काठमाडौ । माआ्वादी केन्द्र फेरी फूटेको छ । तत्कालिन नेकपा एमाले र मोअवादी केन्द्रबीच २०७४ को मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा कार्यगत एकता बाट शुरु भएको पार्टी एकिकरण प्रक्रियाबाट पछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि गोपाल किराँतीको नेतृत्वमा घोषणा भएको माओवादी केन्द्र फेरी दुई बनेको हो ।
मंसिर ८ देखि १० गतेसम्म पार्टीका अध्यक्ष किराँतीको अध्यक्षमा बसेको एक समुहले किराँतीको अध्यक्षतामा ११ सदस्यीय स्थायी कमिटि र कर्णाली प्रदेश बाहेका सबै प्रदेशका इन्चार्ज र जनवर्गिय संगठनको जिम्मेवारी तोकेको छ, भने ८ र ९ गते बसे पार्टीका महासचिव कर्णजित बुढाथोकी 'शुसिल'को अध्यक्षतामा बसेको अर्को समुहले ९९ सदस्यीय केन्द्रिय कमिटिको घोषणा गरेको छ ।
बैठक सकिएको पछिल्लो दिन बिहिबार आज बैठकका निर्णय सार्वजनिक गर्दै किराती नेतृत्वको समुहले घुमाउरो भाषामा महासचिव कर्णजित बुढाथोकी 'शुसिल' लगायतका केहि नेतृत्वलाई पार्टीबाट कारबाही गरेर निष्कासित गरेको जनाएको छ ।
गोपाल किराँती नेर्ततवमा केन्द्रिय कमिटि घोाषणा गरेको समुहले बैठकका निर्णय सार्वजनिक गर्न बिहिबार रिर्पोटर्स क्लवमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित किराँतीलगायतका पार्टीका नेताहरु
पार्टीका अध्यक्ष गोपाल किराँती र नवनिर्वाचित महासचिव राजन तिमल्सिनाद्धारा हस्ताक्षरित विज्ञप्तीमा कसैको नाम उल्लेख नगरेरै भनिएको छ, “षडयन्त्रद्वारा नेतृत्व हत्याउने लिनप्याओवादी प्रवृत्ति र दुई बर्षमा एक पैसा लेवी नतिरी नेता पल्टने लम्पट चरित्रका संसदवादी भाईरसहरु विगत अन्तरपार्टी संघर्षबाट स्वयं निश्काशित भएकाछन् ।” विज्ञप्तीमा प्रयोग भएकोयो भाषाले पनि किराँती नेतृत्वको माओवादी केन्द्रले महासचिव बुढाथोकीलाई कारबाही गरेको संकेत गर्छ ।
उता महासचिव बुढाथोकी नेतृत्वमा छुट्टै केन्द्रिय कमिटि घोषणा गरेको समुहले भने कुनै नेताप्रति केही उल्लेख गरेको छैन् । बैठक सकिएको भनेको तीन दिन पश्चात आज विज्ञप्ती सार्वजनिक गर्दै बुढाथोकीको नेतृत्वमा ९९ सदस्यीय नयाँ केन्द्रिय कमिटि गठन भएको कुरा उल्लेख गरिएको छ ।
कर्णजित बुढाथोकी नेर्ततवको समुहले प्रकासित गरेको प्रेस विज्ञप्ती
बैठकको निर्णय सार्वजजिक गर्दै अध्यक्ष शुसिलले नेपालबोटसँग भने, “अध्यक्ष क. किराँती स्वास्थ्य समस्याका कारण पार्टीमा समय दिन नसक्ने भएकाले नेतृत्व हाम्रो जिम्मामा आएको हो ।” तर ३ बुंधे विज्ञप्तीमा भने कसै नेताप्रति कुनै संकेत वा आरोप लगाइएको छैन् । गरिएको छैन् ।
किराँती नेतृत्वको समुहले रिर्पोर्टस क्लवमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीको नयाँ कमिटि घोषणा गरेको छ । जसको उपाध्यक्ष विनोद उपाध्याय, महासचिव राजन तिमल्सिना, सचिवमा आलोक रायमाझी र विमल निरौला रहनु भएको महासचिव तिमल्सिनाले जानकारी दिए । यसैगरी केन्दीय समिति र राजनितिक परिषदमा विभिन्न सदस्यहरु थप गरी ११ सदस्सीय स्थायी समिति गठन गरिएकोउनले बताए ।
बैठकले पूर्वी कामाण्डको इन्चार्जमा विमल निरौला, प्रदेश १ मा नरेन्द्र कटुवाल, प्रदेश २ मा बब्लु ठाकुरलाई इन्चार्ज÷संयोजक मेघबहादुर खत्री तथा प्रदेश कमाण्ड कार्यलयले हेर्ने । पश्चिम कमाण्ड आलोक इन्चार्ज हुनेगरी प्रदेश ५ क. अवीन गोतामे तथा प्रदेश ७ क. कैलाश आउजी र प्रदेश ६ कमाण्ड कार्यलयले हेर्ने निर्णय भएको छ ।
यसैगरी किराँती नेतृत्वको समुहले जनवर्गीय संगठनतर्फ राष्ट्रिय पहिचान मोर्चाको इन्चार्जमा पासाङ मोक्तान, अनेमसंघ (क्रान्तिकारी) संयोजकमा बन्दना तामाङ, देजसा परिवार क. शाहस राई, प्रेस सेन्टर क. सुमन वाङदेल र किसान संघ क. आनन्दराम फुयाललाई जिम्मा तोकिएको छ । अन्य जवस र वाइसिएलको नेतृत्व यथावत कायम गर्ने निर्णय गरेको छ ।
