सिमकोट । नेकपा (एमाले) को पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अभियान हिमाली जिल्ला हुम्लामा फागुन १४ गतेदेखि शुरु हुने भएको छ ।
देशैभर पार्टीले शुरु गरेको अभियान हुम्लाका गाउँपालिका स्तरिय बैठक तथा अभिमूखिकरणका कार्यक्रम आगामी फागुन १३ गतेबाट शुरु हुने एमाले हुम्ला जिल्ला कमिटिका अध्यक्ष कलबहादुर हमालले जानकारी दिए ।
अभियानको प्रदेश स्तरिय अभिमूखिकरणका क्रममा सुर्खेत रहेका अध्यक्ष हमालले भने ‘हामीले हुम्लाको सिमकोट, खार्पुनाथ र ताँजकोट गाउँपालिकामा फागुन १३ गते गाउँ कमिटीको बैठकबाट शुरु गरेर जिल्लाका सातवटै स्थानीय तह र ४४ वटै वडामा वडामा मिसन ग्रासरुट अभियान शुरु गर्छौ । त्यसका लागि पार्टीका सबै कमिटि र नेतृत्वलाई जानकारी गराउनु काम भएको छ ।’
अभियान अन्तरगत १४ गतेदेखि पालिका स्तरिय अभिमूखिकरण कार्यक्रम सञ्चालन हुने भएका छन् । अभियानको अभिमूखिकरण फागुन १४ गते सिमकोट, खार्पुनाथ ताँजकोटमा, १७ गते अदनाचुली, १८ गते सर्केगाड, २१ गते चंखेली र चैत ११ गते नाम्खामा पालिका स्तरिय कार्यक्रमका गर्ने तय गरिएको एमाले हुम्लाका सचिव तिर्थराज बोहराले जानकारी दिए ।
कर्णाली प्रदेश सभा सदस्य समेत रहेका अध्यक्ष हमालका अनुसार अभियान अन्रगत १७ गते अदानचुली, १८ गते सर्केगाड, १९ गते चंखेली र चैत ११ गते नाम्खा गाउँपालिकाको अभिमूखिकरण कार्यक्रम आयोजना हुनेछ । गएको फागुन ५ गतेबाट सातवटै प्रदेशमा आयोजना गरिएका प्रदेश स्तरिय अभिमूखिकरण कार्यक्रममार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अभियानमा केन्द्रले खटाएका प्रतिनिधि र प्रदेशले खटाएका प्रतिनिधिसमेत उपस्थित हुने भएकाले सम्बन्धित पालिकाका जिल्ला कमिटी सदस्य, प्रदेश कमिटि सदस्य, प्रदेश निर्वाचन क्षेत्र कमिटी सदस्य, गाउँ कमिटी सदस्यलाई उपस्थित हुन निर्देशन दिएको छ ।
अभियान अन्तरगत हुम्लाको ताँजकोट, अदानचुली, चंखेलीमा केन्द्रीय सदस्य निरज आचार्य, सर्केघाड र खार्पुनाथमा डम्बरबहादुर सिंह, सिमकोट र नाम्खामा लंकबहादुर शाहीलाई खटाएको छ ।
प्रदेश कमिटी सदस्यको कार्यक्षेत्र वडामा
नाम्खा गाउँपालिकाः १ र २ मा पार्टी अध्यक्ष कलबहादुर हमाल, ३ र ४ मा अजविरे बुढा, ५ र ६ मा विष्णुबहादुर लामा
सिमकोट गाउँपालिकाः १ र २ गोविन्दबहादुर शाही, ३, ४ र ५ रुपा शाही, ६, ७ र ८ धन्जे परियार
खार्पुनाथ गाउँपालिकाः १ र २ छेपाल दोर्जे लामा, ३ र ४ नोरजंग तामाङ, ५ नरबहादुर लामा
सर्केगाड गाउँपालिकाः १, २ र ३ सुरेन्द्रबहादुर कार्की, ४, ५ र ६ उत्तम लामा, ७ र ८ प्रेमबहादुर लामा
चंखेली गाउँपालिकाः १ र २ प्रकाश सुनार, ३ र ४ सौमती रावल ऐडी, ५ र ६ पूर्णप्रसाद ढकाल
अदानचुली गाउँपालिकाः १, २ र ३ टिकाबहादुर शाही, ४, ५ र ६ मंगल लामा
ताँजकोट गाउँपालिकाः १ र २ ज्ञामी बुमी, ३ र ४ पर्वत सुनार, ५ विष्णुबहादुर बुढा