मकवानपुर । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा नेकपा एमालेको समर्थनमा उम्मेदवार बन्ने भएका छन्।
एमालेसँग तालमेलपछि समर्थनमा थापा मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने भएका हुन्।
एमालेले मकवानपुर १ मा शुक्रबार साँझ जिल्ला इञ्जार्च तथा केन्द्रीय सदस्य रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको थियो।
तर, थापाले रानालाई पछि हटाएर एमालेको समर्थनमा आफु उम्मेदवार हुनुपर्ने केपी ओली समक्ष अडान राख्दै आएको थिए।
‘अध्यक्ष ज्यू एमालेको समर्थनमा मकवानपुर १ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने पक्का भएको छ ।’ राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौलाले भने।
एमालेबाट उम्मेदवार निर्णय गरिएका राना ब्याक हुने र एमालेले थापालाई तालमेलका आधारमा समर्थन गर्दै उम्मेदवार बनाउने छलफलबाट टुंगिसकेको महामन्त्री बर्तौलाले बताए । एमाले जिल्ला सचिव नवीन सिग्देलले थापालाई एमालेले समर्थन गरेको बारे आधिकारीक जानकारी नआएको बताए।
‘हामीलाई जिल्लामा आधिकारीक जानकारी आएको छैन ।’, सिग्देलले भने, ‘थापालाई समर्थन गरेको जानकारी आएपछि पनि जिल्ला तहमा हामीले सोच्नै पर्छ ।’
सचिव सिग्देलले आफुलाई आधिकारीक जानकारी नआएको बताएपनि जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले थापालाई पार्टीले सहयोग गरेको बारे अनौपचारिक जानकारी पाएको बताए।