सिमकोट । नेकपा (एमाले) पार्टीका गतिविधिलाई मतदातासमक्ष पु¥याउनका लागि अदानचुली गाउँपालिका १ मा दुई वटा सेल कमिटी गठन गरेको छ ।
संगठन सुदृढिकरण तथा बिस्तारका लागि एमालेले सञ्चालन गरेको दुई महिने मिसन ग्रासरुट अभियानका क्रममा रनवीरे दानी र पन्न महताराको अध्यक्षतामा सात/सात सदस्यीय सेल कमिटी गठन गरेको हो ।
एमाले कर्णाली प्रदेश कमिटी सदस्य टिकाबहादुर शाही नेतृत्वको टोलीले अभियानका क्रममा वडा नम्बर १ को थापा गाउँका लागि दानीको अध्यक्षतामा र महतारा गाउँका लागि महाताराको अध्यक्षतामा सेल कमिटी गठन गरेको हो ।
बिहिबार राती कल्खे महतारा गाउँमा बसेको बैठकले थापा गाउँका लासग उपाध्यक्षमा पुर्व थापा, सचिव सरसत्ति दानी, कोषध्यक्ष नानी थापालाई मनोनित गरेको छ । कमिटीको सदस्यमा हाँस परियार, धनमल थापा, जोखी थापा रहेका छन् ।
यसैगरी महतारागाउँका लागि उपाध्यक्षमा डबल महतारा, सचिवमा धनी महतारा, कमोषाध्यक्षमा प्रीमे (दत्त) महतारा रहेका छन् । बैठकले राजकला महतारा, काली महतारा, पानकली महतारा र दिपसरा महतारालाई सदस्यको जिम्मेवारी दिइएको वडा कमिटीका सचिव विक्रम महताराले जानकारी दिए ।
१६ गते शुरु भएको मिसन ग्रासरुट अभियान अन्तरगत वडा स्तरिय अभिमूखिकरण तथा बैठकका क्रममा पार्टीले लिएका नीतिलाई थप प्रभावकारी रुपमा पार्टी सदस्य र मतादता समक्षा पुर्याउनका लागि सेल कमिटी गठन गरिएको सचिव महताराले जानकारी दिए ।
६ वटा वडा भएको अदानचुलीमा वडा नम्बर १ बाट शुरु भएको अभियानमा प्रेस चौतारी नेपाल केन्द्रीय अनुशासन आयोगका अध्यक्ष तथा एमाले प्रचार विभागका उपप्रमुख नवराज महतारा, अदानचुली गाउँकमिटीका इन्चार्ज धर्मराज शाही, जिल्ला कमिटी सदस्य रमेश ऐडी, प्रेस चौतारी नेपालका कर्णाली प्रदेश कमिटी सचिव कालिबहादुर थापालगायतका नेताहरुको सहभागिता रहेको एमाले अदानचुली हुम्लाले जनाएको छ ।
अभियान शुक्रबार वडा नम्बर ३ मा प्रवेश गरेको छ ।
जिल्लाका तीन क्षेत्रमा शुरु भएको अभियान चंखेलीमा केन्द्रीय सदस्य निरज आचाई नेतृत्वका गाउँकमिटी बैठक, केन्द्रीय सदस्य डम्बर सिंहको नेतृत्वमा सर्केगाड गाउँपालिका १ को तुम्च, केन्द्रीय प्रतिनिधि लंकबहादुर शाहीको नेतृत्वमा सिमकोट गाउँपालिकाको स्याँडामा विभिन्न कार्यक्रमको आयोजना गरेर सञ्चालन भैरहेको एमाले हुम्लाका उपाध्यक्ष डबल रावतले जानकारी दिए ।