कडठमाडौं । एमाले सांसद मोहन बानियाँले अफगानस्तानमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकार समक्ष जोडदार माग गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पुर्वमन्त्री समेत रहेका साँसद बानियाँले अफगानस्तान सम्पूर्ण रुपमा बिद्रोही तालिवानीको कब्जामा रहेकाले सुरक्षार्थ खटिएका र अन्य विभिन्न रोजगारीका सिलििसलामा गएका नेपालीहरुलार्य तत्काल उद्धार गरेर स्वदेश फर्काउन आग्रह गरे ।
अफगानस्तानमा रहेका आप्mना देशका नागरिकलाई उद्धरा गरेर स्वदेश ल्याउने काममा अन्य देश निकैअघि बढेको बेला नेपाल सरकार कानमा तेल हालेर बसेको आरोप लगाएका बानियाँले त्यहाँ भएका नेपालीहरुको संख्या एकिन गरेर तत्काल उद्धारको काम शुरु गर्न माग गरे ।
‘कति नेपाली त्यहाँ (अफगानस्तानमा) छन भन्ने पनि सरकारसँ कुनै तत्थ्यांक छैन्’ उनले भने, ‘वैदेशिक रोजगार विभागका अनुसार अहिले ६ हजार ६ सय ३६ जनानेपाली त्यहाँ रहेको भनिएपनि विभिन्न म्यानपावर कम्पनीको तत्थ्यांकमा १४ हजार ५ सय बढि नेपाल अफगानस्तानमा रहेकोदेखिन्छ । त्यसलाई एकिन गरेर तत्काल सबैलाई सरकारले नेपाल फर्काउने व्यवस्था गरोस ।’
कावुल स्थित अमेरिकीदुतावासको सुरक्षामा मात्रै ३ सय बढि व्यक्ति रहेको उल्लेख गरेका बानियाँले राज्यले विश्व समुदायका सामु निरिह भएर बस्न नहुने तर्क गरे ।
कावुल लगायतका अफगानी शहरमा भएका नेपाली कति छन् भन्ने तत्थ्यांकको महत्व नदेखाएको उल्लेख गरेको सांसद बानियाँले सरकारले तत्काल कुटनीति पहल कदमी गरेर त्यहाँ (अफगानस्तान) भएको नागरिकको ज्यान बचाउने काममा तत्काल लाग्न आग्रह गरे ।
‘वि.सं. २०७३ देखि २०७८ सम्म ६ हजार ६ सय ३६ जना नेपाली अफगानस्तानमा छन् भन्ने छ भने विभिन्न मेनपावर एजेन्सीले दिएको जानकारी अनुसार १४ हजार ५ सय नेपाली अफगानस्तानमा छन् भन्ने छ ।’ अहिलेको जटिल अवस्थामा कावुल र अफगानस्तानमा रहेका नेपाली दाजुभाई दिदी बहिनीहरुको तत्थ्यांक एकिन गरेर तत्काल उद्धार गरेर नेपाल ल्याउन म जोडदार माग गर्दछु ।