अविनास लामा
सिमकोट । हिमाली जिल्ला हुम्ला जति भौगोलिक रुपमा दुर्गम छ त्यति नैं सौन्दर्यका हिसाबले अनुपम मात्रै छैन्, प्राकृतिक सुन्दरताको अवलोकन गरेर जो कसैका आँखा नअघाउने खालको क्षेत्रका रुपमा परिचित छ ।
विभिन्न माध्यमबाट कैद भएका तस्बीरले सञ्चार माध्यमम र सामाजिक सञ्जालमार्फत बारिह आएका थोरै स्थानले हुम्लाको परिचय फेरिइएको छ भने बाँकी थुप्रै यस्ता स्थान छन् जहाँ अहिलेसम्म प्राय, व्यक्तिले पाइला टेक्नै पाएका छैनन् । त्यस्तै स्थान मध्येको एक हो कोरन भ्याली अर्थात चाङ्ला भञ्ज्याङ ।
सिमकोट गाउँपालिका–१ को दोजाम गाउँको क्षेत्रमा पर्ने यो भ्याली जिल्ला सदरमुकाम सिमकोटदेखि साढे २० किलोमिटरको दूरीबाट शुरु हुने यो भ्यालीको अन्तिम विन्दु ८०.५ किलोमिटर सम्मको छ ।
परापूर्व कालमा चट्याङ परेर माथिबाट आसपासको पहाड खसेको थियो । खसेको पहाडबाट ड्राइगनको आकारमा एउटा खोला निस्केकाले त्यही खोलाको नाम नै तत्कालिन समयमा स्थानीयले लामा भाषामा लामा खामा भाषमा डुग भनिने यो स्थानलाई कोरन भ्यालीका नामले पनि परिचित छ । जसलाई खस भाषमा लडे खोलाका नामले पनि चिनिन्छ । प्राकृती तथा पर्यटकिय हिसाबले निकै महत्वपूर्ण क्षेत्र भएपनि प्रचारप्रसार अभावले सँधै आगन्तुकको पर्खाइमा रहेको यस भ्याली र यहाँ पुग्ने स्थानका बारेमा थप जानकारी निम्न तस्बीर चित्रले थप प्रष्ट पार्नेछ
यो कोरन भ्याली प्रस्थान गर्ने पहिलो विन्दु हो । लडे खोलाको किरामै रहेको यो स्थान भौगोलिक रुपमा निकै साँघुरो छ । त्यसमा चुवाँ खोलाबाट फुकेर बग्ने हिमनदीमा पनि निकै साँघुरिएको अवस्था निकै मनमाहक दृश्य यस स्थानमा हेर्न पाइन्छ ।
लडे खोलाको किनारै किनारको डेढ घण्टाको पैदल दूरीमा भेटिने यो रमणीय दृश्य तल्लो साँघुको हो । माथिबाट बगेर आएको हिमनदीमा परम्परागत काठको साँघु लगाएको छ । हरियो जंगलबको बिचमा बगेको निलो नदीमा तेर्सिएको काठको साँघु वास्तवमै हाम्रो पुर्खाको जीवनशैलीलाई जल्को दिने काम यस स्थानले गर्छ ।
आकास छुने होडबाजी गरेझैं लाग्ने गोब्रे सल्लाका रुखहरुको घना जंगल भएको यो क्षेत्र पोल्क्यूङ हो । यो स्थान गोब्रे सल्लाभित्र पाइने जंगली महका हिसाबले पनि प्रख्यात मानिन्छ ।
कोरन भ्यलाीको यात्रा शुरु भएको साढे तीन घण्टाको पैदल दुरीमा पर्ने यो स्थानको बीच भागमा एक खुला चौर छ । जहाँ पर्यटकहरुले आप्mनो यात्राको थकान मार्नुका साथै कोरन प्रकृतीसँग प्रगाढ सम्बन्ध गाँस्ने उक्तम स्थानमा रुपमा लिन सकिन्छ ।
