रविन्द्र शाही
काठमाडौं । कोरोना भाइरसको सबैभन्दा ठूलो मार संसारभरनै एयरलाइन्समा परेको छ।
यात्रुहरूको संख्या घटेपछि संसारका ठूला एयरलाइन्सले सयौं जहाज ‘ग्राउन्डेड’ गरेका छन्। नेपाल उडान गर्ने अधिकांश एयरलाइन्सको हालत पनि त्यस्तै छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार एयरलाइन्सले अहिले दैनिक पचास प्रतिशत उडान कटौती गरेका छन्।
विदेशबाट दैनिक १ सय २० जति जहाज काठमाडौं आउने गरकोमा सोमबार ६० जहाजमात्र आए।
चीनबाट आउने उडानको संख्या सबैभन्दा धेरै घटेको छ। कोरोनाको सन्त्रास फैलनुअघि चीन(नेपाल रूटमा सातामा ५५ उडान हुन्थे। अहिले एयर चाइनाको सातामा एकदिनमात्र उडान हुन्छ।
उडान ५० प्रतिशतले घटे पनि यात्रुको संख्या भने त्योभन्दा खराब छ। दैनिक २० हजारसम्म यात्रुले यात्रा गर्नुपर्ने यो सिजनमा अहिले दैनिक २ हजारको हाराहारीमामात्र मानिस यात्रा गरिरहेका छन्। यसरी यात्रुको संख्यामा ९० प्रतिशत कमी आएको छ। अहिले यात्रा गर्ने अधिकांश पनि पर्यटक होइनन्। स्वदेश फर्किने वा काममा विदेश फर्किने नेपालीको संख्या अधिक छ।
नेपाल आउने(जाने अन्तर्राष्ट्रिय उडानमा यति ठूलो गम्भीर प्रभाव परे पनि आन्तरिक एयरलाइन्सले भने अहिलेसम्म त्यति नै ठूलो असर भोगिसकेका छैनन्।
आन्तरिक एयरलाइन्समा भने उडान र यात्रु दुबै त्यति धरै प्रभावित भएको छैन। नेपालका ठूला एयरलाइन्सले हवाइ उडानको ९५ प्रतिशत बजार हिस्सा लिन्छन् र उनीहरु अहिलेनै संकटमा गइसकेका छैनन्।
आन्तरिक उडानमा झन्डै ५० प्रतिशत बजार हिस्सा भएको बुद्ध एयरले आजका दिनसम्म उडान निराशाजनक नभएको बताएको छ। आजका दिनसम्म हाम्रा यात्रु औसत २० प्रतिशत घटेका छन्। उडान पनि थोरै घटेका होलान्। भोलि के हुन्छ थाहा छैन। तर आजका दिनसम्म हामी घाटामा छैनौं, ब्रेक इभनमै छौं,’ बुद्ध एयरका निर्देशक रुपेश जोशीले सेतोपाटीसँग भने।
नेपालका अरू मुख्य एयरलाइन्स कम्पनीहरू पनि यात्रु संख्या त्यस्तै रहेको छ। घोषणा गरेरै उडान संख्या कटौती नगरेका एयरलाइन्सले स्थिति हेरेर केही उडान भने घटाउने गरेका छन्।
जस्तो काठमाडौं(पोखरा रूटमा बिहान १०स्१५ र ११ बजेको उडान तालिका छ। तर यसमा एयरलाइन्सले बीचको अन्तर घटाउँछन्। १०स्१५ र १०स्३० को उडान तालिका बनाउँछन्। यस्तोमा यदि दुई उडानका लागि भनेर पुगेका यात्रुले एउटै जहाज भरिने रहेनछन् भने एउटै जहाजमा यात्रु पोखरा जान्छन्।
यहाँनेर एउटा उडान कटौती हुन्छ तर यस्तो उडान कटौती गरेको उपभोक्ताले महशुस गर्दैनन्। अधिकांश एयरलाइन्सले अहिले यसैगरी उडान घटाइरहेका छन्। काठमाडौं विमानस्थलको तथ्यांकअनुसार अहिले दैनिक बुद्ध एयरले ४५ सय, श्रीले २५ सय र यतिले ३ हजार हाराहारीमा यात्रु बोकिरहेका छन्। यो संख्या पहिलेको भन्दा करिब २० प्रतिशत कम हो।
विदेशी पर्यटकको संख्या घटदा एयलाइन्सहरुको आय भने घट्ने व्यवसायीको भनाइ छ। विदेशी पर्यटकले नेपाली यात्रुले भन्दा धेरै भाडा तिर्नुपर्छ। 'पर्यटकको संख्या घट्दा हाम्रो आम्दानी त घटिरहेको छु जोशीले भने,ुतर नोक्सान नै भएको छैन।'
विदेशी नआए पनि देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुको संख्या अहिलेसम्म सन्तोषजनक हुनुको मुख्य कारण हो, भाडा घट्नु।
धेरै जहाज भएका एयरलाइन्सले तत्काल उडान कटाउनुभन्दा भाडादर घटाएर भए पनि सकेसम्म आम्दानी धेरै घट्न नदिने प्रयास गरेका छन्।
एयरलाइन्सहरूले अधिकांश रूटमा भाडा घटाएका छन्। भाडा यति तल झारेका छन् कि सामन्यतस् गाडीमा जान लाग्ने खर्च र जहाजको भाडा एउटै जस्तो भएको छ। यही रणनीतिले गर्दा यात्रु संख्यामा धेरै गिरावट नआएको हो।
