सिमकोट । नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी इुनियन (अनेरास्ववियू) को केन्द्रीय कमिटीका लागि हुम्लाका चार जनाले मनोनयन दर्ता गराएका छन् ।
संघीय राजधानी काठमाडौं नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी २३ औं महाधिवेशनमा सहमतीबाट नेतृत्व छनोट हुन नसकेपछि विभिन्न पदको मनोनयन दर्ता गराउने क्रममा हुम्लाका चार जना विद्यार्थी नेताहरुले मनोनयन दर्ता गराएका हुन् ।
संगठनको स्थायी कमिटीदेखि विभिन्न क्लष्टरबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि जिल्लाबाट गएका सात जना महाधिवेशन प्रतिनिधमध्ये चार जनाले उम्मेरदारी दर्ता गराएको महाधिवेशन स्थलमा भएका अनेरास्ववियू हुम्लाका अध्यक्ष जयराज सञ्ज्यालले जानकारी दिए ।
बुधबार साँझ भएको मनोनय दर्तामा निर्वतमान जिल्ला इन्चार्ज हिक्मतजंग खड्काले स्थायी कमिटी सदस्य, जिल्ला अध्यक्ष जयराज सञ्ज्यालले भूगोल (कर्णाली)को केन्द्रीय सदस्य, उपाध्यक्ष छक्क लामा (सिके) ले जनजाती तर्फको केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका हुन् । यसैगरी महाधिवेशन प्रतिनिधि उजिल बुढाले पिछडिएको क्षेत्रबाट निर्वाचित हुने केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका छन् ।
विभिन्न राजनीतिक दलहरुमा आन्तरिक गुटबन्दी मौलाएको बेला एमाले विद्यार्थी संगठनमा सबै विद्यार्थी नेताहरुले कुनैपनि क्ल्ष्टर नजुधाएर उम्मेरदारी दर्ता गराएर आफूहरुबीच गुट नभएको सन्देश दिएका छन् ।
'हामीहरुबीच कुनै मनमुटाव छैन्' स्थायी कमिटी सदस्यका प्रत्यासी हिक्मतजंग खड्काले नेपालवोटसँग भने, 'विभिन्न क्लष्टरबाट आप्mनो उम्मेरदारी दर्ता गराएका सथाीहरुर्ला सम्बन्धित क्लष्टरका मतदाताले निर्वाचित गराउनु हुनेछ भन्ने आशा हुम्लाबाट आएका प्रतिनिधिले गरेका छौं ।'
१९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने महाधिवेशनबाट कर्णालीका लागि ३ स्थायी कमिटि सदस्य, ११ केन्द्रीय कमिटी सदस्य र २ पिछडिएको क्षेत्रको कोटा तय गरिएको छ ।
पार्टीको दशौं महाधिवेशन यता सबै जनवर्गिय संगठनहरुका महाभिवेशनमा सहमतीका नाममा माथिबाट जारी भएको जिम्मेवा।ी विभाजनका आधारमा नेतृत्व छनोट गरेको भएपनि अनेरास्ववियूमा सहमती नजुटेपछि अन्ततः निर्वाचनको प्रक्रिया शुरु भएको छ । बिहिबार बिहान ११ बजेदेखि मतदान प्रक्रिया शुरु गर्ने अनेरास्ववियू महाधिवेशनको बन्दशत्रका अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले जानकारी दिए ।