सिमकोट । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन हुन ४४ दिन मात्रै बाँकी रहेपनि हिमाली जिल्ला हुम्लामा खासै चुनावी माहोलेले छोएको छैन् ।
जिल्लाका प्रमुख दलका अधिकांस नेताहरु निर्वाचनको टिकट आफ्नो पोल्टामा पार्ने अन्तिम कसरतका लागि संघीय राजधानी काठमाडौं छिरेपछि जिल्लाको राजनीतिक माहोल प्रायः सुन्य भएको हो । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा उम्मेरदवारको टुंगो नलागेपनि कर्णालीका अन्य जिल्लाहरुमा चुनाव केन्द्रीत कार्यक्रम शुरु भएका बेला हिमाली जिल्ला हुम्लामा भने निर्वाचनलाई लक्षित गरेर कुनैपनि दलका गतिविधि भएका छैनन् ।
दलहरुमा उम्मेरदवार कसलाई बनाउने भन्ने टुंगो लागि नसकेको कारणपनि जिल्लामा निर्वाचन लक्षित गतिविधि शुरु नभएको दलका नेताहरुले प्रतिक्रिया दिएका छन् । भौगोलिक रुपमा निकै ठूलो जिल्ला हुम्लामा निर्वाचन केन्द्रीत कार्यक्रम गरेर गाउँमा जाँदा तत्कालै सदरमुकाम सिमकोट आउन गाह्रो हुने भएकाले पनि अहिले नैं नर्वाचन लक्षित कार्यक्रम शुरु नभएको बताएका नेकपा (एमाले)का जिल्ला उपाध्यक्ष डबल रावतका अनुसार असोज २३ गते मनोनयन दर्ता पछि सबै दलहरुका अभियान निर्वाचन क्षेत्र अर्थात गाउँ लक्षित हुनेछन् । दुई प्रदेश सभा निर्वाचन क्षेत्र र एक प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको हुम्लामा पार्टी भित्र कसले टिकट हात पार्ने भन्ने टुंगो लागि नसकेका कारण पनि निर्वाचन केन्द्रीत अभियान शुरु गर्न जिल्लाको पार्टीलाई समस्या भएको नेपाली कांग्रेस जिल्ला कार्यसमितिका उपसभापति वसन्त रोकायाले बताए ।
‘सत्ता गठबन्दन भिध कुन निर्वाचन क्षेत्रमा कुन पार्टीले टिकट प्राप्त गर्ने हो भन्ने एकिन छैन्’, रोकायाले नेपालवोटसँग भने, ‘टिकटको टुंगो लगोपछि को क्षेत्रमा कुन दलले प्राप्त गर्छ सोही बमोजिम निर्वाचन लीषत कार्यक्रम तय गरेर जिल्ला पार्टीले अघि बढ्ने नीति तय गरेका कारण पनि अहिले जिल्लामा निर्वाचनका गतिविधिमा सुन्य देखिएको हो ।’
गठबन्दनमा आ–आप्mनै दावी
मनोनय गर्न २ दिन मात्रै बाँकी रहेपनि टिकटका आकांक्षी नेताहरुले आ–आप्mनै तरिकाले उम्मेरदवारको चर्चा शुरु गरेका छन् । पार्टीको आधिकारिक निर्णय सार्वजनिक भएपनि सत्तागठबन्दन र प्रतिपक्ष एमालेका नेताहरुले उम्मेरदवारीका लागि आ–आप्mनै तवरले दावी प्रस्तुत गरेका हुन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह जिल्ला समेत रहेको हुम्लामा सत्तागठबन्दनकातर्फबाट नेपाली कांग्रेसले दुई सिटको दावी गरेको छ । मुख्यमन्त्री शाहीले पुनः प्रदेश सभामै निर्वाचन लड्ने आकांक्षा प्रकट गरेपछि नेपाली कांग्रेसले प्रदेश निर्वाचन क्षेत्र (क) र (ख) मा आप्mनो बलियो दावेदारी प्रस्तुत गर्दै आइरहेको छ ।
