सिमकोट । जिल्ला कृषि विकास कार्यालय हुम्लामा कर्मचारी नहुँदा स्थानीय सेवाग्राहीको कामकाज प्रभावित भएको छ ।
हिउँदको समय लागेसँग कार्यालय कर्मचारी बिहिन भएपछि कामका लागि तीनचार दिनको पैदलबाटोबाट सिमकोट पुगेका जिल्लाका कृषक रित्तो हात घर फर्किन बाध्य छन् ।
जिल्ला कृषि विकास कार्यालयमार्फत हुने कृषिको विकासका विभिन्न अनुदान तथा अन्य कार्यक्रमको सम्झौता भुक्तानी र बेमौशमे तरकारीका विउ, कृषिमा लागेका रोगका बारेमा जानकारी लिन आउने जिल्लाका कृषक कार्यालयमा कर्मचारी नभएपछि काम नगरेरै फर्कनु परेको हो ।
कार्यालयमा कर्मचारी नभेटिएपछि आफूलाई सिमकोट आउने र जाने क्रममा लागेको खर्च समेत कार्यालयले व्यहोर्नु पर्ने तीन दिनको पैदलबाट सदरमुकाम पुगेका सर्केगाड गाउँपालिकाका स्थानीय उपभोक्ता समितिका एक जना सदस्यले जानकारी दिए ।
चिसोमा लामो बाटो काटेर काम होला भनेर यसरी आइयो, नाम उल्लेख गर्दा आप्mनो आयोजनाको कार्यान्वयनका कार्यालयका कर्मचारीले दुःख दिनसक्ने भन्दै नाम उल्लेख गर्न नमानेका ति कृषकले भने, ‘मंसिर पछि त जिल्लाका कार्यालयमा कर्मचारी हुँदा रहनेछन् । प्रदेशबाट भनेर छिको काम सकाउन, योजनाको संझौता गर भनेर हरेक दिन फोन गरेका गरेइछन् । हामी पनि क्या (के) गर्नु ?’
सर्केगाड गाउँपालिका वडा नम्वर १ को तुम्चमा रहेको ठाडो कुलो सिंचाईको सम्झौता गर्नका लागि जिल्ला सदरमुकाम सिमकोट पुगेको बताएका उपभोक्ता समितका अध्यक्ष दन्त बहादुर मल्लले पनि कार्यालयमा कर्मचारी नभएका कारण आप्mनो काम नभएरै घर फर्किनु पर्ने अवस्था आएको बताए ।
‘प्रदेश अन्तरगतको आयोजनाको खाता खोल्नका लागि कृषि विकास कार्यालयसँग समझौता गर्नु पर्ने भयो’ मल्लले थपे तर कार्यालयमा कर्मचारी नहुँदा कार्यालय बाहिर बसेर दिन विताउनु बाहेक अरु काम केहि भएन ।’
नेपाल सरकार र कर्णाली प्रदेश सरकारमार्फत आएका हुम्लाको कृषि सम्बन्धि आएका कार्यक्रमको कायान्वयन्वयन गर्ने कृषि विकास कार्यालय हुम्लामा १३ जनाको दरवन्दी छ तर अहिले कार्यालयमा एक जनापनि कर्मचारी नहुँदा दिउँसै –कार्यालय समयमा) कार्यालय बन्द गर्नु परेको आफ्नो नाम नबताउने शर्तमा कार्यालयको तल्लो स्तरका एक जना कर्मचारी जानकारी दिए ।
‘हाकीमहरु विभिन्न भ्रमण मिलाएर घर दिवामा जाडो छल्न गएपछि हामीले मात्रै कार्यालयमा किन कुर्ने भनेर तल्लो स्तरका कर्मचारी पनि आप्mनो ढंगले बसेका हुन्’, नेपालवोटसँग उनले भने, हरेक हिउँद आएपछि कार्यालयको अवस्था यस्तै हो । खासै उनौठो मान्नु पर्दैन । यो वर्ष मंसिर ४ गतेको चुनाउँ –चुनाव) ले त कर्मचारी मंसिरको १५ गतेसम्म बसे भन्दा हुन्छ ।’
कार्यालयका कर्मचारी नभएर बन्द भएको बारेमा अर्गानिक कृषि प्रवद्धन अधिकृत निर्मल लामाले तत्काल आफु मात्रै कार्यालयमा कार्यरत रहेको प्रतिक्रिया दिए ।
‘सबै काम म एक्लैले गर्न सक्ने सम्भावना न्यून छ । तर पनि सकेसम्मको काम म एक्लैले गर्दै आएको छु । अहिले (अपरान्ह साढे १ बजे) सानो कामले बाहिर (कार्यालय) आएको हुँ, अब आइहाल्छु‘ अर्गानिक कृषि प्रवद्धन अधिकृत लामाले भने ।
कार्यालय प्रमुख चन्द्र भुषण झा र लेखा प्रमुख रामकान्त आचार्य देखि अन्य प्राय कर्मचारी जिल्लामा छैनन् । समेतका कर्मचारी नभएपछि स्थानीय सेग्राहीका सबै कामहरूमा प्रभाव परेको छ । उक्त कर्मचारी आ आफ्नो कामका लागि जिल्ला बाहिर गएपछि सेवाग्राहीले रित्तो हातमा फर्कनु पर्ने अवस्था आएको हो ।
गाउँबाट तीनदेखि चारदिन लगाएर आएका सेवाग्राही कर्मचारी नभेटेरै घर फर्कनु पर्ने बाधयता रहेको स्थानीय सुरेन्द्र रावतले गुनासो गरे । यो समय कर्मचारीहरू कार्यालयको काम नभएर चिसो छल्नकै लागि जिल्ला बाहिर जाने गरेको आरोप उनको छ । जिल्लाका जनप्रतिनिधि, नेतार नागरिक समाजले यसबारेमा कतै कुरा नउठाउने भएपछि सरकारी कर्मचारीले मनलाग्दी गर्ने गरेको ठहर रावतको छ ।
‘वर्षका अधिकांश समय कार्यालय बाहिर बस्ने सार मसान्तमा मात्रै भुक्तानीको काम गर्ने प्रवृतीकै कारण हुम्लामा रकम अनुसार विकास नभएको हो’, उनले थपे ‘यसका लागि जिल्लाका स्थानीय नागरिकले बेलैमा सचेत नहुने हो भने प्रति व्यक्ति विकास खर्च बढेपनि जिल्लामा विकासको परिणाम सुन्य देखिन्छ । ’