सिमकोट । करारका कर्मचारीको म्याद थप नगरेको अदानचुली गाउँपालिकामा अहिले सक्त गठबन्धन दलहरुबीच कर्मचारीको भागबण्डामा विवाद भएको छ ।
नेकपा एमाले नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेका करारका कर्मचारीहरुलाई गएको साउन २ गतेबाट हाजिर गर्न नदिएको गाउँपालिकाले नयाँ कर्मचारी कसरी नियुक्त गर्ने भन्ने बारेमा किचलो शुरु भएको छ ।
साउन ९ गते गोरखपत्र राष्ट्रिय दैनिकमा कर्मचारी भर्ना सम्बन्धि सूचना प्रकाशित गरेको अदानचुलीले अहिले सत्ता गठबन्धनमा आवद्ध तीन वटा दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीबीच कस्ले कती भाग प्राप्त गर्ने भन्ने विवाद नमिल्दा नयाँ कर्मचारी विवाद किचलो बन्दै गएको हो । गाउँपालिकामा रिक्त रहेका विभिन्न ५३ जना र ६ वटै वडामा कर्मचारी गरेर झण्डै एक सयको हाराहारीका कर्मचारी कुन दलले कति प्राप्त गर्ने भन्ने बारेमा सहमती नभएपछि पछिल्लो एकसाता यता लगातार बसेका सत्तारुढ दलका बैठक विना निष्कर्ष टुंगिदैं गएका छन् ।
माओवादी र कांग्रेसका आ–आफ्नै अड्डि
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा संयुक्त प्यानल बनाएर चुनाव जितेका नेपाली कांग्रेस र माओवादी केन्द्रले करार कर्मचारी नियुक्त गर्ने सम्बन्धमा आफू केन्द्रीत अडान नछोडेपछि थप समस्इा देखिएको हो ।
निर्वाचन लगत्तै सत्ता गटकबीच भागबण्डाका आधारमा करारका कर्मचारी नियुक्ती मानसिकतामा रहेका नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका पालिका अध्यक्ष मोहनविक्रम सिंहलाई सत्ताको ठूलो घटक माओवादी केन्द्रले खुला विज्ञापनको अडान गरेको गाउँपालिका स्रोतले बताएको छ । स्रोतका अनुसार गोरखापत्र दैनिकमा खुला विज्ञापन प्रकाशन गरेपछि खुला रुपमै छनोटको पक्षमा देखिएका गाउँपालिका अध्यक्ष सिंहको तयारीमा माअोवदी केन्द्र सकरात्मक नदेखिएपछि समस्या थप जटिल बन्दै गएको हो ।
विज्ञापनमार्फत गाउँपालिकाले नियुक्त गर्न खोजेका ५२ जना कर्मचारीको ७० प्रतिशत हिस्सा माओवादी केन्द्रले माग गरेपछि दलहरुबीच सहमती नभएको हो, गाउँकार्यपालिका सदस्य समेत रहेका एक नेताले नेपालवोटसँग भने ‘निर्वाचनको मतका आधारमा माओवादीले अनपेक्षित सिट मागेको भन्दै पालिकाको नेतृत्व गरेको नेपाली कांग्रेसले अस्विकार गरेपछि कसरी कर्मचारी नियुक्त प्रक्रिया अघि बढाउने भन्ने अन्योलता बढेको हो ।’ स्रोतका आनुसार माओवादीले आप्mना १५ सय बढि मतका आधारमा कूल कर्मचारीको ७० प्रतिशत हिस्सा आफूले पाउनु पर्ने, नेपाली कांग्रेसले निर्वाचनमा पाएको तीन मतका आधारमा २० प्रतिशत कर्मचारी भर्ना गर्न पाउनु पर्ने र एकिकृत समाजवादीले २ सय मतका आधारमा १० प्रतिशत कर्मचारीको हिस्सा पाउनु पर्ने अडान दोहो¥याउदै गएको छ । तर माओवादीको प्रस्तावमा कांग्रेस र समाजवादी मञ्जुर नभएपछि १५ गतेदेखि शुरु हुने भनेको छनोट प्रक्रिया अनिर्णय बन्दी बनेको स्वयम् सत्तापक्षिय नेताहरुले नैं स्विकार गर्न थालेका छन् ।
