विदेशमा गएका कमै नेपालीहरुले नेपालमै गरिरहेका कामलाई निरन्तरता दिन सक्छन । देशसँगै धेरै जसो नेपालीहरुको परिवेश फेरिन्छ, पेशा फेरिन्छ अनि पहिचान पनि फेरिएको हुन्छ । धेरैजसो त गुमनाम हुन्छन, त्यसमा कोही कोही त बद्नाम पनि भएका हुन्छन । तर समाज सेवामार्फत केही गरौं भन्ने सानैदेखि लक्ष्य अमेरिका पुगेर पनि टोमा लामाले कायम राखेकी छन् ।
न्यूयोर्कमा हालै नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)को सातौं राष्ट्रिय महाधिवेशनबाट टोमा लामा केन्द्रीय कार्यसमितिको सचिवमा निर्वाचित भइन र समाजसेवको क्रमलाई निरन्तरता दिने बाटोमा अघि बढिन । सचिवमा निर्वाचित भएपछि टोमाले अमेरिकामा रहेर समाज सेवा गर्न अझ ठूलो हौसला मिलेको प्रतिक्रिया दिइन । नेपालमा रहेका नेपाली र अमेरिकामा रहेका नेपालीहरुबीच पुलको काम गर्ने उनको दाबी छ । टोमाले नेपालमा जस्ते अमेरिकामा पनि पत्रकारिता, चलचित्र र सामाजिक कामलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरेकी छन । नेपालका आदिवासी जनजाति तथा सिंगो नेपाली समुदायहरूको भाषा, संस्कृति, परम्परा ररितिरिवाजका साथै खानाहरू, भेषभुषाहरूको प्रवर्द्धन, प्रचारप्रसार गदै नेपाल भ्रमण वर्षलाई सघाउने टोमाको योजना छ ।
मुगुको चिसोमा हातमा पुस्तक च्यापेर विद्यालय जाने एक एक जनजातीकी छोरी अहिले अन्तर्राष्ट्रिय रुपमा नै सेलिब्रेटी बनेकी छ । राष्ट्रिय स्तरको मिडीया हाउस नेपाल एफएम नेटवर्कमार्फत कार्यक्रम उत्पादक तथा सञ्चालक भएर समाजिक अभियान थालेकी छन् । नेपाल एफएमको कार्यक्रम आवाज मार्फत् महिला हक अधिकारको विषयको उठान, दुर्गम क्षेत्रको समस्या, चुनौति, संभावना र विकासमा संचार माध्यमबाट योगदान दिएकोमा "ICT Radio Journalist Honor -2015" को अवार्ड प्राप्त गरिन ।
टोमाले वि.सं. २०६५ मा नै चलचित्र “सोल्जी” निर्देशन गरिन । उनको यो फिल्म सर्वोत्कृष्ट भयो । देश विदेश सर्वत्र चर्चा कमायो, कमाइ पनि राम्रो भयो । यति मात्रै होइन–“सोल्जी”सिनर्जी अफ वुमेन फिल्म फेस्टिवल २००८ मा उत्कृष्ट निर्देशकको अवार्डबाट सम्मानित भयो । त्यस लगत्तै CIPA द्वारा आयोजित Buds Film Fiesta Award-2010 को Best Youth director जित्न सफल भयो भने त्यसैगरी सीमान्तकृत मुगाल समुदायको प्रथम चलचित्र“सोल्जी” निर्देशन गरेर मुगाल समुदाय प्रथम र कर्णालीको प्रथम महिला चलचित्र निर्देशक र लेखकको ँक्ष्ल्ँक्ष् ब्धबचम(द्दण्ज्ञघ बाट टोमा सम्मानित भइन् । हङकङमा आयोजित FINFI Award-2013 मा पनि यस चलचित्रले मुगाल समुदायको प्रथम र कर्णालीको प्रथम महिला चलचित्र निर्देशक उपाधि हात पा¥यो । त्यसपछि भने टोमामा उर्जा थपियो । वि.सं. २०७४ मा उनकै निर्देशनमा चलचित्र “फेके” बन्यो । त्यो पनि सोल्जीभन्दा अब्बल ठहरियो । चलचित्र “फेके” नेपाल सरकार, चलचित्र विकास वोर्डबाट सम्मानित भयो । त्यसैगरी “प्रथम नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०१७” मा उत्कृष्ट चलचित्र निर्देशकको अवार्ड र नगदसहित सम्मान पायो ।