किराँती नेतृत्वको समुहले बैठकका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेपछि कर्णजित बुढाथोकी शुसिल नेतृत्वको समुहले आज संवाद डबलीमा निर्णय सार्वजनिक गर्न पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।
यस्तो छ किराँती नेतृतव्को समुहले प्रकासित गरेको प्रेस विज्ञप्ति
मितिः ११/०८/०७७
पत्रकार साथीहरु,
“मुख्यतः रुपान्तरणमा जोड एवं महाधू्रवीकरण पहल” को निर्णय गर्दै नेकपा (माओवादी केन्द्र), केन्द्रीय समितिको छैठौं बैठक ०७७ मंसिर ८–१० गते काठमाडौमा बस्यो । बैठकका निर्णयहरु सार्वजानिक गर्न यो विज्ञप्ति जारी गरिएको छ ।
१) देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्न, एमसीसी र भूमि अतिक्रमण जस्ता इण्डो–अमेरिकन आतंक विरुद्ध जनप्रतिरोध आन्दोलन सशक्त बनाउन, डवल नेकपा सरकारका भ्रष्टाचारी, फासिवादी, राष्ट्रघाती हर्कतको विरोध गर्न, एकल रुपमा देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने निर्णय गरियो ।
२) पार्टीको आन्तरिक कामतर्फ माओ दिवस पुस ११ गते समाजवादी निर्वाचन प्रणालीको संयुक्त राज्यसत्ता निर्माणबारे काठमाडौमा छलफल गोष्ठी गर्ने, जनयुद्ध दिवस फागुन १ गते देशव्यापी अन्तरक्रिया भेलाहरु गर्ने, आठ मार्च कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी)लाई सहयोग गर्ने, चैत्र २४ गते जनआन्दोन दिवसमा सशक्त जनप्रदर्शन तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ०७८ बैशाखमा पार्टीको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरियो ।
३) संगठन र कार्यविभाजन सम्बन्धी निर्णयहरु
षडयन्त्रद्वारा नेतृत्व हत्याउने लिनप्याओवादी प्रवृत्ति र दुई बर्षमा एक पैसा लेवी नतिरी नेता पल्टने लम्पट चरित्रका संसदवादी भाईरसहरु विगत अन्तरपार्टी संघर्षबाट स्वयं निश्काशित भएकाछन् । त्यस उप्रान्त छैठौं बैठकले निम्नअनुसार पदपूर्ति र कार्यविभाजन गरेको छ ।
क) अध्यक्ष क. गोपाल किराती, उपाध्यक्ष क. विनोद उपाध्याय, महासचिव क. राजन तिमल्सिना, सचिवद्वय क. आलोक रायमाझी र क. विमल निरौला रहनु भएको छ । साथै, केन्दीय समिति र राजनितिक परिषदमा सदस्यहरु थप गरी ११ सदस्सीय स्थायी समिति गठन गरिएको छ ।
ख) पूर्वी कामाण्डको इन्चार्ज क. विमल निरौला र त्यस अन्तर्गत प्रदेश १ मा क. नरेन्द्र कटुवाल तथा प्रदेश २ मा क. बब्लु ठाकुरलाई इन्चार्ज÷संयोजक तोकिएको छ । मध्ये कमाण्डमा क. राजन तिमल्सिना इन्चार्ज र प्रदेश ३ मा क. मेघबहादुर खत्री तथा प्रदेश ४ कमाण्ड कार्यलयले हेर्ने । पश्चिम कमाण्ड क. आलोक इन्चार्ज हुनेगरी प्रदेश ५ क. अवीन गोतामे तथा प्रदेश ७ क. कैलाश आउजी र प्रदेश ६ कमाण्ड कार्यलयले हेर्ने ।
ग) जनवर्गीय संगठनतर्फ राष्ट्रिय पहिचान मोर्चा इन्चार्ज क. पासाङ मोक्तान, अनेमसंघ (क्रान्तिकारी) संयोजक क बन्दना तामाङ, देजसा परिवार क. शाहस राई, प्रेस सेन्टर क. सुमन वाङदेल र किसान संघ क. आनन्दराम फुयाललाई जिम्मा तोकिएको छ । अन्य जवस र वाइसिएलको नेतृत्व यथावत कायम छ ।
घ) केन्द्रीय कार्यलयले जारी गर्ने समय तालिका अनुसार पार्टी सदस्यता एकीन, नविकरण र वितरण गरी जिल्ला भेला र प्रदेश सम्मेलन हुदै राष्ट्रिय सम्मेलन प्रतिनिधि निर्वाचित गर्ने ।
अन्त्यमा, आम रुपमा माओवादी कम्युनिष्टहरु र विशेष रुपमा वैज्ञानिक समाजवादका लागि महाध्रूवीकरण अभियान संचालन गर्दै अघि बढ्ने निर्णयलाई जनसमुदायमाझ अवगत गराइदिनु हुन पत्रकार साथीहरुमा हार्दिक अनुरोध गर्दछौं ।
(गोपाल किराती) (राजन तिमल्सिना)
अध्यक्ष महासचिव