चैत ५, बाल्टीमोर । आप्mनी पत्नी सिता दाहालको उपचारका लागि अमेरिका पुगेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध उजुरी परेको छ ।
पत्नी सीताको उचारका लागि भन्दै अमेरिका पुग्नुका प्रचण्डलाइ पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी हालिएको हो । अमेरिकाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलकबहादुर श्रेष्ठले बाल्टीमोर स्थित संघीय ब्यूरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै तत्कालीन माओवादीका अध्यक्षसमेत रहेका ‘प्रचण्ड’विरुद्ध उजुरी हालेका हुन् ।
उजुरीमा अमेरिकी गुप्तचर संस्था एफबीआईमा उजुरी दिँदै प्रचण्डलाइ पक्राउ गर्न माग गरिएको छ । जनयुद्धको समयमा १७ हजार गरिब नेपालीको हत्या गरेको र प्रचण्डको नाम अमेरिकाको आतंकवादीको सूचीमा समेत रहेकाले पक्राउ गरी कारबाही गर्नका लागि आग्रह गरिएको छ ।
नेकपाका नेताद्धखर बिरोध
पार्टी अध्यक्ष एवम् पुष्पकमल दाहाल प्रचण्डको विरुद्ध अमेरिकामा गरिएको उजुरीका बिरुद्ध नेकपाका नेता तथा कार्यकर्ताले बिरोध गरेका छन् ।
माजिक सञ्जाल फेसवुकमा नेकपा केन्द्रिय सदस्य सुर्य थापाले प्रचण्ड बिरुद्ध उजुरी हाल्नेलाई पर पिडकको संज्ञा दिएका छन् । नेपालको शान्ति प्रक्रिया अमेरिकासहित विश्वको समर्थन र सद्भावमा सफलताका साथ आजको अवस्थासम्म आएको बताएका थापाले भनेः, यस्ता परपिडक मान्छे, जसले नेपालका पूर्व प्रधानमन्त्रीको पारिवारिक पीडामा अझ नुनचुक थप्न खोजेस यो अत्यन्त रद्दी र घिनलाग्दो तरिका मात्र हो । संविधान, कानुन र विधिको शासनका पक्षमा विद्रोहलाई शान्तिपूर्ण अवतरण गराउने नेतृत्वको यो हदसम्म अपमान नेपालीका नामबाट गरिनु खेदजनक छ ।
मानवीय संवेदनामा यसखाले खेलवाड गर्ने व्यक्ति बरू कोही आतंककारीको मतियार हुनसक्छन् प्रशन गर्दै थापाले यस्ता देशद्रोही, शान्ति प्रक्रिया विरोधी र नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठाविपरीत क्रियाकलाप गर्ने व्यक्तिको सम्बन्धमा सरकारले छानविन गरी आवश्यक दण्ड दिने प्रबन्ध हुनु पर्नेमा माग गरे ।