माओवादी एक्लैले मात्रै निर्वाचनको जीत संभव भएको होइन भन्ने कुरालाई बिर्सेर ठूलो हिस्सा खोज्न थालेपछि प्रक्रिया थप लम्बीदै गएको बताएको नेपाली कांग्रेस अदानचुली स्रोतका अनुसार कुरा नमिले देशभर जुनसुकै स्थानबाट आएपनि योग्य र पालिकाको काम राम्रो गर्ने कर्मचारी नियुक्तको पक्षमा कांग्रेस ढल्कीदैं गएको छ ।
दलीय कार्यदलको बैठक विना निष्कर्ष टुंगिदैं
साउन ९ गते करार कर्मचारी भर्नाको प्रक्रिया शुरु गरेदेखि नैं अनौपचारिक रुपमा गठन भएको सत्तारुढ दलहको कार्यदलको बैठक हरेक दिन बसेपनि विना निष्कर्ष टुंगिने गरेको छ । नेकपा एमाले विरुद्धको सत्ता गठबन्धनमा संलग्न तीन दलहरुले कसरी कर्मचारीको भागबण्डाका आधारमा नियुक्त गर्ने बारेमा गठन भएको कार्यदलको बैठकमा दलका प्रतिनिधिहरुले आ–आप्mनै अडान नछोडेपछि पछिल्लो एक सातायता बस्दै आएका बैठक विना निष्कर्ष टुंगिएका हुन् ।
‘हरेक दलबाट दुई/दुई सदस्य रहेको कार्यदलको बैठक दिनहुँजसो बसिरहेको छ,’ कार्यदलमा रहेको एक सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘आन्तरिक रुपमा भागबण्डको कुरा मिलाएर बाहिर प्रक्रिया अघि बढाउने सैद्धान्तिक सहमती भएपछि कार्यदलमा कुन दलबाट कति र कुन पदको कर्मचारी भाग पर्ने कुरामा सहमती जुटेको छैन् ।’
माओवादी केन्द्रबाट कार्यदलमा रहेका प्रतिनिधिले बैठकमा प्राविधिक शाखा प्रमुख इन्जिनियर सहित २० प्रतिशत कर्मचारी राख्न प्रस्ताव गरेका छन् । कृषि शाखामा पनि नेपाली कांग्रेसकै प्रमुख रहेको दावी गरेको माअोवादीले त्यस बाहेकका अन्य शाखा आफूले पाउनु पर्ने भन्ने अड्डिकसेको छ । माओवादीको उक्त प्रस्तावमा नेपाली कांग्रेस र समाजवादीले सहमती नजनाएपछि बैठक बस्दैं गरेपनि कुनै सहमती भएको छैन् । यद्यपी सबै दलहरुले बैठक बसेको पुष्टी गर्न आनाकानी गरिरहेका छन् ।
वडा अध्यक्षको सिफारिसमा वडाका कर्मचारी नियुक्त
गाउँपालिकाले वडा कार्यालयका लागि भने कुनै कर्मचारीको विज्ञापन नगर्ने निर्णय गरेपनि पछि वडाका कार्यालय सहायक बाहेकका पदमा विज्ञापन गरेको थियो । गाउँपालिकामा विभिन्न ५२ पदमा खुला विज्ञापन गरेको अदनाचुली गाउँपालिकाले वडा कार्यालयका लागि आवश्यक कर्मचारी यस अघि नैं कार्यकर्तालाई भर्ति गरेर काममा लगाइसकेको छ । तर आधिकारिक निर्णय भने नगरेको बताइएको छ ।
वडा अध्यक्षकै रोजाईमा सम्बन्धित वडाका कर्मचारी राख्ने कुरामा सैद्धान्तिक सहमती दलहरुबीच भएपछि वडाका कार्यालय सहयोगिको भने विज्ञापन नभएको बताइएको छ । ६ वटा वडा भएको अदानचुलीमा वडा नम्बर २ र ५ बाहेक सबैमा माओवादी केन्द्र बीजयी भएको छ । वडा नम्बर २ मा नेकपा एमालेले जितेको छ भने वडा नम्बर ५ मा एकिकृत समाजवादीले निर्वाचन जितेको छ ।
वडाको काम सहज रुपमा सम्पन्न गर्न वडा अध्यक्षकै अनुकूलतामा कर्मचारी नियुक्त गर्ने सहमती जनाएसँगै चार वडामा माओवादीबाट धेरै कर्मचारी नियुक्त हुने मनसाय राखेको कांग्रेसले पालिकामा बढि हिस्सा आफूले पाउनु पर्ने अडानमा छ तर वडा र पालिकाको भाग फरक हुने भएको भन्दै माओवादीले ७० प्रतिशतको अडान नछोडेपछि नयाँ कर्मचारी भर्नाको प्रक्रिया थप लम्बीने आँकलन गर्न थालिएको छ ।