काठमाडौं । विश्वलाई आक्रान्त पार्ने कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँग जीवन मृत्युको लडाई लडिरहेका छन् । आफ्नो जीवन निर्वाह गर्न दैनिक ज्यालामजदुरी गर्नुपार्ने बाध्यताका बीच काममा गएका नागरिकले अहिलेसम्म आफूमा कोरोनाको संक्रमण छ वा छैन भनेर आर्थिक अभावले परिक्षण गर्न पाएका छैनन् तर तिनै जनताका प्रतिनिधि सांसद भने कागजमै गाडी चढेर राज्य कोषबाट गाडी भाडा वापतको भत्ता बुभिरहेका छन् ।
सरकारले कोरोना संक्रमणलाई फैलन नदिन गएको चैत ११ गतेदेखि सरकारले शुरु गरेको लकडाउन (बन्दाबन्दी) नत सदन चल्यो नत सवारी साधन नैं चले । तरपनि संघीय सांसदहरुले उक्त अवधीको समेत बैठकमा सहभागी हुँदा पाउने यातायात भत्ता लिएको पाइएको छ ।
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथाममा तीनै तहका सरकारलाई रकम अभाव भएर परिक्षण किट खरिदमै समस्या पर्ने संकेत देखिएको बेला जनताको प्रतिनिसिधका रुपमा रहेका संघीय सांसदहरुले नचढेको गाडीको भाडा लिएर राज्यको व्यवभार बढाएका हुन् ।
सरकारलाई सदनमै कोरोना भाइरस (कोभिड–१९ को) संक्रमण नियन्त्रण र रोकथामा स्रोत व्यवस्थापन गर्न सरकारी कर्मचारीको भत्ता कटौती गर्न सांसदहरुले नै दवाव दिएपनि अहिले उक्ता कटौती भइसकेको छ । तर सांसदहरुले चैत महिनामा संसद बैठकसमेत नबसेको अवधीको पूरा तलबसँगै र अरू भत्ता पनि लिइसकेका छन् ।
सांसदले मासिक तलबबापत ६४ हजार रुपैयाँ पाउँदै आएका छन् । हरेक बैठक (समितिको समेत) मा उपस्थित भएबापत गाडी भाडा र बैठक भत्ता पाउने गरेका सांसदले कोरोनाको संक्रमण डरले लकडाउन (बन्दाबन्दी) को अवधीमा समेत सबै प्रकारका भक्ता बसझेर लगेको संसद सचिवालयका सचिवालयका एक कर्मचारीले जानकारी दिए ।
‘कारोनाकै कारण कर्मचारीले पाउने भत्ता काटिएको छ ।’ ति कर्मचारीले भने, ‘सरकार र कर्मचारीको भक्ता कटौती गरेर कोरोनाको कोषमा राख्न चर्का श्व्र गरेर भाषण दिने सांसदहरुले बैठक नबसेको समयको बैठक भक्ता र नचढेको गाडी भाडा समेत लिएका छन् ।’
संसद् सचिवालय स्रोतका अनुसार वैशाखमा बैठक र यातायात भत्ताबापत करिब ५० लाख रुपैयाँ भुक्तानी भएको छ । यो रकम चैत, वैशाखको संसद् बैठक र यसअघिको समिति बैठकमा सहभागी सांसदको हो । संसद् बैठकमा सहभागी सांसदलाई गाडी भाडाबापत चैत र वैशाखको मात्रै करिब १५ लाख रुपैयाँ भुक्तानी गरिएको छ । राष्ट्रिय सभा बैठक चैत र वैशाखमा ४–४ दिन चलेको थियो । जसका लागि सांसदलाई ४ लाख रुपैयाँभन्दा बढी यातायात भत्ता दिइएको छ ।
प्रतिनिधिसभा बैठक चैतमा ४ दिन र वैशाखमा ५ दिन भएको थियो । प्रतिनिधिसभाका सांसदलाई यातायात भत्ता करिब ११ लाख रुपैयाँ बैंक खातामा पठाइएको छ । भत्ता लिनेमा ३१ जना पदाधिकारीबाहेक सबैजसो सांसद छन् ।
सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष संसदीय समितिका सभापति, विपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतकलगायत ३१ पदाधिकारीका लागि भने संसद् सचिवालयले गाडी सुविधा दिइएको छ । ‘लकडाउनमा म यातायात भत्ता लिन्न भनेर कोही पनि माननीयले भन्नुभएको छैन,’ सचिवालयका असधिकृत स्तरका अर्का एक कर्मचारीले भने, ‘त्यसैले सबैको बैंक खातामा पठाइसक्यौं ।’