कांग्रेसले प्रदेश निर्वाचन क्षेत्र (ख) मा एकल रुपमा मुख्यमन्त्री शाही र निर्वाचन क्षेत्र (ख) पार्टीका पूर्व जिल्ला सभापति मंगलबहादुर शाही वा प्रदेश कमिटि सदस्य अर्जुन महतारा मध्ये एकजनाका नाममा टिकटको दावी छोडेको छैन् । मुख्यमन्त्री शाहीलाई मंसिर ४ पछिको शक्तिशाली मुख्यमन्त्रीको प्रचार सहित कांग्रेस जिल्लाका दुई प्रदेश निर्वाचन क्षेत्रमा आप्mनो दावी अन्तिमसम्म नछोड्ने योजनामा छ ।
पार्टी भित्रै कसले टिकट हत्याउने भन्नेमा बाहिर विवाद देखिने गरी छलफल भएको सत्ता गठबन्दनको अर्को घटक माओवादी केन्द्रले पनि जिल्लामा दुइटा उम्मेदवारी माग गरेको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको परिणाम अनुसार जिल्लाको पहिलो दल दावी गरेको माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्र (क) को टिकट आफूले पाउनु पर्ने दावी पार्टी हेडक्वाटरमा प्रस्तुत गर्दै आएको छ । तर सोमबार पार्टीका केन्द्रीय सदस्य तथा निर्वतमान सांसद छक्कबहादुर लामा सहितको जम्बो टिमले एमाले प्रवेश गरेपछि माओवादी भित्र नयाँ खालको बहस शुरु भएको छ ।
माओवादी केन्द्रमा प्रतिनिधि सभा र प्रदेश सभा (ख)का लागि कर्णाली प्रदेशका पुर्वमन्त्री छिरिङदम्डुल लामा (कार्चेन) र प्रमबहादुर शाहीले दावी गर्दै आएका छन् । भने प्रदेश (क) का लागि पाटीका वैकल्पीक केन्द्रीय सदस्य रणसिंह परियार, जिल्ला संगठन समन्वय समितिका संयोजक डा. दिपेन्द्र रोकायाले दावी गर्दै आएका छन् । यद्यपी मुख्यमन्त्री शाही प्रदेशका चुनाव लड्ने भए माओवादी केन्द्रले प्रदेश (ख) का लागि भने लचिलो हुने संकेत गरेको छ ।
प्रदेश निर्वाचन क्षेत्र क कम्युनिस्टहरुको बाहुल्यता भएको क्षेत्र भएकाले गठबन्दन भित्र माओवादी केन्द्रले जसरी पनि आफूले प्रतिनिधि सभा र प्रदेश (क) को टिकट पाउनु पर्ने माग पार्टी हेडक्वाटरमा गरेको माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटिका उपसचिव तथा ताँजकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैशीले जानकारी दिए । ‘वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम र मतदाताको संख्या हेर्दा पनि हामी (माओवादी केन्द्र)ले स्वतः प्रतिनिधि सभा र प्रदेश (क) को टिकट पाउनु पर्छ भन्ने हो’ उनले थपे, ‘कथमकदाचित गठबन्दन भित्रको भागबण्डाले केहि तलमाथि गरेपनि जिल्लाका तीन सिट मध्ये दुई माओवादीले नपाए केन्द्रले अन्याय गर्यो भन्ने ठहर हाम्रो हुनेछ ।’ पार्टी भित्र को लड्ने भन्ने बारेमा भएको आन्तरिक विवादका बारेमा खोल्न नचाहेका जैशीले केन्द्रको निर्णय नैं अन्तिम हुने भएकाले प्रारम्भमा पार्टीका नेताहरुले आकांक्षा राख्नु अन्यथा नहुने टिप्पणी गरे ।
