारा राष्टिय निकुञ्जको कार्यालयले जनाएको छ ।