काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता शेरबहादुर तामाङले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् । उनले सबै दल मिलेर आएपनि एमाले एक्लै चुनाव लड्न तयार रहेको भन्दै बहमुत ल्याउने दाबी गरेका हुन् ।
आज (बिहीबार) काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशव्यापी रुपमा पार्टी पँक्तिबाट आएको रिपोर्टबाट आफूहरु चुनावको लागि उत्साही रहेको बताएका हुन् ।
‘हामी १५ गतेभित्र देशैभरिबाट घोषणापत्रलाई आवश्यक सुझाव संकलन गरिसक्छौं । त्यसपछि घोषणापत्र तयार गर्छौं । अहिले हाम्रा बैठक निर्वाचनकेन्द्रित छन्' उनले भने, 'भोलिबाट बस्ने केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पारित गर्दैछौं । मंसिर ४ गतेको निर्वाचनको लागि हामी उत्साही छौं । बाहिर गठबनधनले जित्छ भन्ने समाचार आईरहेको बेला, स्थायी कमिटी बैठकमपार्फत हाम्रा प्रदेश ईन्चार्जहरुबाट आएको रिपोर्टबाट हामी उत्साही छौं । अहिलेपनि एमालेसँग एक्लै चुनाव लड्ने आँट कसैसँग पनि छैन् । एमालेसँग एक्लै लड्न सकिँदैन भनेर पाँच वटा दल मिले । गठबन्धनसँग एमाले एक्लै चुनाव लड्दापनि हामी बहुमत लिएर आउँछौं । यो हाम्रो रिपोर्टिले देखाएको छ । अहिले हामी बहुमत ल्याउनेतर्फ अघि बढेका छौं । हामीले एक्लै निर्वाचन जित्ने तयारी गर्छौं ।’
‘गठबन्धन गर्न चाहेनहरुसँग भने विचारको आधारमा एमाले खुला छ’ उनले भने,‘हामीले प्रष्ट भनेका छौं–लोकतन्त्रवादी, देशभक्ति र प्रगतिशील शक्ति एमालेसँगको साथमा उभिन्छौं भनेर आउनुभयो भने हामी उभ्याउँछौं । तर, वामपन्थी हुँ भन्ने शक्तिलाई, जो एमालेसँग साथमै उभिन्छौं भन्नेलाई हाम्रा शर्त छन । एमालेको झण्डा र चुनाव चिन्ह प्रयोग गर्नुपर्छ । वापमन्थी नाम गर्ने अनि धेरै चुलो पकाउने, पकाएर बाँडने बेलामा अर्को घरको बास्ना आयो भनेर सर्नेसँग विश्वास छैन् ।’
उनले निर्वाचनको लागि आफूहरुले अब विगतको गीत नगाउने पनि स्पष्ट पारे । उनले भने,‘०५१ सालदेखि यस्तो गर्यौं भनेर अब गीत गाउँदैनौं । अब हामी के गर्छौ भनेर बढि फोकस हुन्छौं । पार्टी त्यसमै फोकस हुन्छ । अनुत्पादक क्षेत्रमा लगानी गर्ने कुरालाई अब हामी प्रोत्साहान दिँदैनौं । युवा जेनरेशनलाई प्राथमिकता दिन्छौं ।’
आर्थिक समृद्धि, रोजगारी विकास र पूर्वाधार विकासलाई प्राथमिकता दिईने उनको भनाई छ । पूर्वमन्त्री तामाङले भने,‘हामी उर्जाको विकास गरेर जान्छौं । सबै जनतालाई घरायशी प्रयोजनको लागि निःशुल्क विजुली दिन सक्छौं । यसो हुँदा एक खर्बको ग्याँस विस्थापित गर्छौं । स्वास्थ्य बिमाको नयाँ पूनसंरचना गर्छौं । नेपाली जनताको शतप्रशित उपचार निःशुल्क गर्छौं । अब जनताले उपचारको चिन्ता गर्नुपर्दैन् । हामी नेपाली जनतासँग गठबन्धन गर्छौं । जनता नै एमालेको भरोसायोग्य साथी हुनेछ । एकचोटी एमालेलाई बहुमत भनेर अपिल गरेका छौं ।’
'कांग्रेसले दुई पटक एकल बहुमत पाएबाहेक अरु दलले एकल बहुमत नपाएको उनको भनाई छ', उनले भने,‘कुनै दलले पनि अहिलेसम्म बहुमत पाएको छैन् । जनताले अब एमाले रोज्ने कि गठबन्धन भन्ने बेला आएको छ ।’ उनले राप्रपासँग सहकार्यको विषयमा अहिलेसम्म पार्टीगत रुपमा सिट बाँडफाँडबारे छलफल नभएको स्पष्ट पारे ।
उनले राप्रपापनि गणतन्त्रको संविधानअनुसार दर्ता भएको दल भएको उल्लेख गर्दै मौखिक रुपमा राप्रपाले के बोल्छ थाहा नभएको सुनाए । उनले भने,‘राप्रपाको विधान गणतन्त्रको विधान हो । कसैले हाम्रो छेउमा उभिनको लागि स्पेश खोज्छ भने हामी छेउमा उभिन स्पेश दिन्छौं ।’ उनले नेपालमा दलको विकल्प नभएको स्पष्ट पारे । उनले थपे,‘नेपालमा दल नै हो । जतिसुकै स्वतन्त्र भनेपनि राजनीति नै हो । उहाँहरु पनि एउटा विचार र दृष्टिकोण बोकेर निर्वाचन लडेको हुन्छ नि, आईडोलोजी हुन्छ ।’
उनले आफूहरु नागरिकता दिने कुराको विरोधी नभएको स्पष्ट पारे । उनले भने,‘हामीले सरकारमा हुँदा नै नागरिकता ऐन ल्याउन चाहेको हो । अहिलेको ऐनले नेपालमा विदेशीले नागरिकता लिने कुरालाई खुकुलो बनायो । वैवाहिक अंगीकृतले आउनेबित्तिकै नागरिकता पाउने व्यवस्था गरियो । जन्मसिद्धलाई छिटो नागरिकता दिने कुरामा हामीलाई कुनै आपत्ति छैन् । तर, फाष्ट ट्रयाकबाट नागरिकता विद्येयक पारित गरियो, समितिमा पनि छलफल गरिएन, पछि राष्ट्रपतिले कन्सर्न गर्दापनि त्यसमा कमा, फूलस्टप पनि चेन्ज नगरी जस्तोका त्यस्तै पठाउने काम भयोे । यसप्रति हाम्रो आपत्ति हो ।’