कार्तिक ७, लग्जेम्वर्ग । इटालीले यूरोपेली यूनियन (इयू) सदस्य राष्ट्र ग्रीसको बाटो पछ्याउँदै वित्तीय सङ्कटको झमेला यूरोप क्षेत्रलाई नदिने भन्दै यसमा अनावश्यक चिन्ता नलिन यूरोपेली क्षेत्रका कर्जा कोष निर्देशक क्लाउस रेग्लिङले बताए ।
इयू स्रोतले मङ्गलबार एएफपीलाई इटालीका जनताबीच चर्चित केही नेताहरूले प्रस्ताव गरेको बजेटलाई इयूको कार्यकारी निकाय, यूरोपेली आयोगले अस्वीकार गरेको बताउनुभन्दा केही पहिले कर्जा प्रमुख रेग्लिङले उक्त कुरा बताएका हुन् ।
इटाली सरकारले आगामी बर्ष आफ्नो मुलुकमा बार्षिक आर्थिक उत्पादन २।४ प्रतिशत कमी हुने घोषणा गरेको छ । यो रकम यस पहिलेको सरकारले गरेको प्रक्षेपणभन्दा तीन गुणा कमी हो र इयूले गरेको प्रक्षेपणको तीन प्रतिशतसम्मको सीमासँग नजिक रहेको छ ।
परिणामस्वरूप इटालीको पहिले देखि नै धेरै रहेको कर्जालाई अझ खतरातर्फ धकेल्ने देखिएको र यो रकम कुल ग्राहस्थ उत्पादन भन्दा १३० प्रतिशत बढी हो । यो घाटा रकम इयूले इटालीका लागि तोकेको ६० प्रतिशतभन्दा दोब्बर हो । इयूले ग्रीसपछि इटालीका लागि यसरी कर्जा सीमा तोकेको छ ।
तर रेग्लिङले भने इटालीको आर्थिक सङ्कटलाई लिएर बढाइचढाई गरी अनावश्यक चासो व्यक्त गरिएको प्रतिक्रिया दिए ।
“इटालीको बार्षिक आर्थिक योजनाले कानूनी दायरा अनुसार काम नगरेको तर इटाली आर्थिक संकटका सन्दर्भमा यूरोपमा ग्रीसकै अवस्थामा पुगेको भने छैन,” लग्जेम्वर्गमा रेग्लिङले सञ्चारकर्मीसँग बताए । कसैले पनि इटालीबारे चिन्ता व्यक्त गर्नु पर्दैन, जर्मन नागरिक रेग्लिनले बताए ।
“इटालीले प्रतिस्पर्धात्मक अवस्थालाई गुमाएको छैन । इटालीले आन्तरिक रूपमा हिसाब गरेजस्तो माथि वा धेरै बार्षिक घाटा रहेको छैन ।”