सिमकोट । पार्टी विभाजनले दोधारमा रहेका पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउन तीन सदस्यीय समिती गठन गर्दै एमाले हुम्ला जिल्ला कमिटिको बैठक सम्पन्न भएको छ ।
फागुन २३ गते सर्वोच्चको निर्णयले पुर्ववत एमालेमा फर्किएपछि पहिलो पटक बसेको जिल्ला कमिटि बैठकले पार्टीका नेताहरुलाई समाहित गर्न जिल्लाका शिर्ष नेताहरु सम्मीलित तीन सदस्यीय पहल समिति गठन गर्ने निर्णय भएको एमाले हुम्लाका उपाध्यक्ष ज्ञामी बुमीले जानकारी दिए ।
'पहिलो पटक बसेको बैठकले तीनवटा समिति गठन सहितका तीन वटा समिति गठन गर्ने निर्णय गरेको छ', उपाध्यक्ष बुमीलेले नेपालबोटसँग भने, 'पार्टीका कार्यबहाक सचिवको संयोजकत्वमा संगठित सदस्यता नविकरण र उपाध्यक्षको संयोजकत्वमा तीन सदस्यीय आर्थिक संकलन समिति गठन गर्ने निर्णय भएको छ ।'
जिल्ला समन्वय समितिको सभाकक्षमा पार्टी अध्यक्ष दल रावलको अध्यक्षतामा बसेको बैठकले पार्टी सचिव तिर्थराज रोकाया माधव नेपाल नेतृत्वको नेकपा समाजावदीमा गएपतिछ रिक्त रहेको सचिवमा उपसचिव पुर्णप्रसाद ढकाललाई जिमेवार दिने निर्णय गरिएको छ ।
एमाले केन्द्रि किमटि बैठकको निर्णयलाई समेटेर जारी गरिएको अन्तरपार्टी निर्देशन १२ अनुसार पार्टीका अधिवेशनको तयारी गर्न पार्टीका संगठित सदस्यता नविकरण, पार्टीका आन्तरिक काम गर्ने तयारी लगायतका निर्णय बैठकले गरेको बताइएको छ ।
पर्टीका जिल्ला इन्चार्ज गोरख बोगटी, प्रदेश कमिटि सदस्य दल फडेरा लगायतका नेताहरु सम्मीलित बैठकले पार्टीका काम सञ्चालन गर्न जिल्लाका सातवटै स्थानीय तहमा पार्टी संगठनका गतिविधि सञ्चालन गर्न पालिका स्तरिय कार्य योजना निर्माण गर्ने, पार्टी अभियान सञ्चालन गर्ने लगायतका १४ वटा निर्णय गरिएको छ ।
बैठकले पार्टीको आर्थिक कारोबार सञ्चालन गर्न राष्ट्रिय बाणीज्य बैंकमा रहेको एमालेको खातामा उपाध्यक्ष ज्ञामी बुमी र कार्यबहाक सचिव पूर्णप्रसाद ढकालको संयुक्त हस्ताक्षरमा सञ्चालन गर्ने निर्णय गरिएको छ ।