असोज १३, पालु, इन्डोनेसिया । इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पमापरी झण्डै चार भन्दा बढीको मृत्यु भएको छ ।
सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या अँर्झ बढीरहेको स्थानीय अधिकारीहरुले जनाएको अन्तरािष्ट्रय सञ्चार माध्यममले जनाएका छन् ।
स्थानीय अधिकारीका अनुशार अरु सयौँ जनाको अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको उद्धार गर्दै अस्पतालसम्म ल्याउने क्रममा सुरक्षाकर्मी र उद्धारकर्मी लागिपरेका छन् ।
प्रकोप व्यवस्थापन सम्वन्धी कार्यालयका सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार सो समाचार लेख्दासम्म ३८४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने अन्यत्रबाट समेत मृत्यु भएका खबर आइरहेको भएपनि पुष्टि हुन बाँकी रहेको बताइएको छ ।
उनीहरु सवैको पालुमा मृत्यु भएको र मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने देखिएको अधिकारीहरुले बताएका छन् ।
सुनामी आएपछि मानिसहरु आत्तिएर चिच्याइरहेका छन् भने आफू बसेको स्थानबाट सुरक्षित स्थानको खोजि गर्दै भागिरहेका देखिन्छन् । भुकम्पले एउटा मस्जिदमा समत क्षति पुगेको बताइएको छ । अस्पताल, होटल र पसललगायतका हजारौं घरहरू भत्किएका छन् भने त्यहाँ भएका मानिस खुला र सुरक्षित क्षेत्रको खोजिगरेर गइरहेका देखिन्छन् ।
यस क्षेत्रमा अहिले विद्युत तथा सञ्चार सेवा अवरुद्ध भएका छन भने, पहिरोका कारण कतिपय मुख्य बाटोहरु अवरुद्ध भएका छन् । शक्तिशाली पराकम्पनले उक्त सहरलाई निरन्तर धक्का दिइरहेको र सुलावेसी टापु हुँदै पालु शहर आएको सुनामीको छाल तीन मिटरसम्म अग्लो रहेको स्थानीय बासिन्दाले बताएका छन् ।
इण्डोनेशियाको तटीय शहरमा शुक्रबार ७।५ म्याग्निच्यूडको शत्तिशाली भूकम्प आएपछि शक्तिशाली सुनामीले पनि आएको हो । प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयमसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका कामहरु पनि गरिरहेका छन् । एजन्सीको सहयोगमा