उता गठबन्दनको अर्को घटक नेकपा एकिकृत समाजवादीले पनि जिल्लामा एक सिट दावी गरेको छ । स्थानीय तहको निर्वाचनमा पनि एक उपाध्यक्षमै चित्त बुझाएको नेकपा एसले यो पटक कुनैपनि हतकण्डा प्रयोग गरेर प्रदेश निर्वाचन क्षेत्र क को टिकट आफूले पाउनु पर्ने शर्त अघि सारेको पार्टीका जिल्ला अध्यक्ष तथा जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माले बताए । उनका अनुसार त्यसका लागि पार्टीका केन्द्रीय सदस्य हस्तबहादुर शाहीलाई अघि सारिएको छ । गठबन्दनमा एमालेलाई पराजित गर्न ठूलो भूमिका खेलेको नेकपा एसले यो पटक समेत कुनै सिट नपाएर गठबन्दनबाट अलग हुन सक्ने चेतावनी दिदैं आएको छ ।
गठबन्दनको गाँठो कुर्दै एमाले
टिकट वितरणमा खासै विवाद नदेखिएको नेकपा एमालेले भने उम्मेरदवार बनाउने कुरामा सत्ता गठबन्दनको निर्णयलाई पर्खेको बताइएको छ । साँच दलीय सत्ता गठबन्दन भित्रको आन्तरिक किचलोमा आप्mनो राजनीति भविष्य देखेको एमालेले कुन क्षेत्रमा गठबन्दनले कसलाई टिकट दिन्छ सोही मुताविक आप्mना उम्मेदवार छनोट गर्ने मनस्थितीमा देखिएको छ ।
जिल्ला पार्टीले निर्विवादित रुपमा उम्मेरदवार छनोट गरेर पठाएको भएपनि गठबन्दनले वितरण गर्ने टिकट अनुसार केहि तलमाथि हुन सक्ने संकेत एमालेका एक नेताले गरे ।
सामान्यतया जिल्लाकोतर्फबाट पार्टी केन्द्रमा प्रतिनिधित्व गर्ने स्थायी कमिटि सदस्इ गोरखबहादुर बोगटी, केन्द्रीय सदस्यद्धय दल फडेरा र दल रावल, माओवादीबाट बिद्रोह गरेर एमाले प्रवेश गरेका छिमिदोर्जी लामाले निर्वाचनमा उम्मेरदवार बन्ने आकांक्षा प्रकट गरे अरु नेताहरुले मार्ग प्रसस्त गर्ने बताएका जिल्ला कमिटि हुम्लाका उपाध्यक्ष डबल रावतले टिकटका लागि पार्टी भित्र खासै तानातान नभएको दावी गरे । उहाँहरु (केन्द्रमा प्रतिनिधित्व गर्ने चारजना)ले निर्वाचनमा नलड्ने संकेत गरेपछि मात्रै दोस्रो र तेस्रो स्तरका नेताहरुले अन्य दलका उम्मेरदवारको अवस्था हेरेर टिकट वितरण गर्ने सोचमा एमाले हुम्ला रहेको प्रतिक्रिया दिएका उपाध्यक्ष रावतले जिल्लाले स्थायीइ कमिटि सदस्य बोगटीलाई समानुपातिक, पुर्वमन्त्री तथा केन्द्रीय सदस्य रावललाई प्रतिनिधि सभा, केन्द्रीय सदस्य फडेरालाई प्रदेश क र लामालाई प्रदेश ख मा जिल्ला पार्टीले सिफारिस गरेको जानकारी दिए ।
एमालेले प्रतिनिधि सभामा लागि रावल र प्रदेश (क) मा दल फडेराको एकल नाम पठाएको भएपनि प्रदेश (ख) मा जिल्ला कमिटि उपाध्यक्ष रावत, प्रदेश कमिटि सदस्य उत्तम लामा र जिल्ला कमिटि सदस्य कमल बोहराको नाम सिफारिस गरेको छ ।
स्रोतका अनुसार गठबन्दन कसिलो गरेर लागेको खण्डमा निर्वाचनको परिणामा आप्mनो पक्षमा नआउने देखेपनि एमाले नेताहरुले उम्मेरदवारका लागि केन्द्र पार्टीसँग आ–आप्mनै लवी भने छोडेका छैनन् । तर माओवादी केन्द्रका नेता छक्कबहादुर लामा ससहितका नेताको टोलीले प्रवेश गरेपछि एमालेले नयाँ ढंगले निर्णय गर्ने बारेमा छलफल गर्नु परेकाले निर्वाचन केन्द्रीत कार्यक्रम गर्न केही ढिला हुने जनाएको छ ।