पर्यटक जाने ठाँउमा यात्रुको संख्या घट्दा एयरलाइन्सले भाडा धेरै नै घटाएका छन्। जस्तो भैरहवाको अधिकतम भाडा ६ हजार २ सय रूपैयाँ छ। तर मंगलबारका लागि भैरहवा जान जहाजको भाडा न्यूनतम २ हजार रुपैयाँ पुगेको छ।
काठमाडौंबाट सबैभन्दा धेरै उडान हुने रुट हो, पोखरा। यो रूटको अधिकतम भाडा ५ हजार ५० रुपैयाँ हो। तर आज पोखराको भाडा १५ सय रुपैयाँ छ।
सिम्रिक एयरलाइन्सले आजका लागि सबैभन्दा सस्तो भाडा उपलब्ध गराएको छ। राम्रो टुरिष्ट बसमै पोखरा जाँदा भाडा १५ सय रुपैयाँ पर्छ।
पर्यटकहरु धेरै नउड्ने रूटमा पनि भाडा धेरै घटेको छ। काठमाडौंबाट विराटनगर जानका लागि अधिकतम भाडा ७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। आज विराटनगरको हवाइ टिकट २ हजार ३ सय रुपैयाँमा पाइरहेको छ।
नेपालकै सबैभन्दा महंगो हवाइ भाडा भएको रुट काठमाडौ(धनगढी हो। यो रुटको अधिकतम भाडा १२ हजार ६५० रुपैयाँ हो। आज धनगढीका लागि ४ हजार रुपैयाँ छ। १० हजार भाडा भएको नेपालगञ्जको भाडा पनि आजका लागि २ हजार ६ सय रुपैयाँ छ।
मुलुकभरिकै ठूला सरकारी कार्यक्रममा रोक लगाएकाले अबका दिनमा यात्रु संख्या निरन्तर घट्ने सक्ने श्री एयरलाइन्सका कर्पोरेट डाइरेक्टर अनिल मानन्धरको भनाइ छ।
ुअहिलेसम्म त एक ठाउँबाट अर्को ठाउँमा जानेहरू सस्तैमा भए पनि उडिरहेका छन्। यो संख्या विस्तारै घट्छ। जसका कारण अन्ततस् उडान घट्ने छन्। यात्रु पनि घट्छन्। हाम्रो व्यापार पनि कम हुन्छ,ु मानन्धरले भने।
एयरलाइन्सहरूको समस्या बिस्तारै बढ्दै जाने नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलको भनाइ छ।
अहिले नै दुर्गम तथा पर्यटकीय क्षेत्रका उडान ५० प्रतिशत बढी कटौती भएको र आगामी दिनमा ट्रंक रुटमा ९मुख्य रुटमा० समस्या देखिँदै जाने उनले बताए। ट्रंक रूटमा उडान अहिलेजस्तै भए पनि एयरलाइन्सलाई आर्थिक नोक्सानी हुने उनको आँकलन छ।
‘हामीले गरेको अध्ययनअनुसार यो वर्ष उड्डयन क्षेत्रले कम्तिमा पनि ८ अर्ब गुमाउने छ। जसमा हेलिकप्टर अपरेटरले साढे २ अर्ब नोक्सानी बेहोर्ने छन् भने एयरलाइन्सले ५ अर्ब बढी,ु उनले भने।
उनका अनुसार जहाज उडाउँदा पनि सस्तो भाडामा उडाउनु परेकाले आम्दानी धेरै हुने छैन। अर्कोतिर थपिएको लगानी तथा बढेको सञ्चालन खर्च त्यसमै जोडिने छ। थोरै घट्न सक्ने हवाइ इन्धनको लाभलेमात्र त्यो घाटा पूर्ति हुँदैन।
जहाज ग्राउन्डेड हुँदा पनि उड्दाको लागतको ४० प्रतिशतको भार रहने उनको भनाइ छ। ‘इन्धन र मर्मतसम्भार शुल्क बाहेकको लागत ग्राउन्डेड जहाजले पनि बेहोर्ने छन्,’ उनले भने।
एयरलाइन्स सञ्चालकले अहिले नै कर्मचारी कटौती गर्ने कुनै सुरसार गरेका छैनन्। भोलि समस्या आइहाले परीक्षणकालमा रहेका कर्मचारीलाई विदा गर्ने, बाँकीलाई १५ दिनको रोटेसनमा हाजिर गराउने तयारी गरेका छन्। सस्तो भाडामा धेरै यात्रु बोकिरहदाँ पनि एयरलाइन्सलाई आर्थिक रूपमा समस्या पर्नसक्ने कँडेलको भनाइ छ। अहिलेकै अवस्था जारी रहे यो दौडमा एयरलाइन्स धेरै अघि जान नसक्ने दाबी उनले गरे।
एयरलाइन्सले उपभोक्ताबाट भाडा लिदा त्यसमा तीन प्रकारका शीर्षक हुन्छन्( एयरपोर्ट शुल्क, इन्धन शुल्क र भाडा। अहिले एयरलाइन्सले इन्धन शुल्कमात्र उठाएर यात्रुहरू उडाइरहेको उनले बताए।
जस्तो धनगढीको १२ हजार ६ सय ५० रुपैयाँ कूल भाडामा ४ हजार १ रुपैयाँ इन्धन शुल्कका रूपमा राखिएको छ। धनगढी रूटमा आजको भाडा ४ हजार रुपैयाँमात्र छ। सेतोपाटी