पहिलो पटक हुम्लामा कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला कार्य समिति हुम्ला गठन भएको छ ।उक्त क्यान महासंघ हुम्लाको प्रथम जिल्ला भेला तथा साधारण सभाले नाै सदसीय जिल्ला कार्यसमिति गठन गरेको हाे ।
सुचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत ब्यक्ति तथा ब्यवसायीहरुको प्रथम जिल्ला भेला तथा साधारण सभाले छिरिङ ईङडुङ लामाको अध्यक्षतामा ९ सदसीय कार्यसमिति गठन गरिएको हो ।
उपाध्यक्षमा छवाङ नुर्बु लामा, सचिवमा थार्पा ऐडि, सहसचिवमा नरेन्द्र भण्डारी कोषाध्यक्षमा संजिता रोकाया रहेका छन भने सदस्यहरुमा जीवनी शाही, प्रेम बोहोरा, सुवास रोकाया र कवि सिंह रहेको क्यान महासंघका जिल्ला सचिव थार्पा ऐडीले बताए ।
कर्णाली प्रदेश क्यान महासघका अध्यक्ष प्रेम प्रकास चन्दले भरखरै गठन भएको जिल्ला कार्य समितिले भौतिक संरचनादेखि लिएर अन्य विभिन्न विषयलाई समेटेर सरकारसंग पहल गर्ने भएको छ । उक्त महासंघ कर्णली प्रदेशको १० जिल्लाको रुपमा जिल्ला कार्यसमिति गठन गर्न पुगेको छ ।
त्यस्तै क्यान महासंघले ७४ औं जिल्ला शाखाको रुपमा कर्णाली प्रदेश अन्तर्गत हुम्लामा आफ्नो विस्तार गरेको छ । प्रथम जिल्ला भेला तथा साधारण सभा कार्यक्रममा कर्णाली प्रदेश क्यान महासघका अध्यक्ष प्रेम प्रकास चन्दको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष नवराज कुँवरको प्रमुख आतिथ्यमा उक्त अधिवेशन सञ्चालन भएको हो ।
शनिवार प्रथम अधिवेशनबाट निर्विरोध निर्वाचित भएका पदाधिकारीहरूलाई अविर तथा टसि खाता लगाएर स्वागत तथा सम्मान गरिएको सचिव ऐडीले जानकारी दिए ।