सिमकोट । नायँ शैक्षिक शत्र शुरु भएको महिना दिन बित्दा पनि हुम्लाका सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पाठ्यपुस्तक पाएका छैनन् ।
हरेक फागुन १ गतेदेखि शुरु हुने शैक्षिक शत्र कोरोना कहरका कारण पाँच महिना ढिला भएको हुम्लामा पाठ्यपुस्तक ढुवानीको जिम्मा लिएका ऐजेन्टले समयमा पाठ्यपुस्तक ढुवानी गर्न नसक्दा यस्तो अवस्था आएको हो ।
कोरोना सङ्क्रमणको डरले निषेधाज्ञामा घरमै सीमित भएका विद्यार्थीले शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा पनि पाठ्यपुस्तक नपाउँदा आप्mनो पठन पाठनमा समस्या भएको बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा मनिषा रावतले बताइन् । ‘लामो समय कोरोना सङ्क्रमणका कारण विद्यालय बन्द हुँदा हाम्रो पढाईमा ठूलो हानी भएको छ’ उनले थपिन, ‘त्यसमा झन समयमै पाठ्य पुस्तक नपुगेपछि हामीले कसरी के पढने हो भन्नेमा अन्यौल छाएको छ ।’
विद्यालय सञ्चालन नभए पनि पाठ्यपुस्तक समयमै ल्याइदिएको भए घरमै बसेर अध्ययन गर्न सकिने थियो तर अहिलेसम्म पाठ्यपुस्तक नभएकाले आप्mनो अध्ययनमा थप समस्या भएको रावतले बताइन् ।
निजि प्रकाशनका कारण ढिलाई
अठार वटा निजी प्रकाशन गृहले सडक सञ्जालमा नजोडिएका हुम्ला र डोल्पामा दिँदै आएको पाठ्यपुस्तकको ढुवानी रकम घटाएपछि पाठ्यपुस्तक ढुवानीमा ढिलाई भएको बताइएको छ ।
हुम्ला र डोल्पामा हवाई मार्गबाट पाठ्यपुस्तक ढुवानी गर्नुपर्ने भएपपछि यस अघि दिदैं आएको ९० प्रतिशत हवाई ढुवानीलाई घटाएर ३० प्रतिशतमा मात्रै सिमित पारेपछि आफूहरुले पाठ्यपुस्तक ढुवानी गर्न समय लागेको सिमकोट क्षेत्रमा पाठ्यपुस्तक ढुवानी गर्दै आएका रोकाया पुस्तक पसलका ज्ञानबहादुर रोकायाले जानकारी दिए ।
निजि प्रकाशनले शुरुमा तराई क्षेत्रमा पाठ्यपुस्तक बिक्रि गर्ने लोभका कारण हिमाली जिल्लाको जिम्मा लिएको भएपनि अहिले ढुवानी रकम घटाएर दिने भएपछि कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक प्रकाशनगृहबाट उठाउन नसकिएको रोकायाले बताए ।
‘कक्षा ५ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक नेपालगञ्जसम्म आइपुगेको छ तर ढुवानीका कारणले रोकिएको छ,’ उनले भने, ‘अबको एक दुईदिनमा समन्वय गरेर जिल्लाका लागि पाठ्यपुस्तक ल्याउने बारेमा टुंगालाग्छ ।’
रोकायाले सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका लागि पाठ्यपुस्तक लैजाने जिम्मा लिएका छन् । तीनवटा गाउँपालिकामा ५८ वटा विद्यालय रहेको बताएका रोकायाका अनुसार हवाईमार्गबाट ढुवानी भएर पाठ्यपुस्तक जिल्लामा पुग्ने भएपछि समस्या भएको हो ।
विद्यालय खोल्ने मिति पर्खिदै स्थानीय तह
पाठ्यपुस्तक ढुवानीलाई विद्यालय खोल्ने दिनसँग जोडेका जिल्लाका स्थानीय तहले विद्यार्थीका हातमा पाठ्यपुस्तक पु¥याउने काम आप्mनो नभएको प्रतिक्रिया दिएका छन् ।
‘समयमा पाठ्य पुस्तक पु¥याउने काम हाम्रो होइन् सम्बन्धित एजेन्टको हो’ खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले नेपालवोटसँग भने, ‘विद्यालय खोल्ने बित्तिकै हामी यस बारेमा सम्बन्धित एजेन्टलाई पत्राचार गर्ने छौं ।’
एजेन्टले यसअघि प्राप्त गर्दै आएको ढुवानी रकम नपाउने भएपछि पुस्तक समयमा ढुवानी हुन नसकेको खबर आफूले पाएको उल्लेख गरेका अध्यक्ष रावलले विद्यालय खोलेमा गाउँपालिकाबाट ढुवानीको केहि प्रतिशत व्यवस्था गरेरपनि पाठ्यपुस्तक ढुवानी गर्ने तयारी भैरहेको जानकारी दिए ।
जिल्लाको दक्षिण क्षेत्रका विद्यालयमा पाठ्यपुस्ता ढुवानी गराउन सम्बन्धित एजेन्टलाई खबर गरिसकेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिए ।
आर्थिक वर्ष ०७८/७९को साउन महिनाको दोस्रो साता बित्दा समेत जिल्लाका कुनै पनि विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेको गुनासो आउन थालेको छ ।