मुगु । प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुगुमा नेकपा (एमाले)का उम्मेरदवार राजबहादुर कार्की (राजु) बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।
अविरल वर्षासँगैको बाढीले ठूलो क्षति पु¥याएपछि मुगु निर्वाचन क्षेकाप्रतिनिधिसभा सदस्यका उम्मेरदवार राजबहादुर कार्कीसहित एमाले मुगुको टोली क्षतिको स्थलगत अवलोकन गर्न र बाढीप्रभावितलाई शान्त्वना दिन बाढी प्रभावित क्षेत्रमा पुगेको हो ।
एक साता अघि परेको अविरल वर्षासँगैको बाढीका कारण ठूलो जनधनको क्षती भएको छाँयाँनाथ रारा नगरपालिकाको वडा नम्बर १० र ११ मा एमाले मुगुको टोली सहित सुर्यध्वजाबाहक उम्मेरदवार कार्की सहित एमाले टोली पहिलो पटक बाढी प्रभावित पुगेको हो ।
वर्षासँगै गएको बाढि पहिरोले क्षद्बिच्छेद भएको क्षेत्रमा पुगेका मुगु जिल्ला प्रतिनिधिसधा सदस्यका सुर्यध्वजाबाक उम्मेरदवार कार्कीले बाढी पिडित नागरिकलाई राहतको व्यवस्थाका लागि पर्टाीको तर्फबाट आफूले पहल गर्ने भन्दै शान्त्वना दिए ।
वर्षाले गाउँ जाने बाटो समेत विभिन्न स्थानमा भत्काएको बेला आफैले बाटो बनाएर गाउँमा पुगेका कार्कीले बाढी प्रभावित क्षेत्रमा नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न तीनै तहका सरकारलाई आग्रह गरे ।
‘बाढीबाट भएको जनधनको क्षतिप्रति सिंगो नेकपा (एमाले) पार्टी दुःख व्यक्त गर्दछ’, कार्कीले स्थानीय नागरिक सामु भने, ‘बाढीले घरबार बिहिन भएर खुला चौरमा बस्न बाध्य भएका आमावुवा दाजुभाई दिदिबहिनीहरुको यथासक्य व्यवस्थापन गर्न हामी छाँयानाथ रारा नगरपालिका, कर्णाली प्रदेश सरकार र नेपाल सरकारसँग माग गर्दछौं ।’
आँखाबाट आँशु झार्दै नेकपा (एमाले)को टोलीसँग आएका बाढी पिडित नागरिकको अवस्था बुझेपछि जिल्ला प्रकोप व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतसँग टेलिफोन गर्दै एमाले उम्मेरदवार कार्कीले राहत वितरणको काम छिटो गर्न आग्रह गरे ।
‘जिल्लामा राहत थन्कीने गाउँमा नागरिक राहत नपाएर छटपटिने अवस्थाले राम्रो काम गरेको छैन् । हाम्रो पार्टी (एमाले) राहत संकलन र वितरणमा के सहजिकरण गर्नुपर्छ तयार छ । तर विभिन्न निकायबाट प्राप्त राहत प्रभावित नागरिकले छिटो पाउँनु प¥यो भन्ने आग्रह यहाँहरु (प्रशासन)सँग हाम्रो आग्रह छ’ टेलिफोनमा कार्कीले भभने । जवाफमा मुगुका प्रमुख जिल्ला अधिकारी महतले केहि दिनमै प्रभावित क्षेत्रमा राहत पु¥याउने गरी आफू (प्रशासन) काममा लागि परेको बताउनु भएको थियो ।
बाढी क्षती पु¥याए पछि बाहिरबाट जाने पहिलो टोली भएको नेकपा (एमाले)को तर्फबाट नेता कार्कीले बिस्थापित नागरिकका लागि यथोचित व्यवस्था गर्न पार्टी (एमाले)ले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।
दशैको टिका दिन देखि एक सातासम्मको अविरल वर्षाले मुगुमा ८ जनाको मृत्यु, दर्जन बढि घर भत्केर लाखौंको धनजनको क्षति भएको जिल्ला प्रशासन कार्यालय मुगुले जानकारी दिएको छ ।