सोल स् दक्षिण कोरियाले राष्ट्रपति मुन जे इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच असोज २ गते प्योङयाङमा गर्ने जानकारी दिएको छ ।उत्तर कोरियाको भ्रमण गरेका राष्ट्रपति मुनका विशेषदूत चुङ उई(योङले उच्चस्तरीय बैठकको तयारीका लागि वार्ता र सहमति हुनेक्रममा रहेको जानकारी दिएका छन् । राष्ट्रपतीय राष्ट्रिय सुरक्षा कार्यालयका प्रमुख समेत रहेका चुङले पाँचसदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उत्तर कोरिया भ्रमण गरेका थिए । उनका साथ राष्ट्रिय गुप्तचर निर्देशक सुह हुन पनि सहभागी थिए ।
मुन र किमबीचको यो तेस्रो शिखर बैठक हुनेछ । यसअघिका दुईवटा भेटवार्ता सीमावर्ती गाउँ पानमुनजोममा भएका थिए । चुङले आगामी शिखर बैठकमा पानमुनजोममा दुई नेताबीच सम्पन्न अन्तर(कोरियाली शिखर बैठकका सम्झौताको कार्यान्वयनको समीक्षा हुने जानकारी दिएका छन् ।
‘दुबै मुलुकबीच पानमुनजोम घोषणापत्रको कार्यान्वयनको समीक्षा गर्न सहमति भएको छ र दिगो शान्ति स्थापनाका लागि व्यावहारिक उपाय खोजीका विषयमा छलफल हुनेछ । बैठकमा कोरियाली द्वीपलाई आणविक निस्शस्त्रीकरण सहित समृद्ध बनाउने उपाय खोजी गरिनेछ’, चुङले भने । उत्तर कोरियाली नेताले आणविक निस्शस्त्रीकरणप्रतिको प्रतिबद्धतालाई पुनस् दोहो¥याएका र त्यसका निम्ति अमेरिकासँग मिलेर काम गर्न उत्सुक रहेको चुङले जानकारी दिए ।
‘अध्यक्ष किम जोङ(उनले कोरियाली द्वीपमा पूर्ण आणविक निस्शस्त्रीकरण गर्न पुनस् प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यसका निम्ति दक्षिण कोरियामात्र नभई अमेरिकासँग समेत मिलेर काम गर्ने इच्छा जाहेर गर्नुभयो’, उनले भने । दक्षिण कोरियाली प्रतिनिधिमण्डलले तेस्रो शिखर बैठकको मिति तय गर्ने मात्र उद्देश्य राखेको थिएन, यसले अमेरिका र उत्तर कोरियाबीच आणविक निस्शस्त्रीकरणका विषयमा देखिएका कठिनाइ फुकाउने पनि उद्देश्य राखेको थियो । उत्तर कोरियाबाट आणविक निस्शस्त्रीकरण प्रक्रियामा व्यक्त प्रतिबद्धताबमोजिम पर्याप्त काम नभएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले विदेशमन्त्री माइक पोम्पेओको पूर्व निधारित उत्तर कोरिया भ्रमण केही दिनअघि रद्द गरेका थिए ।
उत्तर कोरियाली नेता किमले राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्लेषणप्रति असहमति प्रकट गरेका छन् । चुङले भने, ‘उत्तर कोरियाले आणविक निस्शस्त्रीकरणका बारेमा गरेका कार्य अर्थपूर्ण र महत्वपूर्ण रहेका छन् ।’ किमले पुङे(री को आणविक परीक्षणस्थल ध्वस्त बनाइसकेको र आफूसँग थप आणविक परीक्षण गर्ने स्थल नरहेको स्पष्ट पार्दै आएका छन् । अन्तर्राष्ट्रय समुदायले आफ्ना कार्यहरूको समर्थन गर्न हिच्किचाएको घटनाबाट आफूलाई दुस्ख लागेको भन्दै नेता किमले चिन्ता व्यक्त गर्दै आएका छन् ।
नेता किमले जनवरी २०२१ अघि नै उत्तर कोरिया र अमेरिकाबीचको शत्रुतापूर्ण सम्बन्ध अन्त्य गर्ने र कोरियाली द्वीपलाई आणविक निस्शस्त्रीकरणबाट मुक्त राख्ने आशा व्यक्त गरेको बताइएको छ । किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको आशामा कुनै परिवर्तन नभएको स्पष्ट पारेको चुङले खुलासा गरे । सन् १९५०(५३ मा भीषण युद्ध लडेका दुई कोरिया प्राविधिक रूपमा अझै पनि युद्धकै स्थितिमा छन् । दुई कोरियाबीच युद्धविराम सम्झौता भएको छ तर शान्ति सन्धि भएको छैन । मुन र किमले औपचारिक रूपमै यो वर्षको अन्त्यअघि नै युद्ध समाप्त भएको घोषणा गर्न सहमति जनाइसकेका छन् । यस्तो घोषणाप्रति अमेरिकीहरू भने सन्तुष्ट देखिँदैनन् । कोरियाली युद्ध समाप्त भएको घोषणा हुनासाथ दक्षिण कोरियामा तैनाथ आफ्ना हजारौं सैनिक फिर्ता लैजानुपर्ने दबाब सिर्जना हुन्छ । रासस/योन्हाप