एजेन्सी । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७ लाख २१ हजार ५८४ पुगेको छ। गत २४ घण्टाभित्र करिब ६० हजार नयाँ संक्रमित थपिएका छन्।
यसैगरी भाइरस संक्रमणबाट ३३ हजार ९५८ ले ज्यान गुमाइसकेका छन्। ज्यान गुमाउने संख्या इटालीमा सबभन्दा बढी छ। इटालीमा सोमबार बिहानसम्ममा १० हजार ७७९ ले ज्यान गुमाइसकेका छन्। यस्तै सपेनमा ६ हजार ८०३ को मृत्यु भएको छ।
अमेरिकामा संक्रमण तीव्र रूपमा फैलिरहेको छ। हालसम्म त्यहाँ १ लाख ४२ हजार १०६ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ हजार ४७९ ले ज्यान गुमाइसकेका छन्।
सुरुवातमा इपिसेन्टर रहेको चीनमा आइतबार ३१ नयाँ संक्रमित थपिएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले जनाएको छ। तीमध्ये ३० जना अन्य देशबाट आएका यात्रुमा देखिएको राष्ट्रिय स्वास्थ्य आयोग चीनले बताएको छ। त्यस्तै ३ हजार ३०४ जनाको ज्यान गइसकेको छ।
कुन देशमा कति (आँकडा)
अमेरिका
संक्रमित १,४२,१०६
मृत्युस् २,४७९
निकोस् २,६८६
इटाली
संक्रमितस् ९७,६८९
मृत्युस् १०,७७९
निकोस् १३,०३०
चीन
संक्रमितस् ८२,१२२
मृत्युस् ३,३०४
निकोस् ७५,५८२
स्पेन
संक्रमितस् ८०,११०
मृत्युस् ६,८०३
निकोस् १४,७०९
जर्मनी
संक्रमितस् ६२,०९५
मृत्युस् ५४१
निकोस् ९,२११
फ्रान्स
संक्रमितस् ४०,७२३
मृत्युस् २,६११
निकोस् ७,२२६
इरान
संक्रमितस् ३८,३०९
मृत्युस् २,६४०
निकोस् १२,३९१
बेलायत
संक्रमितस् १९,७८४
मृत्युस् १,२३१
निकोस् १५१
स्वीजरल्यान्ड
संक्रमितस् १४,८२९
मृत्युस् ३००
निकोस् १,५९५
नेदरल्यान्ड
संक्रमितस् १०,९३०
मृत्युस् ७७२
निकोस् २५३
दक्षिण कोरिया
संक्रमितस् ९,५८३
मृत्युस् १५२
निकोस् ५,०३३
भारत
संक्रमितस् १,०२४
मृत्युस् २७
निकोस् ९५
नेपाल
संक्रमितस् ५
मृत्युस् ०
निकोस् १
(स्रोत; जोन्स हप्किन्स विश्वविद्यालय)