अदानचुली (हुम्ला) । अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया (सुधार)ले आफूलाई गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकोमा कुनै महशुस नभएको प्रतिक्रिया दिएका छन् । ११३ औं अन्तरारष्ट्रिय दिवशको अवसरमा आयोजिक एक कार्यक्रमलाई संवोदन गर्दै उनले यस्तो बताएका हुन् ।
गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मार्फत तीन दलिय गठबन्धन (नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादी) का तर्फबाट निर्वाचित भएका माओवादी प्रदेश कमिटीसमेत रहेका उपाध्यक्ष रोकायाले पालिकाको आन्तरिक विवादका कारण काम गर्न नपाएको भन्दै उनले निराजनक प्रतिक्रिया दिएका छन् ।
गाउँपालिका पनि राम्रो सँग नचलेकोमा नागरिकसँग माफी मागेका रोकायाले भने, ‘गाउँपालिका भित्रको खटपटका कारण यहाँका विकास निर्माणका कुनैपनि काम अघि बढ्न सकेका छैनन् । यहाँ उपाध्यक्षको नाताले प्रमुख अथिति भएर उभिदैं गर्दा ८।१० वर्षको अवधीमा कार्यपालिका बैठक नबस्नुको कारण म उपाध्यक्षको पदमा छुवा छैन् भन्नेमा कन्फ्युज छु । म मात्रै होइन सबै वडाका अध्यक्ष ज्यूहरुपनि पदमा रहे नरहेको आभास गर्न सकिरहेका छैनन् । हामीले यस्ते अवस्थामा मत मागेका नागरिकसँग फेरी जानु पर्ने सोचमा रहेका छौं ।’
पालिका भित्रको विवादका कारणको खुलासा नगरेका रोकायाले पालिकाका भित्रको आन्तरिक किचलोको अन्त्य नभएको खण्डमा गाउँका मतदातालाई साथमा लिएर आन्दोलन गर्ने या पुनः निर्वाचनको मार्ग अबलम्बन गर्ने तर्फ संकेत गरे ।
गठबन्दनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति मोहनविक्रम सिंह गाउँपालिका अध्यक्ष र माओवादी केन्द्रकातर्फबाट रोकाया उपाध्यक्षमा निर्वाचित भएका हुन् । एकै गठबन्दनबाट निर्वाचित अध्यक्ष सिंह र उपाध्यक्ष रोकायाबीच अधिकार बाँडफाँडका विषयमा चालु आर्थिक वर्षको शुरुदेखि नैं चर्को विवदा हुदैं आएको छ ।
अधिकार पाएर मात्रै होइन प्रयोग गर्न जान्नुपर्छ
गाउँपालिकाको महिला तथा वालवालिका शाखाले आयोजना गरेको अन्तराष्ट्रिय नारी दिवशका अवसरमा आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगिता र कुर्चि खेलका बिजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई संवोधन गर्दै उपाध्यक्ष रोकायाले नारीले अधिकार पाएर मात्र भन्दा पाएको अधिकारलाई प्रयोग गर्न जान्नु पर्ने बताए । गाउँपालिकाका दिदि बहिनीले कुनैपनि हिंसा सहेर बस्न नपर्ने दावी गरेका उनले पाएको अधिकार उपयोग गर्न नजानेकै अवस्थामा थप अधिकारले केहि गर्न नसक्ने जिकिर गरे ।
‘थुप्रै दिदिबहिनीले आप्mनो जीवनको तिलाञ्जली दिनु भएको छ । यहाँ जो जति अधिकार ३५ प्रतिशत अकिकार आएको छ । त्यसलाई अँझ ५० प्रतिशत पाउनु पर्ने दावी सहित केन्द्रमा लडिरहेका छन् । त्यसमा मेरो समर्थन छ । तर अधिकार पाएपनि त्यसको प्रयोगमा ध्यान दिनेपर्छ, रोकायाले थपे ।’
वालविवाह र बहुविवाहमा पुरुष मात्र नभएर महिला स्वयमको पनि दोष भएको उल्लेख गरेका उनले एक महिलाले विवाह गरेकै वेला त्यसमा अर्को महिलाले सौताको रुपमा विवाह गरेर जानु गलत भएको बताए ।
‘६ वटा वडा रहेको गाउँपालिकामा ९ जना नानीहरुले आत्महत्याको बाटो रोज्नु निकै गलत हो । त्यसले अधिकार आउँदैन् । अधिकारका लागि आत्म हत्य गरेर मर्ने होइन लड्ने हो’, उनले थपे, गाउँपालिकामा कुनैपनि महिलाले हिंसा सहेर बस्न नपरोस भनेर हामीले काम गरेका छौं ।