काठमाडौं । सुक्रबार बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको १५ बुँदे प्रस्तावमाथि वरिष्ठ नेता माधवकुमार नेपालले १७ बुँदे टिप्पणी प्रस्तुत गरेका छन्।
शुक्रबार अध्यक्षको प्रस्तावमाथि नेपालले सुझावका रुपमा १७ बुँदे आफ्नो धारणा राव्ख्दै विधि र प्रक्रियागत ढंगले पार्टीलाई चलाउन माग गरेका हुन्। अध्यक्षको प्रस्तावलाई सुझावसहित स्थायी समितिले पारित गरेको छ।
नेता नेपालले बैठकमा पेश गरेको टिप्पणीमा पार्टीको विधानअुसार ‘एक व्यक्ति एक पद’ व्यवस्थालाई कार्यान्वयन गर्न फेरि माग गरेका छन्।
उनले पेश गरेको सुझावमा उल्लेख छ, ‘पार्टी विधानको धारा ४६ ‘क’अनुसार सबै तहमा र सबै ब्यक्तिको हकमा एक ब्यक्ति एक प्रमुख जिम्मेबारी’को कार्यान्वयन गर्नुपर्छ र यसो गर्दा मात्र विशाल पार्टीमा कामको सन्तुलन हुन्छ, धेरैलाई जिम्मेवारी दिन सकिन्छ एवम् नेतृत्व समेत विकास हुन्छ।’
नेपालले पेश गरेको १७ बुँदे टिप्पणी यस्तो छः,
कमरेड माधव कुमार नेपालद्वारा स्थायी कमिटी बैठकमा प्रस्तुत केही बुँदाहरु
२६ भदौ, २०७७
अ) पार्टी सम्बन्धमा
क) पार्टी एकता सम्बन्धी बुझाई
१) यो दुई पार्टी बीचको एकता हो, पार्टी एकता मूलतः साविक कमिटीहरु बीचको एकता हो भन्ने बुझ्नु पर्दछ । अध्यक्षहरु नै पार्टीका प्रमुखहरु हुन्, तर यसलाई दुई अध्यक्षहरुको जिम्मेवारी बाँडफाँड वा समझदारीको आधारमा मात्र भनेर ब्याख्या गर्न सकिदैन, यो समग्र पार्टी पंक्तिको एकता हो, त्यसैले निश्चित बिधिमा आधारित भएर एकता गर्नुपर्छ र सोही अनुसार जिम्मेवारी दिनुपर्छ ।
ख) पार्टीमा जिम्मेवारी प्रदान गर्ने सम्बन्धमा
१) एकताको सन्देश दिने बेला साविक कमिटीमा रहेको कसैलाई पनि अपमान नहुने गरी कमिटी निर्माण गर्नुपर्छ । त्यसैले अहिलेलाई पार्टी सचिवालय र स्थायी कमिटीको निर्देशन र सर्कुलर अनुरुप साविक कमिटीका सिनियरहरुलाई राखेर एकिकृत कमिटी निर्माण गर्नुपर्छ र अधिवेशनमा निश्चित बिधि बनाएर प्रतिस्पर्धा हुने वातावरण निर्माण गरी योग्य र नयाँलाई पनि पार्टीमा जिम्मेवारी दिने कुराको सुनिश्चितता गरिनुपर्छ ।
२) पार्टी विधानको धारा ४६ ‘क’अनुसार सबै तहमा र सबै ब्यक्तिको हकमा ‘एक ब्यक्ति एक प्रमुख जिम्मेबारी’को कार्यान्वयन गर्नुपर्छ र यसो गर्दा मात्र विशाल पार्टीमा कामको सन्तुलन हुन्छ, धेरैलाई जिम्मेवारी दिन सकिन्छ एवम्नेतृत्व समेत विकास हुन्छ ।
ग) पार्टी बिधानको कार्यान्वयन सम्बन्धमा
१) विधानको धारा ४७‘क’ मा भएको ‘अनुगमन र मूल्याङ्कन’ सम्बन्धी ब्यवस्था, धारा ६०‘क’ मा भएको ‘पार्टीको निर्णय’को ब्यवस्था र धारा १७ को (ङ), (झ) र (ट) मा भएका ‘केन्द्रीय कमिटी अध्यक्ष र महासचिवको अधिकार र कर्तब्य’ सम्बन्धी ब्यवस्थालाई लागु गर्ने काम गनुपर्छ ।
घ) आन्तरिक प्रतिस्पर्धा र पुरानोलाई सम्मान
१) विभिन्न तहमा कम्युनिष्ट आन्दोलनको स्थापना, विस्तार र विकास गर्न योगदान गरेको पुस्तालाई सम्मान गर्नुपर्छ एवम्उनीहरुको भूमिकाको कदर गर्नुपर्छ,
२) अहिले आन्तरिक प्रतिस्पर्धाबाट नयाँ पुस्ता आएपनि पूरानो पुस्ताको भूमिकालाई सम्मान हुने र उनीहरुलाई आफ्नो पार्टी भनेर अनुभूति हुने वातावरण निर्माण गर्नुपर्छ,
३) आन्तरिक प्रतिस्पर्धालाई ब्यवस्थित गर्नुपर्छ ।
ङ) पार्टी बैठक, निर्णय र निर्णय प्रक्रिया
१) पार्टी बैठक नियमित एवम्विधानले तोकेको अवधिमा अनिवार्य रुपमा बस्नुपर्छ,
२) बैठकमा पर्याप्त छलफल गराउनु पर्ने