पलाता (कालीकोट) । नेकपा (एमाले)ले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान पार्टीका सेल स्तरसम्मका संगठनको सर्भिसिङ्ग गर्ने अभियान भएको केन्द्रीय सदस्य निरज आचार्यले बताएका छन् ।
अभियान अन्तरगत कालीकोट जिल्लाको पलाँता गाउँपालिकाका नेता कार्यकर्तासँग छलफल गर्दै पार्टी केन्द्रीय निर्वाचन विभागका उपप्रमुख समेत रहेका नेता आचार्यले यस्तो बताएका हुन् ।
पलाताको थिर्पुमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई संवोधन गर्दै केन्द्रीय सदस्य आचार्यले पार्टी भित्रका सबै (केन्द्रदेखि सेल स्तरका) तहका कमिटिहरुको स्पीडअप गर्नका लागि पार्टीले दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरेको बताए ।
‘कुनैपनि सवारी साधनको रेस बढेन, इन्जीन राम्रोसँग चलेन भने सर्भिसिङ्ग गर्नुपर्छ’, केन्द्रीय सदस्य आचार्यले भने, ‘त्यसरी नै पार्टीको आन्तरिक जीवनलाई समिक्षा सहितको समस्या पहिचान गर्दै तिब्रहरुमा बढाउनका लागि दुई महिने मिसन ग्रासरुट अधियान सञ्चालन गरिएको हो ।’
राष्ट्रिय राजनीतिमा एमाले जत्तिको कुनै शक्तिको कल्पना गर्न नसकिने उल्लेख गरेका आचार्यले देशभर एकै दिन वडा र पालिका अधिवेशन सम्पन्न गरेर सांगठनिक जीवनलाई पुनरताजगी गरेको एमालेका संगठनलाई धारिलो बनाउन बाँकी रहेकाले यो पटक मिसन ग्रासरुट अभियान सञ्चालन गर्नु परेको उल्लेख गरे ।
कालीकोट जिल्लाको तालाँता र पचालझरना गाउँपालिकाका अगुवा नेताहरुको उपस्थित रहेको बैठकलाई संवोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा पुर्वमन्त्री दल रावलले नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा छोटो आयू गरेको पार्टी माओवादी भएकाले त्यसको क्षणीक भ्रममा नपर्न कालीकोटवासीलाई आग्रह गरे ।
नितान्त व्यक्तिगत स्वार्थ र अपरिपक्व योजनाका आधारमा माओवादी नेतृत्व चलेकाले देशमा कम्युनिस्ट पार्टीहरुबीच एकता टिक्न नसकेको उल्लेख गरेको नेता रावलले अबका हरेक निर्वाचनमा एकमाले एक्कै पहिलो शक्ति बन्नेमा कसैले रोक्न नसक्ने दावी गरे ।
देशको राष्ट्रियता र नजीविकाका सवालमा एमालेको नेतत्व बाहेक अन्य कुनैपनि दलको नेतृत्वसँग भिजन नभएको दावी गरेको नेता रावलले भने राष्ट्रिय स्तरमा कालीकोटलाई जुन हिसाबले हेरिन्छ जनस्तरमा एमालेप्रति निकै उत्साहजनक लहर चलेको छ । यसले पनि आगामी निर्वाचनमा एमालेको जित निश्चित देखिन्छ ।’
सरकारी बजेट र अस्स्थ् निर्वाचनका कारण विगतमा एमाले उपबीजेत ाबनेपनि अहिलेको जस्तै सक्रियता स्थानीय पार्टी संगठनमा कायम रहने हो भने कालीकोट रासकोट, पाचल झरना र पलाँतामा एमाले बहुमतका साथ पहिलो पार्टी बन्ने ठोकुवा गरे ।
एमाले पलाँता गाउँ कमिटीका अध्यक्ष हर्ष वमको अध्यक्षतामा बसेको भेलामा केन्द्रीय सदस्यद्धय निरज आचार्य, दल रावल कर्णाली प्रदेश कमिटी सदस्य पूर्ण प्रसाद ढकाल, एमाले कर्णाली प्रदेश प्रचार विभागका उपप्रमुख तथा प्रेस चौतारी अनुशासन आयोगका अध्यक्ष नवराज महतारालगायत पलाता, पाचल झरनाका गाउँ कमिटी, वडा कमिटीका पदाधिकारीहरुको उपस्थिती रहेको एमाले पलाता गाउँ कमिटी सदस्य नवराज बमले जानकारी दिए ।