काठमाडौं । पछिल्लो समय सर्वोच्चको फैसला पश्चात फुटको अन्तमा पुगेको सत्तारुढ दल नेकपा एमालेको एकता अभियान प्रदेश तहबाट शुरु भएको छ ।
पार्टी भित्रको विवादले उग्र रुप लिएपछि बुढानिलकण्ठ र खुमलटारको यात्रामा निरन्तर लागेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालको विपक्षी गठबन्धन सँगको हिमचिप जारी रहेकै बेला प्रदेश तहबाट पार्टी एकताको पहल शुरु भएको छ ।
केही दिन अघि पार्टीको नेतृत्वमा बनेका गण्डकी प्रदेश सरकार विस्थापित भएर नेपाली कांग्रेस लगायतका विपक्षी दलहरुको सरकार बनेपछि भावनात्मक रुपमा दुःखित भएका पार्टीका प्रदेश स्तरका नेताहरुले नै पार्टीलाई एकढिक्का बनाउन पहल शुरु गरेको छन् । २०७४ सालको जनमतले आप्mनो बहुमत हुँदाहुँदैपनि कर्णाली सुदूरपश्चिम, गण्डकी प्रदेश सरकार अर्काको हातमा गएपछि प्रदेशका नेताहरु पार्टी एकिकरणको अभियान सम्बन्धित प्रदशेबाटै गर्न थालेको हुन् ।
केन्द्रमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने एकसुत्रीय मिसन जारी नै भएका बेला प्रदेशबाट यस्तो अभियान शुरु हुन थालेको एक स्थायी कमिटि सदस्यले बताए ।
माधव कमरेड ठान्नुहुन्छ– १५ बर्ष पार्टीको महासचिव भएको व्यक्तिलाई चानचुने ठान्ने रु म देखाइदिन्छु, ओलीलाई सिध्याउँछु, एमाले पनि सिध्याउँछु ।’ उल्लेख नै नभएको चुरेबारे अन्य चार पूर्बप्रधानमन्त्रीसँग गठजोठ गरेर माधव नेपालले सार्वजनिक वक्तव्यदिनु भयो आप्mनो नाम उल्लेख गर्न नमानेका ति स्थायी कमिटि सदस्य भन्नुहुन्छ – घरमा आगो लगाएर खरानी बेच्ने ?’ जवकि बजेटको बुँदा १९९ मा चुरे कतै उल्लेख छैन ।
तर यता कामगर्दै हुनुहुन्छ– एमालेमा आगो लगाएर खरानी धसी कमण्डलु बोकी देउवा र प्रचण्डकोमा माग्नपुग्ने । अहिले माधव नेपालको राजनीति बनाउने होइन, बिगार्नेमा केन्द्रित छ । शायद, त्यहीभएर उहाँ अव आफ्नो समुहमा समेत निम्छरो बन्नुभएको छ । यता, देउवाको पक्षमा राष्ट्रिय र अन्तराष्ट्रिय लबिङमा लाग्नुभएका माधव नेपाललाई पूर्बदेखि कर्णालीसम्मले सन्देश दिएका छन्– हामीपार्टी बिभाजनको पक्षमा छैनौं । हामी एमाले हौं, एमाले छाड्दैनौं । पार्टीमै बस्छौं, पार्टीमा सघर्ष गर्छौ तर विपक्षीलाई बोकेर हिड्दैनौं ।’
यस्तो छ, प्रदेशको तयारी
प्रदेश १ बाट एमाले केन्द्रीय सचिव भीम आचार्यले सन्देश दिनुभयो, पार्टी एक ढिक्काभयो, प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भयो । उहाँ भन्नुहुन्छ– यो एउटा संकेत हो, पार्टी एकताका लागि जुनसुकै कदम उठाउन तयार छौं । तर विपक्षीलाई सहयोग गर्ने राजनीति गर्दैनौं ।’ केन्द्रमा कसले के गर्छ भन्ने आफूलाइ मतलव नभएको तर प्रदेशमा पार्टी एक रहने र त्यसले अन्तत केन्द्रलाई पनि दवाव पुग्ने उहाँको धारणा छ ।
त्यस्तै, बागमति प्रदेशमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि पार्टी एकताका लागि प्रदेशमा एमाले एक भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ– कसैको दवाव होइन, हामी आफैंले एमाले एक रहनुपर्छ भनेर एकिकृत रुपमा प्रदेश सभामा प्रस्तुत भएका हौं ।’
भीम आचार्य र अस्टलक्षी शाक्यदुबै पार्टीमा धेरै योगदान गरेका नेताहरु हुनुहुन्छ । आवश्यकपर्दा, पार्टी एकताका लागि शेरधन राइ र डोरमणि पौडेलहरुका ठाउँमा उहाँहरुलाई जिम्मेवारी दिनपनि तयार हुनुपर्छ ।
त्यस्तै, कर्णालीमा यमलाल कडेल र प्रकाश ज्वालाहरुले पार्टी एक रहेको सन्देश दिनुभएको छ । त्यहाँ एमाले संसदीय दल एक छ । मुख्यमन्त्रीका लागि यमलाल कडेल तयार नै हुनुहुन्छ र उहाँलाई सहयोग गर्न प्रकाश ज्वालाहरु लाग्नुपर्छ ।
आवेग र उत्तेजनाको राजनीतिले सकारात्मक परिणाम दिंदैन । पार्टीका दुबै पक्षमा अतिवादी, अवसरवादी र अराजकवादीहरुको कमी छैन । तीनको काम नै पार्टी भँडुवाको कामगर्ने हो । त्यस्ता अतिवादी र अवसरवादीलाई साधरण सदस्यबाट समेत निश्कासित गर्नुपर्छ । हुँदाखाँदाको पार्टी र सरकार सिध्याउने खेलमा लाग्नेहरुलाई ठेगान लगाउनुपर्छ ।