Federation of Indigenous People of Nepal in America(FIPNA)ले आयोजना गरेको Nepal Indigenous Film Festival New York- 2017 मालामाले निर्देशन गरेको चलचित्र “फेके (Mother TongueÆBest Film मा नोमिनेशनमा पर्न सफल हुनुको साथै न्यूयोर्क फिल्म फेस्टिवलमा विशेष प्रर्दशन पनि गरिएको थियो । त्यहाँ पनि न्यूयोर्कवासी दर्शकहरुबाट वाहावाही नै पायो फिल्म ‘फेके’ ले । यस्तै गरी उनका्े दुई वटा चलचित्र “सोजी” र “फेके” ले अन्य विभिन्न अवार्ड र सम्मान पाउन सफल भयो । उनीद्वारा निर्देशित् दुईवटै फिल्ममा उनको आफ्नो अभिनय पनि छ । यही यात्राले टोमाको क्षितिज फराकिलो बनायो । यही यात्राले अमेरिका देखायो, अमेरिकामा चिनायो अब स्थापित बनाउने संकेत गरिरहेको छ ।
त्यसो त ‘बिहानीले दिउँसोको झल्को दिन्छ’ भनेजस्तै टोमाको प्रतिभाको संकेत बाल्यकालबाटै देखिएको हो । बुबा आङग्याल लामा र आमा छोइटोल लामाको कोखवाट छोरीकोरुपमा जन्मीएकी टोमा, दुर्गम मुगु जिल्लाको तत्कालीन मुगु गा.वि.स.–९, मुगुटोल (हाल मुगु कार्मारोङ गाउँपालिका–२) को ग्रामिण परिवेशमा त्यो समयमा विद्यालय जाने पहिलो र एक्लो छात्रा हुन् । उतिखेर छोरी मान्छेलाई पढाईमा चासो नदिने समाजमा नयाँ रेकर्ड कायम गर्दै प्रगतिको पहाड चढ्दै अगाडी बढेकी उनको छलाङ विश्वको शक्ति केन्द्र बनेको अमेरीकामा पुग्दा पनि रोकिएन, अमेरीकामा लोकप्रिय बन्दै गएकी चलचित्र निर्देशक तथा नायिका, संचारकर्मी एवं समाजसेवी टोमा लामाको समाजसेवाको उचाई अमेरिकामा पनि चुलिंदै छ ।
तीन वटै विधा, चलचित्र निर्देशक, पत्रकारिता र समाज सेवामा मुगु, कर्णालीदेखी राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म लोकप्रिय लामा मुगाल समुदायको प्रथम चलचित्र निर्देशक र सञ्चारकर्मी हुन् । टोमा कर्णालीको पहिलो महिला चलचित्र निर्देशक हुन् भने मुगु जिल्लाको प्रथम रेडीया जर्नालिष्ट पनि हुन् ।
यतिमात्र नभइकन मुगाल समुदायको पहिलो शिक्षक, साहित्यकार तथा मुगाल भाषाविज्ञ बुवा आङग्याल लामाको लेखन कार्यलाई पनि सघाउँदै आएको छ । बुवासंग मिलेर टोमाले मुगाल भाषाको कक्षा १ देखी ५सम्मको पाठ्यपुस्तक लेख्नुभएको छ, जुन पाठ्यपुस्तक नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले प्रकाशित गरिएको छ । यो पाठ्यपुस्तक विद्यालयमा पठनपाठन हुनेक्रममा छ । यस अर्थमा मुगाल समुदायको लोप हुन लागेको मुगाल भाषाको विकास र संरक्षणमा पनि टोमाको उतिकै योगदान छ ।
आदिवासी जनजाति चलचित्र महासंघको महासचिव र उपाध्यक्ष भएर नेतृत्वदायी भूमिका खेली आदिवासी चलचित्रको विकास र आदिवासी चलचित्रकर्मीको हकअधिकार स्थापित गर्नको लागि पनि योगदान पु¥याएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको केन्द«ीय सचिवालयको परियोजना तथा अन्तर्राष्ट्रिय सम्पर्क सचिव भएर पनि काम गर्दै उनले अन्तर्राष्ट्रिय संस्था एसिया प्यासिफिक फोरम अन ओम्यान ल एण्ड डेभलप्मेन्ट (APWLD) को पनि सदस्य रहेर समेत जिम्मेवारी वहन गरी सकेकी छन् ।सामाजिक सेवामा रुचि राख्ने उनले युवा संस्थाहरुको छाता संस्था युवा गैर सरकारी संस्था महासंघको गरीमामय सचिव पदमा रहेर लामो समय काम गरिन्, संगसंगै विभिन्न नेपाली गैर सरकारी संस्थाहरुमा आवद्ध हुदै, संयुक्त राष्ट्र संघका विभिन्न कार्यक्रममा भाग लिदै, विश्वका दुईदर्जन भन्दा बढी मुलुकको भ्रमण टोमाले गरिसकेको छ । अहिले अब टोमा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)को केन्द्रीय सचिब भएकी छन ।