कोरन भ्यालीको पठान क्षेत्र भेटिने अन्तिम विन्दु हो, कालापनी । यो स्थानबाट माथि साँधुरिएर बगेको चुवाँखोलाले समेत निकै फराकिलो भएर बगेको देख्न सकिन्छ ।
कोरन भ्याली जाने आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि क्याम्पीङ क्षेत्र हुने फराकिलो चौर भएको यो दोजाम चौर हो । यहाँ सिमकोट गाउँपालिका १, २ र ३, खार्पुनाथ गाउँपालिका ५ का वासिन्दाको खर्क यो स्थानमा भेटिन्छन् । वर्षायाममा चौरी, घोडा, खच्चर, भेडा आदी घरपालुवा जनावरको चरण क्षेत्रका रुपमा यो स्थान परापुर्व कालदेखि नै रहदै आएको छ । यहाँ खर्कमा बस्ने गोठालाहरुको दैनिकीका बारेमा अवलोकन गर्न र अध्ययन गर्न पाइन्छ । जहाँबाट खर्कमा राखिएका घोडाहरुको यात्रा शुरु गर्न सकिन्छ ।
यो कोरन भ्यालीको सबै भन्दा आकर्षक स्थान कोरन अर्थात लडे खोला हो । यसै स्थानको नामबाट पुरै भ्यालीको नामाकरण भएको हो । यहाँ निकै ठूलो खुल्ला तथा पठान क्षेत्र हो । बहुमूल्य जडिवुटी कुट्की सतुवा, पाँचऔले, विष, जंगली लसुन आदी र जंगल जनावर नावर, कस्तुरी, हिउँचितुवा आदी प्रसस्त मात्रामा हेर्न पाइन्छ ।
लामा खाम भाषाबाट नामाकरण गरिएको यो स्थान लाजार्मा हो । ‘ला’ को अर्थ हिमाल र ‘जार्मा’ को अर्थ त्यहाँबाट बगेको खोला भएकाले यसको नाम लजार्मा राखिएको स्थानीयको भनाई छ । अर्को अर्थमा यो स्थान चांला हिमालको प्रवेशद्धार पनि हो ।
माथिबाट बगेर आएको हिम नदीको खोलाले निर्माण गरेको तालको नामबाट यस स्थानलाई देमेछो भनेर चिनिन्छ
यहाँको प्राकृतिक सौन्दर्य देखेर माथिबाट बगेर आएको नदी पनि आवाज बन्द गरेर बग्ने यो क्षेत्रको नाम राकार्बु हो । उच्च स्थानमा पाईने वुकीले भरिएको खुला चौर भएको यो स्थान क्याम्पीङ साइडका रुपमा समेत प्रयोग गर्न सकिन्छ ।
चांग्ला भञ्ज्याङको उकालो शुरु हुने क्षेत्रका रुपमा रहेको यो ताप्च्या हो । दुई वटा हिमालको बीचको गल्छीमा सानो खोलाले लुकामारी गर्ने यो क्षेत्र हरेक व्यक्तिको नजरमा निकै रमणीय लाग्छ ।
चांग्ला भञ्ज्याङको उकालो चढ्ने क्रममा बीच बाटोमै पर्ने छुदाङ सहजै हिउँ चितुवा देख्न पाइने यो क्षेत्र पनि हो । गोलो आकारको हिम ताल भएको यो स्थानमा कहिले हिउँ चितुवा, जंगली चौरी लगायतका अन्य जंगली जनावरहरु पानी आएको देख्न सकिन्छ ।
समुद्री सहतदेखि ५२८० मिटरमा अवस्थित चांग्ला भञ्ज्याङ हो । परम्परागत रुपदेखि नै नेपाल र चीन बिचको व्यापर मार्गका रुपमा रहेको यो स्थानको दक्षिणमा नेपालीतर्फको हुम्लाको क्षेत्र देखिन्छ भने उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बतको टाँकेका विभिन्न स्थानहरुको दृश्यावालेकन गर्न सकिन्छ ।