प्रधानमन्त्री ओलीले ६ बुँदे प्रस्तावमा जेठ २ मा फर्कन तयार रहेको बताउनुको अर्थ एकताकालागि प्रदर्शन गरेको लचकता हो । अव एमाले जेठ २ मा फर्कनुपर्छ र सबै मिलेर अघि बढ्नुपर्छ । माधव नेपाल र भीम रावल आउनुहुन्न भने पर्खनु पर्दैन । आउनुहुन्छ भने स्वागत नै गर्नुपर्छ । प्रदेशबाट आरम्भ भएको एकता अभियानले छिटै देशभर एमाले एकिकृत बनाउनेछ । त्यसपछि फेरी निर्वाचनबाट एमाले सत्ता पाँच बर्षका लागि स्थापित हुनेछ । समृद्ध नेपाल, सुखी नेपालीको अभियानले मुर्तरुप पाउनेछ ।
कर्णालीमा कँडेलको बाटो खुल्यो
सर्वोच्चको फैसला सँगै कर्णाली प्रदेशमा एमाले दलका नेता यमलाल कँडेलको मुख्यमन्त्रीको बाटोखुलेको छ । पार्टी भित्रको किचलोका कारण एमाले वरिष्ठ नेता खनाल–नेपाल पक्षका चार जना सांसदले गत वैशाख ३ गते फ्लोर क्रस गरेर माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीलाई मुख्यमनत्रीमा विश्वाशको मत दिएपछि चारैजनालाई पार्टी निलम्बनमा पारेको थियो ।
आप्mनो प्रत्यक्ष निर्वाचित सांसद पद गुमेपछि गएको जेठ २६ गते सर्वोच्च अदालतमा कारवाहीमा परेका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले आफूहरूलाई गलत ढंगले सांसद र पार्टीबाट निष्कासन गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । त्यसको भोलिपल्ट जेठ २७ गते सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतले चारैजनाको पक्षमा अन्तरिम आदेश जारी गरेर उनीहरूलाई दलको काममा फर्किन आदेश जारी गरेपछि कर्णालीको राजनीतिक फेरी वैशाख ३ कै अवस्थामा पुगेको छ ।
सर्वोच्चको फैसला आज उच्च अदालतबाट कर्णाली प्रदेश संसद सचिवालयमा औपचारीक रुपमा पेश दरपीठ भएपछि कर्णाली प्रदेश सभा सदस्यको कूल सदस्य संख्या ३९ पुग्ने छ । ‘सभामुख सहित एमालेको संख्या २० भएपछि एमाले फेरी ठूलो दलका रुपमा स्थापित हुनेछ ।
संसद संख्या ३९ पुगेपछि एमालेले कर्णाली प्रदेश सभा संसदिय दलको बैठकको आब्हान गर्ने छ’ एमाले उच्च स्रोत भन्छ, ‘दलको बैठकमा वैशाख २९ गते प्रदेश सरकारकातर्फबाट प्रदेश प्रमख गोविन्दप्रसाद कलौनीले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विपक्षमा उभिन आप्mना साँसदलाई दलले ह्विप जारी गर्नेछ ।’ दलको ह्विप मानेर सरकारमा सहभागि तीन जना र प्रकाश ज्वालासहितका नेताहरुले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरे आजैदेखि माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकार हटेर एमालेको नेतृत्वमै सरकार बन्ने बाटो खुल्नेछ ।
फेरी दलको ह्विप नमाले के हुन्छ ?
सर्वोच्चबाट पुर्नस्थापित भएका चार जना साँसदले प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रमको विपक्षमा उभिन दलको निर्णय नमाने फेरी पार्टीले पुरानै अवस्था शुरु गर्नेछ । दलले गरेको निर्णय विपरित तीन जना मन्त्री सहितकाचार प्रदेशसभा सदस्यले मतदान गरे दलले स्पष्टिकरण सहित कारबाहीको प्रक्रिया शुरु गर्नेछ ।
जसले फेरी कर्णाली प्रदेश सभामा दल त्याकको कानून अनुसार चार जना साँसद माथिको कारबाही प्रmित्रयाले पुनरावृती पाउने छ । तर पछिल्ले समय कर्णाली प्रदेश सभाका बैठकमा एमाले दलका नेता कँडेलले प्रस्तुत गरेका अभिव्यक्ति र पुर्नस्थापित प्रदेश सभा सदस्य एवम् पुर्वममन्त्री प्रकाश ज्वालाले दिएका अभिव्यक्तिले पनि एमाले कर्णालीमा एकिकरणको संभावना बलियो भएर गएको संकेत दिन्छ ।
सामान्य नेताहरु बिचको अन्तरकलहका कारण पार्टीलाई विभाजन गर्न नहुने, जनमत पाएको पार्टी बहुमतमा हुँदापनि अर्कै पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्था देशभर देखिएपछि नेताहरुलाई पार्टी एकिकरण गर्ने चौतर्फी दवाव परेकाले पनि प्रदेशका नेताहरुले सकरात्मक सन्देश दिन खोजेको बताइएएको छ ।