फागुन १३, सिमकोट । हिमाली जिल्लाको सदरमुकाम सिमकोट र आसपासका वस्तीमा स्थानीय मौलिकता झल्काउने चैतलो पर्व मनाउन थालिएको छ ।
साविक ठेहे गाविसमा हरेक वर्षको फागुन १२ गतेबाट लाग्ने चैतलो पर्व धुमधामका साथ मनाउन शुरु गरिएको छ । सिमकोट गाउँपलिकाको ठेहे, सिमकोट, स्याँडा लगायतका गाउँमा परम्परागत रुपमै चैतलो मनाउने गरे अनुशार नै धुमधामका साथ मनाउन लागिएको सिमकोट १ ठेहेका जैविरे भण्डारीले जानकारी दिए ।
फागुन १२ गते सिमकोट र सिमकोट गाउँमा परम्परागत महत्व बोकेको चैतलो (धार्मिक महत्वको देउडा) खेलिरहेको वेला नजिकैको हिमालबाट आएको राक्षसले एक जना स्थानीय महिलालाई भगाएर लगेपछि उनको ज्यानको रक्षास्वरुप यो पर्व मनाउने गरिएको ठेहेका ६५ वर्षिय बलरुप बोहराले बताए ।
भगवानको आराधना गर्ने, भगवानको नामको पुकारा गरेर आप्mनो ज्यानको रक्षा गर्नका लागि हरेक वर्ष मनाइने चैतलोमा अन्य पर्वभन्दा निकै परक ड्रेस लगाउने गरेको बताएका सिमकोट तल्लो गाउँका डबल रावतले भने, ‘महिलाको जीवन रक्षाकालागि राक्षसलाई फकाउन पहेंलो पैहरनमा गाउँका सबै महिलालाई एकै स्थानमा देउडा खेल्ने चलन बसेको हो ।’
गाउँका सबै महिलाले पहेंलो पहिरनमा चैतलो खेलिरहेको वेला पुरुषले फोहोर कपडा लगाउने, खरानि छर्दै जाने चलन छ । त्यसो गर्दाे राक्षस त्यहीप्रति भुलेपछि गाउँबाट भगाएर लगेकी महिलालाई फर्काउन सफल भएकोे दिनको सम्झनामा हरेक वर्ष चैतलो मनाउन थालिएको स्थानीय जानकार डबले भण्डारीले जानकारी दिए ।
दुई दिनसम्म हरेक गाउँमा लाग्ने यो पर्वमा विभिन्न किसिमका स्थानिय संस्कृतिक नृत्य समेत नाच्ने गरिन्छ । चैतलोको अन्तिम दिन महिलाहरुले गाडो (घरबुना) ले बनेको दौरा, लगाएर बोहरा, भण्डारी, रोकाया, रावत लगायतका थरका वासिन्दाले तरवार (ढाल) समातेर नाच देखाउने स्थानिय शंकर रावतले जानकारी दिए । उनका अनुशार गाउँकै पायक पर्ने स्थानमा महिलाहरु सिंगारिएर गीत (धार्मिक देउडा) खेल्ने गर्दछन भने पुरुषले फोहोर कपडा लगायर, खरानि पोका बनाई महिलाहरुले चैतलो नाचिरहेको स्थानमा गएर माने नाच प्रर्दशन गर्ने प्रचलन रही आएको छ ।
काठ बाट बनाएका मुकुण्डो, लगाएका पुरक्ष काठकै घोडा चडेर प्रस्तुत गरिने नृत्य धार्मिक रुपमा निकै महत्व भएको स्थानीयको भनाई छ । यो पर्वको रमाईलो हेर्न सिमकोट र ठेहे नजिक गाउँबाट एक दुई दिनको पैदल हिडेर आउने गरेका छन् ।
साविकको ठेहे गाउँमा उत्पति भएको भनिएको दुर्लभ चैतलो नाच पछिल्लो समय लामा समुदाय, अन्य गाउँवस्तिमा रहेका क्षेत्री समुदायले पनि मनाउन थालिएको भएपनि महिलाले लगाउने परम्परागत कपडाको लोप हुँदै गएकोमा स्थानीय चिन्ता गर्न थालेका छन् । जिल्लाको बेग्लै पहिचानका रुपमा रहेको यो नाच र नाचमा प्रयोग हुने पहिरनको जर्गेन ागर्न तर्फ स्थानीय युवाहरु समेत लाग्नु पर्ने ठहेका नवराज भण्डारीले बताए ।